२ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन शाहको भ्रमणको पूर्वसन्ध्यामा भारतले थप ६१५.०२ मेगावाट विद्युत् निर्यातको अनुमति दिएको छ ।
भारतीय पक्षले आज नेपालबाट भारततर्फ विद्युत् निर्यातका लागि उक्त परिमाणमा स्वीकृति दिएको हो ।
प्राधिकरणले यसअघि पठाएको अनुरोधमाथि क्रमिक रूपमा स्वीकृति आउने क्रममा आज थप ६१५.०२ मेगावाट विद्युत् निर्यातको अनुमति दिएको हो ।
नेपालबाट भारतमा विद्युत् निर्यातका लागि मुजफ्फरपुर–ढल्केबर ४०० केभी डबल सर्किट प्रसारण लाइन, कटैया–कुसाहा १३२ केभी, रक्सौल–परवानीपुर १३२ केभी र रामनगर–सूरजपुरा १३२ केभी प्रसारण लाइन प्रयोग गरिनेछ ।
भारतको यो स्वीकृतिसँगै नेपालले विद्युत् निर्यातबाट थप आम्दानी गर्न सक्नेछ ।