Trending
Prev Story
Next Story

आयोजनामा क्षति पुग्दा कसरी बढ्यो सानिमा माइ हाइड्रोको नाफा ?

Ekantipur •
November 15, 2026 • 12:02 PM
9
9 reads 0 reactions

बाढीले क्षति पुगेका २२ मेगावाटको माई जलविद्युत केन्द्र र सात मेगावाटको माई क्यास्केड सोही वर्षको फागुनबाट भने सञ्चालनमा आएको छ ।

आयोजनामा क्षति पुग्दा कसरी बढ्यो सानिमा माइ हाइड्रोको नाफा ?

बाढीले क्षति पुगेका २२ मेगावाटको माई जलविद्युत केन्द्र र सात मेगावाटको माई क्यास्केड सोही वर्षको फागुनबाट भने सञ्चालनमा आएको छ ।

काठमाडौँ — असोज २०८२ मा बाढीको कारण क्षति भएर केही समय सानिमा माइ हाइड्रोपावरका दुवै आयोजना सञ्चालनमा आउन सकेनन् ।

बाढीले क्षति पुगेका २२ मेगावाटको माई जलविद्युत केन्द्र र सात मेगावाटको माई क्यास्केड सोही वर्षको फागुनबाट भने सञ्चालनमा आएको छ ।

तर, बाढीको क्षतिबापतको बीमा रकम पाएकै कारण चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो त्रैमासमा यस कम्पनीको नाफा दोब्बरले बढेको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा यसको नाफा दुई गुणाभन्दा धेरैले बढेर ५३ करोड रूपैयाँ पुगेको छ ।

यसअघि यस्तो नाफा २० करोड रूपैयाँ थियो । यसले बीमाबापत २८ करोड ७० लाख रूपैयाँ पाउने भएको छ । यही रकम कम्पनीले अन्य आम्दानीमा देखाएको छ ।

बैंकको ब्याज घट्दा यसको कर्जा लागत पनि घटेको छ । यसअघि यस्तो रकम ९७ लाख रहेकोमा अहिले १६ लाखमा सीमित भएको हो ।

यसको वार्षिकीकरण नगरिएको प्रतिसेयर आम्दानी नै १४ रूपैयाँ छ । प्रतिसेयर नेटवर्थ एक सय ५२ रूपैयाँ छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Arthasansar
5h ago
भौतिक प्रगति ५० प्रतिशत भएका जलविद्युत् आयोजनाले आईपीओ ल्याउन पाउने

भौतिक प्रगति ५० प्रतिशत भएका जलविद्युत् आयोजनाले आईपीओ ल्याउन पाउने

५० प्रतिशत भौतिक प्रगति भएका जलविद्युत् आयोजनाले आईपीओ ल्याउन पाउने भएका छन् । सरकारले तयार पारेको ‘लगानी तथा पूर्वाधार सम्बन्धी...

#जलविद्युत् #आयोजना
Compare →
Hamro Patro News
21h ago
सुपर हुम्ला कर्णाली नदी जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन हुने

सुपर हुम्ला कर्णाली नदी जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन हुने

हुम्ला – हुम्ला जिल्लाको नाम्खा गाउँपालिका– ५ मा निर्माण हुने सुपर हुम्ला कर्णाली नदी जलविद्युत् आयोजनाको निर्माणको बाटो खुलेको छ। आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन ( इआईए ) गर्नका लागि इन्स्पायर...

#जलविद्युत् #आयोजना
Compare →
Nagarik News
1d ago
महाधिवेशनमा क्षति पुगेको खुलामञ्चमा कांग्रेसले रोप्यो दुबो

महाधिवेशनमा क्षति पुगेको खुलामञ्चमा कांग्रेसले रोप्यो दुबो

नेपाली कांग्रेसको १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको खुलामञ्चमा दुबो रोपिएको छ।

#क्षति
Compare →
Onlinekhabar
1d ago
माथिल्लो तामाकोशीले ३ महिनामा कमायो १ अर्ब ६५ करोड नाफा

माथिल्लो तामाकोशीले ३ महिनामा कमायो १ अर्ब ६५ करोड नाफा

२९ कात्तिक, काठमाडौं । ४५६ मेगावाटको आयोजना सञ्चालन गरिरहेको माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीले तीन महिनामै करिब ४ अर्बको बिजुली बिक्री गरेको छ। कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको बिक्री आम्दानी ३ …

#जलविद्युत् #नाफा
Compare →
Bizshala
1d ago
अप्पर तामाकोशीको नाफा १.१२ प्रतिशत घट्यो, विद्युत बिक्री आम्दानी बढ्यो

अप्पर तामाकोशीको नाफा १.१२ प्रतिशत घट्यो, विद्युत बिक्री आम्दानी बढ्यो

काठमाडौं । अप्पर तामाकोशी जलविद्युत कम्पनीले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा १ अर्ब ६५ करोड ५९ लाख रुपैयाँ...

#जलविद्युत् #नाफा
Compare →

Related Stories

Business & Economy
Build #2612