Trending
Prev Story
Next Story

चोरीका गरगहना र नगदसहित पक्राउ

Nagarik News •
November 19, 2026 • 01:37 AM
3
3 reads 0 reactions

काठमाडौंको जयबागेश्वरीस्थित एक घरबाट सुनचाँदीका गरगहना चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

चोरीका गरगहना र नगदसहित पक्राउ

काठमाडौंको जयबागेश्वरीस्थित एक घरबाट सुनचाँदीका गरगहना चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौंका दीपेश डङ्गोल रहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार घरमा चोरी भएको सूचना प्राप्त भएपछि प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।

प्रहरीले स्कुटरमा सवार भइरहेको अवस्थामा डङ्गोललाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दानबहादुर थापाले जानकारी दिए। पक्राउपछि डङ्गोलको कोठामा खानतलासी गर्दा चोरीका विभिन्न सुन तथा चाँदीका गरगहनासहित नगद फेला परेको प्रहरीले जनाएको छ। उनको साथबाट भारतीय रुपैयाँ १६ हजार ७१६ र नेपाली रु ४१ हजार बरामद गरिएको छ।

प्रहरीले बरामद गरिएका गरगहना तथा नगद चोरीसँग सम्बन्धित रहेको जनाएको छ। डङ्गोलविरुद्ध चोरीसम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौंबाट बुधबार पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता थापाले बताए।

प्रकाशित: ३ मंसिर २०८३ ०७:२२ बिहीबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
9h ago
चोरीका गरगहना र नगदसहित पक्राउ

चोरीका गरगहना र नगदसहित पक्राउ

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार घरमा चोरी भएको सूचना प्राप्त भएपछि प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

#चोरी #काठमाडौंका #गरगहना
Compare →
Onlinekhabar
21h ago
तारकेश्‍वरस्थित एक घरमा चोरी

तारकेश्‍वरस्थित एक घरमा चोरी

२ मंसिर,काठमाडौं । तारकेश्‍वर नगरपालिका–८ मा आज बिहान चोरी भएको छ । तारकेश्वरमा डेरा गरी बस्ने बाजुरा घर भएकी ३१ वर्षीया उर्मिला भण्डारीको कोठाबाट सुनको गहना र नगद समेत गरी करिब १ लाख ३० हजार रूपैयाँ …

#चोरी
Compare →
Hamro Patro News
2d ago
चोरीका गाडी सेकेन्ड ह्यान्ड भन्दै बेचेपछि…

चोरीका गाडी सेकेन्ड ह्यान्ड भन्दै बेचेपछि…

नवलपरासी । नवलपरासीमा चोरीका गाडी सेकेन्ड ह्यान्ड भन्दै बिक्री गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रामग्राम नगरपालिका–१४ घर भई हाल बर्दघाट नगरपालिका–४ बस्दै आएका ३६ वर्षीय विजय हरि...

#चोरी
Compare →
Bizshala
5d ago
भिडियो कलबाट ४० करोड डलरको क्रिप्टो चोरी, उत्तर कोरियाली ह्याकरमाथि आरोप

भिडियो कलबाट ४० करोड डलरको क्रिप्टो चोरी, उत्तर कोरियाली ह्याकरमाथि आरोप

काठमाडौं। अमेरिकी अधिकारीहरूले ४० करोड डलरभन्दा बढी मूल्यको क्रिप्टोकरेन्सी चोरीमा उत्तर कोरियाली सरकारसँग...

#चोरी
Compare →

Related Stories

National (Nepal)
Build #2612