Trending
Prev Story
Next Story

हवाई सम्पर्क विस्तारबारे नेपाल र भारतका उड्डयनमन्त्रीबीच छलफल

Ekantipur •
November 19, 2026 • 03:32 AM
2
2 reads 0 reactions

भारतीय मन्त्री राममोहन नायडुले हवाई सम्पर्कलाई सांस्कृतिक तथा जनस्तरीय सम्बन्ध सुदृढ गर्ने माध्यम भन्दै सहकार्यप्रति प्रतिबद्धता जनाए।

हवाई सम्पर्क विस्तारबारे नेपाल र भारतका उड्डयनमन्त्रीबीच छलफल

भारतीय मन्त्री राममोहन नायडुले हवाई सम्पर्कलाई सांस्कृतिक तथा जनस्तरीय सम्बन्ध सुदृढ गर्ने माध्यम भन्दै सहकार्यप्रति प्रतिबद्धता जनाए।

काठमाडौँ — नेपाल र भारतबीच हवाई सम्पर्क विस्तार तथा उड्डयन क्षेत्रमा सहकार्य थप मजबुत बनाउने विषयमा दुवै देशका नागरिक उड्डयनमन्त्रीबीच बुधबार नयाँ दिल्लीमा छलफल भएको छ ।

नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले बुधबार भारतका नागरिक उड्डयनमन्त्री राममोहन नायडु किन्जारापुसँग उनको मन्त्रालयमा भेटवार्ता गरेका हुन् ।

भारतीय नागरिक उड्डयनमन्त्री किन्जारापुले सामाजिक सञ्जालमार्फत नेपाली समकक्षीसँगको भेटलाई सुखद भन्दै दुई देशबीचको ऐतिहासिक तथा परम्परागत सम्बन्धलाई हवाई सम्पर्कमार्फत थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरिएको बताएका छन् ।

उनले दुई देशबीच सांस्कृतिक तथा जनस्तरको सम्बन्ध विस्तारमा हवाई सम्पर्कको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गरेका छन् । भेटमा अयोध्या विमानस्थलबारे नेपाली मन्त्रीले गरेको प्रशंसालाई पनि उनले स्वागत गरेका छन् । अयोध्या विमानस्थलले नेपाल र भारतबीचको धार्मिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्ध विस्तारमा सहयोग पुर्‍याउने उनको भनाइ छ ।

यसैबीच, पर्यटनमन्त्री खडकराज पौडेलले पनि भारतीय नागरिक उड्डयनमन्त्री किन्जारापुसँग भेट गरेको जानकारी दिएका छन् । उनले किन्जारापुलाई युवा, ऊर्जाशील र आत्मीय व्यक्तित्वका रूपमा उल्लेख गर्दै भेटमा उड्डयन क्षेत्र र नेपाल–भारत सहकार्यका सम्भावनाबारे कुराकानी भएको बताएका छन् ।

नेपाल र भारतबीच हवाई सेवा विस्तार, नयाँ गन्तव्यमा उडान तथा पर्यटन प्रवर्द्धनका विषयमा सहकार्यको सम्भावना रहँदै आएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
18h ago
फराकिलो आकाश, साझा लाभ : हवाईमार्ग विस्तारको कूटनीतिक बाटो

फराकिलो आकाश, साझा लाभ : हवाईमार्ग विस्तारको कूटनीतिक बाटो

भनिन्छ ‘आकाशको कुनै निश्चित सीमा हुँदैन’, सम्भावना असीमित हुन्छन् । तर, अन्तर्राष्ट्रिय हवाई पहुँचका सन्दर्भमा भूपरिवेष्ठित नेपालको अवस्था हेर्दा एउटा महत्त्वपूर्ण प्रश्न उठ्छ, आकाशमा उडान सम्भावना निरन्तर विस्तार भइरहँदा नेपाल प्रवेश गर्ने हवाईमार्गका विकल्प भने …

#हवाई
Compare →
Hamro Patro News
19h ago
प्रधानमन्त्री बालेसँग भारतीय राजदूतको शिष्टाचार भेट, के भयो कुरा ?

प्रधानमन्त्री बालेसँग भारतीय राजदूतको शिष्टाचार भेट, के भयो कुरा ?

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले आज शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा प्र...

#भारतीय #भारत
Compare →
Nagarik News
20h ago
प्रधानमन्त्री शाह र नेपालका लागि नवनियुक्त भारतीय राजदूत दलेलाबिच भेटवार्ता, भारत भ्रमणबारे छलफल

प्रधानमन्त्री शाह र नेपालका लागि नवनियुक्त भारतीय राजदूत दलेलाबिच भेटवार्ता, भारत भ्रमणबारे छलफल

प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले भेटवार्ता गरेका छन्।

#भारतीय #भारत
Compare →

Related Stories

World News
Build #2612