Trending
Prev Story
Next Story

भदौ २३-२४ को घटना लोकतान्त्रिक प्रणालीभित्र स्वीकार्य छैन : केपी ओली

Onlinekhabar •
November 19, 2026 • 07:30 AM
3
3 reads 0 reactions

३ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २३–२४ भदौ २०८२ को घटनालाई लोकतान्त्रिक प्रणालीभित्र स्वीकार गर्न नसकिने बताएका छन् । काठमाडौंमा जारी पार्टीको राष्ट्रिय भेला–२०८३ को दोस्रो दिनको बन्द सत्रलाई सम्बोधन गर्दै उनले …

भदौ २३-२४ को घटना लोकतान्त्रिक प्रणालीभित्र स्वीकार्य छैन : केपी ओली

३ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २३–२४ भदौ २०८२ को घटनालाई लोकतान्त्रिक प्रणालीभित्र स्वीकार गर्न नसकिने बताएका छन् ।

काठमाडौंमा जारी पार्टीको राष्ट्रिय भेला–२०८३ को दोस्रो दिनको बन्द सत्रलाई सम्बोधन गर्दै उनले २३–२४ भदौ २०८२ को घटनालाई त्रासदीपूर्ण, विध्वंसात्मक र आतंकपूर्ण क्रियाकलापको संज्ञा दिए ।

‘भदौ २३–२४ को एउटा त्रासदीपूर्ण, विध्वंसात्मक र आतंकपूर्ण क्रियाकलाप भयो । यो लोकतन्त्रभित्रको स्वीकार्य कुरा होइन,’ अध्यक्ष ओलीले भने, ‘लोकतान्त्रिक प्रणालीभित्र मान्न सकिने घटनाक्रम होइन । यो बिल्कुल अस्वीकार्य घटना हो ।’ २३–२४ भदौको घटनालाई एमालेले तत्कालीन अवस्थामा नस्वीकारेको र भविश्यमा पनि नस्वीकार्ने उनले जिकिर गरे ।

‘त्यसलाई स्वीकार्न सकिँदैन । आज पनि सकिँदैन,’ ओलीले भने, ‘हिजो तत्काल पनि त्यसलाई स्वीकारेका थिएनौँ र भविष्यमा पनि स्वीकारिने छैन ।’

ओलीले दुई प्रमुख प्रतिस्पर्धी दलहरूबीचको सहकार्य सामान्य राजनीतिक परिस्थितिमा हुने घटना नभए पनि मुलुकको आवश्यकता र तत्कालीन परिस्थितिलाई बुझेर कांग्रेस–एमाले मिलेर सरकार गठन गरिएको स्मरण गरे ।

‘हाम्रो देशमा स्थिरता र स्थायित्व कायम गर्न, देश अस्थिरता र अस्थायित्वतर्फ जाने सम्भावनालाई रोक्न दुईवटा प्रमुख पार्टी मिलेर सरकार बनाएका थियौं । सामान्य अवस्थामा त्यस्तो सरकार बन्दैन,’ उनले भने, ‘तर, इतिहास, योगदान, सामर्थ्य र भविष्यप्रतिको जिम्मेवारी बोकेका दुई प्रमुख प्रतिस्पर्धी पार्टीहरू मिलेर सरकार बनाएका थियौं । त्यो समयको माग र आवश्यकता थियो ।’

दुई ठूला दलबीचको सहकार्यले मुलुकमा स्थिरता कायम हुने र निर्वाचनसम्म सरकार ढाल्न नसकिने अवस्था बन्ने देखेपछि प्रतिक्रियावादी शक्तिहरू आत्तिएर २३–२४ भदौको घटना गराएको ओलीको दाबी छ ।

‘नेपालमा स्थिरता हुने भयो, स्थायित्व हुने भयो, अब निर्वाचनसम्म सरकार ढाल्न नसकिने भयो भन्ने भएपछि प्रतिक्रियावादी शक्तिहरू आत्तिए,’ उनले भने, ‘निर्वाचनमा पनि दुईवटा पार्टी मिलेर गए भने कसैले केही गर्न नसक्ने भयो । लोकतान्त्रिक प्रणाली र संविधान ढाल्न नसकिने भयो, फाल्न नसकिने भयो भन्ने भएपछि आफ्ना संकीर्ण स्वार्थ पूरा नहुने देखेर भूराजनीति प्रबल भएर आयो ।’

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1d ago
ओली भन्छन्– कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा जान्छ

ओली भन्छन्– कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा जान्छ

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले आफूसहित पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डलाई थुनिदिने चेतावनी दिएको दाबी गरे...

#केपी-ओली #काठमाडौं #ओली
Compare →
Nagarik News
1h ago
मौसमी छिचिमिरासँग कोही पनि डराउनु हुँदैन : केपी ओली

मौसमी छिचिमिरासँग कोही पनि डराउनु हुँदैन : केपी ओली

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले मौसमी छिचिमिरासँग कोही पनि डराउनु नहुने बताएका छन्।

#केपी-ओली #केपी #ओली
Compare →
Ekantipur
23h ago
एमाले फेरि सरकारमा फर्किन्छ, मूल ढोकाबाटै सिंहदरबार पस्छौं : केपी ओली

एमाले फेरि सरकारमा फर्किन्छ, मूल ढोकाबाटै सिंहदरबार पस्छौं : केपी ओली

बुधबारदेखि सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले पहिला पनि कसैको दया, माया र कृपाले नभई संघर्ष र जनताको समर्थनबाट सत्तामा नपुगेको र अब फेरि सरकारमा फर्कने बताएका हुन् ।

#केपी-ओली #केपी #ओली
Compare →
Arthasansar
23h ago
सबैले कान खोलेर सुने हुन्छ, एमाले फेरि सत्तामा पुग्छ - केपी ओली

सबैले कान खोलेर सुने हुन्छ, एमाले फेरि सत्तामा पुग्छ - केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले पुनः सरकारको नेतृत्व गर्ने दाबी गरेका छन् । काठमाडौंमा आजबाट सुरु भएको...

#केपी-ओली #केपी #ओली
Compare →

Related Stories

Politics & Governance
Build #2612