Trending
Prev Story
Next Story

तीन महिनामा ४५ आगलागीका घटना, १७ करोड बढीको क्षति

Nagarik News •
November 19, 2026 • 07:00 AM
5
5 reads 0 reactions

झापामा पछिल्लो तीन महिनामा आगलागीका ४५ घटना भएका छन्।

तीन महिनामा ४५ आगलागीका घटना, १७ करोड बढीको क्षति

झापामा पछिल्लो तीन महिनामा आगलागीका ४५ घटना भएका छन्। भदौ, असोज र कात्तिकमा भएका ती घटनामा १७ करोड ५१ लाख १३ हजार ९७५ रुपैयाँ बराबरको आर्थिक क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

कात्तिकमा मात्रै आगलागीका २६ घटना हुँदा छ करोड ७२ लाख २१ हजार रूपैयाँ  बराबरको अनुमानित क्षति भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले बताए। उनका अनुसार ती घटनामा परी दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

त्यस्तै, असोजमा आगलागीका १२ घटना हुँदा १० करोड ६६ लाख ८२ हजार ९७५ रुपैयाँ बराबरको क्षति भएको थियो भने भदौमा सात घटना हुँदा १२ लाख १० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ।

प्रहरी नायब उपरीक्षक बुढाथोकीका अनुसार जिल्लामा पछिल्लो तीन महिनाको अवधिमा विपद्का अन्य घटनाको तुलनामा आगलागीबाट सबैभन्दा बढी आर्थिक क्षति भएको छ।

प्रकाशित: ३ मंसिर २०८३ १२:४५ बिहीबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1d ago
चिया उद्योगमा आगलागीबाट ३० लाखको क्षति

चिया उद्योगमा आगलागीबाट ३० लाखको क्षति

झापा । झापाको मेचीनगर नगरपालिका–१५ ज्यामिरगढीस्थित नेचर हिमालय टी इन्डस्ट्रिज प्रालिमा आज आगलागी हुँदा ३० लाख बराबरको क्षति भएको छ । उक्त चिया कारखानाको मेसिनबाट दिउँसो १:५० बजेतिर अचानक आगो निस्क...

#आगलागी #क्षति #झापा
Compare →
Onlinekhabar
1h ago
४ महिनामा साढे १९ अर्ब बराबर एफडीआई प्रतिबद्धता

४ महिनामा साढे १९ अर्ब बराबर एफडीआई प्रतिबद्धता

३ मंसिर, काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ पहिलो चार महिना (साउन–कात्तिक) मा साढे १९ अर्ब रुपैयाँ बराबर प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता प्राप्त भएको छ । उद्योग विभागका अनुसार कात्तिक मसान्तसम्म १९ अर्ब ५५ करोड …

#बराबर #महिनामा
Compare →
Ekantipur
3d ago
आयोजनामा क्षति पुग्दा कसरी बढ्यो सानिमा माइ हाइड्रोको नाफा ?

आयोजनामा क्षति पुग्दा कसरी बढ्यो सानिमा माइ हाइड्रोको नाफा ?

बाढीले क्षति पुगेका २२ मेगावाटको माई जलविद्युत केन्द्र र सात मेगावाटको माई क्यास्केड सोही वर्षको फागुनबाट भने सञ्चालनमा आएको छ ।

#क्षति
Compare →

Related Stories

Technology
Build #2612