Trending
Prev Story
Next Story

जुम्ला बसपार्क ८ बर्षपछि सञ्चालनमा

Ekantipur •
November 19, 2026 • 03:32 AM
2
2 reads 0 reactions

निर्माण कार्य सकिएको ८ बर्षपछि सबै विवाद सल्टाएर बसपार्कदेखि गाडीहरु छुट्न थालेपछि सदरमुकाम खलंगाका सडकहरूमा पार्किङ गर्नुपर्ने बाध्यता हटेको हो ।

जुम्ला बसपार्क ८ बर्षपछि सञ्चालनमा

निर्माण कार्य सकिएको ८ बर्षपछि सबै विवाद सल्टाएर बसपार्कदेखि गाडीहरु छुट्न थालेपछि सदरमुकाम खलंगाका सडकहरूमा पार्किङ गर्नुपर्ने बाध्यता हटेको हो ।

जुम्ला — जग्गा विवादका कारण प्रयोगविहिन बनेको जुम्ला बसपार्क सञ्चालनमा आएको छ । निर्माण कार्य सकिएको ८ बर्षपछि सबै विवाद सल्टाएर बसपार्कदेखि गाडीहरु छुट्न थालेपछि सदरमुकाम खलंगाका सडकहरूमा पार्किङ गर्नुपर्ने बाध्यता हटेको हो ।

यसअघि कुन यातायात कम्पनीले बसपार्क सञ्चालनमा ल्याउने भन्ने विवाद समेत थियो । बसपार्क सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी तिला कर्णाली यातायात सेवा प्रालिले लिएसँगै बसपार्क सञ्चालनमा आएको हो । बसर्पाकबाटै लामो तथा छोटो दुरीका बस छुट्न थालेपछि यात्रुलाई राहत मिलेको छ । पहिले सडकमै पार्किङ गर्दा दुर्घटनाको जोखिम पनि उच्च थियो ।

अहिले बसपार्कको काउन्टरमै टिकट काटेर यातायात सेवा लिन थालेपछि जोखिम घटेको स्थानीय कृष्णबहादुर रोकायाले बताए । ‘सवारीसाधनको चाप बढ्दै गएपनि बसपार्क सञ्चालनमा नआएपछि सडकपेटीमै गाडी पार्किङ हुने गरेका थिए’, उनले भने, ‘अहिले त्यो समस्या हट्यो । बसपार्कमा चहलपहल बढेको छ । सवारी सेवा राम्रो बन्यो ।’

२०७६ मा करिब एक करोड ६० लाख रुपैयाँमा ठेक्का लागेको यस बसपार्कका सम्पूर्ण संरचना बनेर पनि प्रयोगविहिन थिए । ढिलै भएपनि सञ्चालनमा आएपछि नगरपालिका जीर्ण भएका केही संरचनाको मर्मत तयारीमा लागेको छ ।

बसपार्क सञ्चालनमा नआउँदा सदरमुकाम खलंगा बजार क्षेत्र नै अस्थायी पार्किङस्थल बनेको थियो । लामो तथा छोटो दूरीका बस, ट्रक, जीप, टिपर र अटो सडकमा पार्किङ हुँदा बजार क्षेत्रको यातायात व्यवस्थापन प्रभावित नराम्ररी प्रभावित बन्यो । जुगाडखोला सरसफाइका अभियन्ता उपेन्द्र बुढ्थापाले भने, ‘अब धेरै सुधार हुनेवाला छ ।’ उनको टोलीले बसपार्क सञ्चालनमा ल्याउन नियमित रुपमा चन्दननाथ नगरपालिका र जिल्ला प्रशासन कार्यालयमा दवाब दिइरहेको थियो ।

