Trending
Prev Story
Next Story

बागमती नदी किनारमा छठ पूजाको तयारी [तस्बिरहरू]

Ekantipur •
November 13, 2026 • 09:31 AM
1
1 reads 0 reactions

छठ पूजा समिति गुह्येश्वरी गौरीघाटले यस वर्ष करिब ५५० देखि ६०० जना व्रतालुका लागि आवश्यक व्यवस्थापन गरिरहेको छ ।

बागमती नदी किनारमा छठ पूजाको तयारी [तस्बिरहरू]

छठ पूजा समिति गुह्येश्वरी गौरीघाटले यस वर्ष करिब ५५० देखि ६०० जना व्रतालुका लागि आवश्यक व्यवस्थापन गरिरहेको छ ।

छठ पर्व नजिकिएसँगै काठमाडौंको गौरीघाटस्थित बागमती नदी किनारमा छठ पूजाको तयारी तीव्र पारिएको छ। छठ पर्व मनाउन आउने व्रतालु तथा श्रद्धालुहरूको सहजताका लागि घाट व्यवस्थापन, सरसफाइ, बत्ती तथा सजावटलगायतका काम भइरहेको छ।

श्री छठ पूजा समिति गुह्येश्वरी गौरीघाटले यस वर्ष करिब ५५० देखि ६०० जना व्रतालुका लागि आवश्यक व्यवस्थापन गरिरहेको छ। व्रतालुहरूको सुविधाका लागि घाटमा कार्पेट बिछ्याउने, राति बस्नका लागि ब्ल्याङ्केट उपलब्ध गराउने तथा बत्ती र झिलिमिली सजावटको व्यवस्था गरिएको छ।

समितिका कोषाध्यक्ष धीरेन्द्रकुमार गुप्ताका अनुसार व्रतालुहरूलाई सहज रूपमा आफ्नो पूजा गर्ने स्थान पहिचान गर्न घाटमा नम्बरिङ गरिएको छ। करिब ५०० वटा घाटको व्यवस्थापन गरी गोलम्बर र घाटलाई ए, बी र आरलगायतका संकेतमार्फत नम्बरिङ गरिएको उनले बताए।

यस वर्ष नयाँ व्रतालुहरू पनि थपिएका छन्। करिब १०० जना नयाँ व्रतालुका लागि समेत घाट उपलब्ध गराउने व्यवस्था गरिएको गुप्ताले जानकारी दिए। त्यसैगरी आर्थिक अवस्था कमजोर भएका तथा असहाय व्रतालुका लागि २० देखि २२ वटा घाट निःशुल्क उपलब्ध गराइएको छ।

नेपाल यो नेपालका फोटो पत्रकारहरुले सञ्चालनमा ल्याएको फोटो एजेन्सी हो।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
13h ago
राप्ती तटमा छठ पूजाको तयारी (फोटोफिचर)

राप्ती तटमा छठ पूजाको तयारी (फोटोफिचर)

बागमती प्रदेशको राजधानी हेटौँडास्थित राप्ती खोलाको तटमा छठ पूजा मनाउन भव्य तयारी भइरहेको छ । तिहारलगत्तै हेटौँडा उपमहानगरपालिका–१ स्थित राप्ती खोला किनारमा छठ पूजाका लागि घाट निर्माण, सरसफाइ, पण्डा...

#पूजा #तयारी
Compare →
Nagarik News
1d ago
छठका लागि गौरीघाटमा ६०० पूजास्थल तयार हुँदै

छठका लागि गौरीघाटमा ६०० पूजास्थल तयार हुँदै

पर्वका लागि काठमाडौंका विभिन्न स्थानमा सरसफाइ, सजावट, बत्ती जडान र पूजास्थल निर्माणको काम भइरहेको छ ।

#गौरीघाट #पूजा
Compare →

Related Stories

Business & Economy
Build #2611