Trending
Prev Story
Next Story

पर्यटन र हवाई सम्पर्कबाट नेपाल–भारत सम्बन्ध थप बलियो बनाउन मन्त्री पौडेलको जोड

Nagarik News •
November 19, 2026 • 07:25 AM
5
5 reads 0 reactions

उनले नेपाललाई भारतीय पर्यटकका लागि सहज, सुरक्षित र आकर्षक गन्तव्यका रूपमा स्थापित गर्न दुवै देशबीच सहकार्य विस्तार आवश्यक रहेको बताए।

पर्यटन र हवाई सम्पर्कबाट नेपाल–भारत सम्बन्ध थप बलियो बनाउन मन्त्री पौडेलको जोड

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल ‘गनेस’ले नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्धलाई पर्यटन, हवाई सम्पर्क तथा जनस्तरको आदानप्रदानमार्फत थप सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्।

उनले नेपाललाई भारतीय पर्यटकका लागि सहज, सुरक्षित र आकर्षक गन्तव्यका रूपमा स्थापित गर्न दुवै देशबीच सहकार्य विस्तार आवश्यक रहेको बताए।

नेपाल पर्यटन बोर्ड र नयाँदिल्लीस्थित नेपाली राजदूतावासको संयुक्त आयोजनामा बुधबार साँझ भारतको नयाँदिल्लीमा आयोजित ‘नेपाल कलिङ’ गन्तव्य प्रवर्द्धन कार्यक्रममा मन्त्री पौडेलले नेपाल–भारत पर्यटन साझेदारीलाई नयाँ उचाइमा पुर्‍याउन पर्यटन क्षेत्र प्रभावकारी माध्यम बन्न सक्ने धारणा राखे।

कार्यक्रममा भारतका पर्यटन तथा संस्कृति मन्त्री गजेन्द्र सिंह शेखावत, उत्तराखण्डका संस्कृति तथा पर्यटनमन्त्री सतपाल महाराजलगायत दुवै देशका सरकारी अधिकारी, कूटनीतिक प्रतिनिधि, पर्यटन व्यवसायी तथा निजी क्षेत्रका अगुवाहरूको सहभागिता थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले भने, ‘नेपाल र भारतबीचको सम्बन्ध केवल दुई देशको कूटनीतिक सम्बन्धमा सीमित छैन, यो हाम्रो साझा संस्कृति, सभ्यता, आस्था र जनस्तरको आत्मीयतासँग जोडिएको छ। पर्यटनले यस सम्बन्धलाई अझ गहिरो बनाउने र दुवै देशका नागरिकबीचको सम्पर्क तथा आर्थिक अवसर विस्तार गर्ने महत्वपूर्ण भूमिका खेल्न सक्छ। नेपाल भारतीय पर्यटकलाई स्वागत गर्न सधैँ तयार छ।’

मन्त्री पौडेलले नेपालका धार्मिक तथा आध्यात्मिक गन्तव्य, प्राकृतिक सम्पदा, साहसिक पर्यटन, सांस्कृतिक विविधता र स्वास्थ्य तथा आरोग्य पर्यटन भारतीय पर्यटकका लागि विशेष आकर्षण बन्न सक्ने उल्लेख गरे।

साथै, पर्यटन प्रवर्द्धनसँगै हवाई तथा स्थलमार्गको सम्पर्क विस्तार, सहज आवागमन र निजी क्षेत्रबीच सहकार्य बढाउनुपर्नेमा मन्त्री पौडेलले जोड दिएका छन्।

कार्यक्रमका अवसरमा मन्त्री पौडेलले भारतका केन्द्रीय नागरिक उड्डयनमन्त्री राममोहन नायडु किन्जारापुसँग शिष्टाचार भेटवार्ता समेत गरेका छन्।

भेटमा नेपाल–भारतबीचको हवाई उड्डयन क्षेत्रको विकास, द्विपक्षीय सहकार्य विस्तार तथा दुई देशबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा सौहार्दपूर्ण छलफल भएको बताइएको छ। हवाई सम्पर्क विस्तारलाई पर्यटन आवागमन वृद्धि गर्ने महत्वपूर्ण आधारका रूपमा हेरिएको छ।

कार्यक्रममा भारतका पर्यटन तथा संस्कृति मन्त्री गजेन्द्र सिंह शेखावतले नेपाल र भारतबीचको पर्यटन सम्बन्ध तथा साझा सांस्कृतिक सम्पदाको महत्व उजागर गरे।

उत्तराखण्डका पर्यटनमन्त्री सतपाल महाराजले पनि नेपाल र उत्तराखण्डबीच पर्यटन सहकार्य विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।