अहिले नगरपालिका र प्रशासनको सक्रियतामा बसपार्क सञ्चालनमा आएको चन्दननाथ नगरपालिकाका उपप्रमुख रामदेवी खड्काको भनाइ छ । ‘लामो प्रयासपछि बसपार्क सञ्चालनमा आएको छ । अब केही अत्यावश्यक पूर्वाधार निर्माण गर्न बाँकी छ,’ खड्काले भनिन्, ‘बसपार्क सञ्चालनमा नआउँदा केही आलोचनासमेत भएको थियो । अब सवारीसाधन बसपार्कबाटै छुट्छन् ।’

सडकपेटीमा पार्किङ गरेमा ट्राफिक र नगर प्रहरीले सवारीसाधन नियन्त्रणमा लिएर आवश्यक कारवाही गर्ने समेत उनले बताइन् । कर्णाली प्रदेशको दोस्रो ठुलो सहरका रूपमा चिनिएको जुम्लाको बसपार्क सञ्चालनमा आएपछि सवारीसाधनको व्यवस्थापनमा सहजता आइरहेको उनको भनाइ छ ।

गत असार १० देखि बसपार्क सञ्चालनमा ल्याउने सहमति बनेको थियो तर त्यो कार्यन्वयन हुन सकेन । चन्दननाथ नगरपालिका, जिल्ला प्रशासन कार्यालय जुम्ला तथा यातायात व्यवसायीको संयुक्त पहलमा बसपार्क सञ्चालनमा आएको हो ।

बसपार्क सञ्चालनमा आएसँगै यातायात सेवालाई व्यवस्थित, सहज तथा नागरिकमैत्री बनाउन तयारी भइरहेको तिला कर्णाली यातायात सेवा प्रालिका अध्यक्ष नरेश महतले बताए । भने, ‘बसपार्कमा अझै खानेपानी र बिजुलीको समस्या रहेको छ । केही दिनमै सबै समस्या समाधान भएर सुरक्षित र सहज यात्रा हुनेछ ।’

३ हजार ३ सय ६५ वर्गमिटर क्षेत्रफलमा फैलिएको उक्त बसपार्कको जग्गा चन्दननाथ नगर विकास समितिको नाममा छ । यहाँबाट जुम्लादेखि सुर्खेत, नेपालगञ्ज र काठमाडौंसम्मका लामो दुरीका सवारी छुट्ने गरेका छन् ।

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1d ago
काँडाचौर बसपार्क आजबाट सञ्चालनमा

काँडाचौर बसपार्क आजबाट सञ्चालनमा

काँडाचौर बसपार्क आजबाट औपचारिक रूपमा सञ्चालनमा आएको छ । निर्माण सम्पन्न भएको करिब तीन वर्षपछि उक्त बसपार्क सञ्चालमा आएको हो । पार्क नारायण नगरपालिका–६ स्थित वडा नं. १ को भगवती टोल नजिकै रहेको छ । ...

#बसपार्क #सञ्चालनमा
Compare →
Onlinekhabar
2d ago
८ वर्षदेखि अलपत्र भीरकोटको बसपार्क, भाडाको जग्गामा नगरपालिकाकै निर्माण सामग्री

८ वर्षदेखि अलपत्र भीरकोटको बसपार्क, भाडाको जग्गामा नगरपालिकाकै निर्माण सामग्री

१ मंसिर, स्याङ्जा । बसपार्क बनाउने भन्दै जग्गा भाडामा लिएको आठ वर्ष बित्यो । संरचना निर्माणमा लाखौँ रुपैयाँ खर्च भयो । ८० वटा हेभी र १३० वटा लाइट सवारीसाधन पार्किङ गर्न सक्ने क्षमताको बसपार्क बनाउने …

#बसपार्क
Compare →
Nagarik News
1w ago
जुम्लामा परम्परागत पानी घट्ट लोभ हुँदै

जुम्लामा परम्परागत पानी घट्ट लोभ हुँदै

जुम्लामा पछिल्लो समयमा परम्परागत पानी घट्टहरु लोभ हुँदै गएका छन् ।

#जुम्ला
Compare →

Related Stories

Politics & Governance
Build #2612