Trending
Prev Story
Next Story

हर्मुजमा भएको आक्रमणको भारतद्वारा निन्दा

Ekantipur •
November 18, 2026 • 10:02 AM
2
2 reads 0 reactions

आक्रमणपछि एकजना भारतीय बेपत्ता छन् भने दुईजना घाइते अवस्थामा भेटिएका छन्

हर्मुजमा भएको आक्रमणको भारतद्वारा निन्दा

आक्रमणपछि एकजना भारतीय बेपत्ता छन् भने दुईजना घाइते अवस्थामा भेटिएका छन्

नयाँ दिल्ली — भारतले हर्मुज  जलमार्गमा एक व्यावसायिक पानीजहाजमाथि भएको आक्रमणको कडा शब्दमा निन्दा गरेको छ। मङ्गलबार आक्रमणमा परेको 'तारा ग्यास' नामक उक्त जहाजमा २४ भारतीय सवार थिए । त्यसमध्ये, एक जना भारतीय बेपत्ता भएका छन् ।

उद्धार गरिएकामध्ये दुई जना घाइते छन् भने बाँकी भारतीय नागरिक सकुशल रहेको भारतको विदेश मन्त्रालयले जनाएको छ ।

त्यस्तै,  दुई जना घाइते भएका छन्। उक्त जहाजमा २४ भारतीय सवार थिए । आक्रमणमा परि घाइते भएका दुई जनालाई भने अस्पतालमा भर्ना गरिएको छ।

यद्यपि, विदेश मन्त्रालयले उक्त जहाजमाथि कसले आक्रमण गर्‍यो भन्नेबारे खुलाएको छैन।

पश्चिम एसियाली क्षेत्रमा जहाजहरूमाथि बारम्बार आक्रमणहरू हुने 'गम्भीर चिन्ताको विषय' रहेको भन्दै विदेश मन्त्रालयले व्यावसायिक पानीजहाज र नागरिक पूर्वाधारलाई लक्षित गर्ने कार्य तत्काल बन्द हुनुपर्ने दोहोर्‍याएको छ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'अन्तर्राष्ट्रिय कानूनको पालना गर्दै अन्तर्राष्ट्रिय जलमार्गहरूमा स्वतन्त्र र निर्बाध आवागमन तथा व्यापार छिटो पुनःस्थापित गरिनुपर्छ।'

पश्चिम एसियामा विगत आठ महिनादेखि चलिरहेको द्वन्द्वबीच व्यावसायिक जलमार्गहरूमा जहाजहरुमाथि  श्रृंखलाबद्ध आक्रमण भइरहेका छन् । यस युद्धका कारण अहिलेसम्म भारतका  १४ जना नाविकहरूले ज्यान गुमाइसकेका छन् ।

फेब्रुअरीमा अमेरिका र इजरायलले सुरु गरेको यस युद्धमा अमेरिका र इरानबीच विगत दुई महिनायता लडाइँ केही शान्त बनेको थियो। तर, बहराइनस्थित अमेरिकी राडार सुविधा केन्द्रमा इरान आक्रमण गरेसँगै अमेरिकाले पनि फेरि आक्रमण तिव्र पारेको छ।

विश्लेषकहरूका अनुसार रोकिएको शान्ति वार्ता र तेहरानमाथि बढ्दै गएको आर्थिक दबाबले अझै ठूलो द्वन्द्व फैलिने जोखिम बढेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1h ago
जुम, आइकिया र सीएनएनजस्ता चर्चित वेबसाइटमा मालवेयर आक्रमण

जुम, आइकिया र सीएनएनजस्ता चर्चित वेबसाइटमा मालवेयर आक्रमण

विश्वका चर्चित प्रविधि, बैंकिङ तथा सञ्चार कम्पनीका वेबसाइट साइबर आक्रमणको निशानामा परेका छन्।

#आक्रमण
Compare →
Hamro Patro News
6h ago
कुवेतमा ड्रोन आक्रमण, अमेरिकाले गर्‍यो इरानको क्षेप्यास्त्र केन्द्रमा हमला

कुवेतमा ड्रोन आक्रमण, अमेरिकाले गर्‍यो इरानको क्षेप्यास्त्र केन्द्रमा हमला

कुवेतको हवाई रक्षा प्रणालीले ड्रोन आक्रमण रोक्ने प्रयास गरिरहेको जनाएको छ। अमेरिका र इरानबिच आक्रमण-प्रत्याक्रमण जारी रहेका बेला खाडी क्षेत्रमा तनाव थप बढेको हो। कुवेती सेनाले मंगलबार सामाजिक सञ्...

#आक्रमण
Compare →
Bizshala
8h ago
ट्याङ्करमाथि आक्रमण र अमेरिकी भण्डार घट्ने अनुमानले बढ्यो तेलको मूल्य

ट्याङ्करमाथि आक्रमण र अमेरिकी भण्डार घट्ने अनुमानले बढ्यो तेलको मूल्य

काठमाडौँ । मध्यपूर्वमा तेल ट्याङ्करमाथि आक्रमण जारी रहनु र अमेरिकी कच्चा तेलको भण्डार घट्ने अपेक्षाले मंगलबार...

#आक्रमण
Compare →
Onlinekhabar
22h ago
अमेरिकामा आक्रमण हुनसक्ने गुप्तचरी सूचनापछि इरानलाई ट्रम्पको चेतावनी

अमेरिकामा आक्रमण हुनसक्ने गुप्तचरी सूचनापछि इरानलाई ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाभित्र कुनै पनि प्रकारको आक्रमण नगर्न इरानलाई चेतावनी दिएका छन् । वासिङ्टन डीसी इरानको सम्भावित निशाना हो कि होइन भन्ने पत्रकारको प्रश्नमा उनले यस्तो चेतावनी दिएका हुन् । फिलिपिन्सको राजधानी मनिलामा जारी …

#आक्रमण
Compare →

Related Stories

World News
Build #2612