Trending
Prev Story
Next Story

जुम्लामा मतदाता नामवलीबाट एक हजार २८९ जनाको नाम खारेजी

Hamro Patro News •
November 17, 2026 • 12:38 PM
3
3 reads 0 reactions

जुम्ला । जिल्ला निर्वाचन कार्यालय, जुम्लाले मतदाता नामवलीमा दोहोरो नाम भएका एक हजार २८९ जनाको नाम मतदाता नामवलीबाट खारेज गरिएको छ । जिल्ला निर्वाचन कार्यालय जुम्लाका प्रमुख दीपेन्द्र कँडेलका अनुसा...

1 / 2
Swipe Photos

जुम्ला । जिल्ला निर्वाचन कार्यालय, जुम्लाले मतदाता नामवलीमा दोहोरो नाम भएका एक हजार २८९ जनाको नाम मतदाता नामवलीबाट खारेज गरिएको छ ।

जिल्ला निर्वाचन कार्यालय जुम्लाका प्रमुख दीपेन्द्र कँडेलका अनुसार मतदाता नामवली अद्यावधिक गर्ने क्रममा मृत्यु भएका ८१५ जना र दोहोरो नाम दर्ता भएका ४७४ जनाको नाम खारेज गरिएको जानकारी दिए । दोहोरो मतदाता नामवलीमा नाम दर्ताका भएका सबैभन्दा बढी तिला गाउँपालिकाका ८० जनाको नाम हटाइएको छ । पातारासीबाट ६४, कनकासुन्दरीबाट ५९, तातोपानीबाट ६०, सिंजाबाट ४८, गुठीचौरबाट ३७, हिमाबाट ५० र चन्दननाथ नगरपालिकाबाट ७६ जनाको दोहोरो नाम हटाइएको जिल्ला निर्वाचन कार्यालय जुम्लाका निर्वाचन अधिकारी कँडेलले बताए ।

Read full story at source ( kendrabindu.com )

Prev Swipe Story Next

Related Stories

Politics & Governance
Build #2612