नयाँ दिल्लीस्थित नेपाली दूतावासका उपप्रमुख डा। सुरेन्द्र थापाले सहभागीहरूलाई स्वागत गरेका थिए। भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरसहित भुटान, पोल्यान्ड र भियतनामका कूटनीतिक नियोगका प्रतिनिधिहरूले समेत ‘नेपाल कलिङ’ अभियानप्रति ऐक्यबद्धता र समर्थन व्यक्त गरेका थिए।

नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मतसिंह ऐरले अभियानमार्फत भारतीय पर्यटकलाई नेपाल भ्रमणका लागि पुनः आमन्त्रण गर्दै नेपाल सुरक्षित, खुला, संकटसँग जुधेर अघि बढिरहेको र पर्यटक स्वागतका लागि पूर्ण रूपमा तयार रहेको सन्देश दिएका छन्।

उनले आफ्नो प्रस्तुतीकरणमा नेपालका धार्मिक, आध्यात्मिक, साहसिक, सांस्कृतिक, प्राकृतिक, वेलनेस तथा अनुभवमा आधारित पर्यटनका विविध सम्भावना प्रस्तुत गरेका थिए।

कार्यक्रममा भारतीय टुर अपरेटर संघ (आईएटीओ) र नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) लगायत दुवै देशका पर्यटन क्षेत्रका प्रतिनिधिहरूको सहभागिताले निजी क्षेत्रबीच सहकार्य र नयाँ पर्यटन अवसर सिर्जना गर्ने सम्भावनालाई थप बल पुर्‍याएको छ।

नेपाल र भारतबीचको ऐतिहासिक मित्रता, सांस्कृतिक निकटता र धार्मिक सम्बन्धलाई पर्यटनमार्फत आर्थिक तथा सामाजिक साझेदारीमा रूपान्तरण गर्ने उद्देश्यसहित आयोजित यस कार्यक्रमले दुई देशबीच पर्यटन सहकार्य विस्तारका लागि थप आधार तयार गरेको छ।

प्रकाशित: ३ मंसिर २०८३ १३:१० बिहीबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
2h ago
नेपाल-भारत सम्बन्धलाई पर्यटनमार्फत थप सुदृढ बनाउन सकिन्छ : मन्त्री पौडेल

नेपाल-भारत सम्बन्धलाई पर्यटनमार्फत थप सुदृढ बनाउन सकिन्छ : मन्त्री पौडेल

३ मंसिर, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्धलाई पर्यटन, हवाई सम्पर्क तथा जनस्तरको आदानप्रदानमार्फत थप सुदृढ बनाउनुपर्ने बताएका छन् । नेपाल पर्यटन बोर्ड र नयाँदिल्लीस्थित नेपाली राजदूतावासद्वारा बुधबार …

#पर्यटन #भारत #पौडेल
Compare →
Ekantipur
8h ago
हवाई सम्पर्क विस्तारबारे नेपाल र भारतका उड्डयनमन्त्रीबीच छलफल

हवाई सम्पर्क विस्तारबारे नेपाल र भारतका उड्डयनमन्त्रीबीच छलफल

भारतीय मन्त्री राममोहन नायडुले हवाई सम्पर्कलाई सांस्कृतिक तथा जनस्तरीय सम्बन्ध सुदृढ गर्ने माध्यम भन्दै सहकार्यप्रति प्रतिबद्धता जनाए।

#हवाई #सम्पर्क #भारत
Compare →
Hamro Patro News
3h ago
नेपाल–भारत सम्बन्ध : मोर देन डिप्लोमेसी

नेपाल–भारत सम्बन्ध : मोर देन डिप्लोमेसी

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको आसन्न भारत भ्रमणले यतिबेला राजनीतिक तथा कूटनीतिक माहोल तातेको छ । मंसिर ६ र ७ गतेसम्म हुन लागेको उक्त भ्रमणका लागि प्रधानमन्त्री कार्यालय, परराष्ट्...

#भारत #सम्बन्ध
Compare →
Arthasansar
2h ago
भारत भ्रमणमा पञ्चेश्वर परियोजना टुंग्याउन प्रधानमन्त्रीलाई प्रचण्डको सुझाव

भारत भ्रमणमा पञ्चेश्वर परियोजना टुंग्याउन प्रधानमन्त्रीलाई प्रचण्डको सुझाव

पूर्वप्रधानमन्त्री एवं नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा पञ्चेश्वरको विषयलाई अघि बढाउन सुझाव दिएका छन् ।...

#भारत
Compare →
Bizshala
18h ago
प्रधानमन्त्री शाहको भारत भ्रमणअघि थप ६१५ मेगावाट बिजुली बेच्ने बाटो खुल्यो

प्रधानमन्त्री शाहको भारत भ्रमणअघि थप ६१५ मेगावाट बिजुली बेच्ने बाटो खुल्यो

काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणअघि नेपालले भारतीय ऊर्जा एक्सचेन्जमा थप ६१५.०२ मेगावाट विद्युत्...

#भारत
Compare →

Related Stories

Politics & Governance
Build #2612