Trending
Prev Story
Next Story

केश्म टापुमा अमेरिकी आक्रमण भएको इरानको आरोप, होर्मुजमा पाँच तेल ट्यांकरमा क्षति

Nagarik News •
November 17, 2026 • 04:33 PM
2
2 reads 0 reactions

मंगलबार राति टापुका विभिन्न स्थानमा विस्फोटका आवाज सुनिएपछि इरानी अधिकारीहरूले अमेरिकी सेनाले आक्रमण गरेको बताएका हुन्।

केश्म टापुमा अमेरिकी आक्रमण भएको इरानको आरोप, होर्मुजमा पाँच तेल ट्यांकरमा क्षति

इरानले होर्मुज जलमार्गमा पर्ने आफ्नो दक्षिणी टापु केश्ममा अमेरिकाले आक्रमण गरेको आरोप लगाएको छ।

मंगलबार राति टापुका विभिन्न स्थानमा विस्फोटका आवाज सुनिएपछि इरानी अधिकारीहरूले अमेरिकी सेनाले आक्रमण गरेको बताएका हुन्।

यसैबिच, होर्मुज जलमार्गमा कम्तीमा पाँच वटा तेल ट्यांकरमा क्षति पुगेको इरानी सैन्य अधिकारीहरूले दाबी गरेका छन्।

इरानको सरकारी समाचार संस्था इरनाका अनुसार होर्मोज्गान प्रान्तका उपगभर्नर अहमद नाफिसीले अमेरिकी आक्रमणबाट केश्म टापुका आवासीय, व्यावसायिक तथा पूर्वाधार क्षेत्रमा क्षति नपुगेको बताएका छन्।

उनले टापुको अवस्था नियन्त्रणमा रहेको र सबै सरकारी निकायलाई उच्च सतर्कतामा राखिएको जानकारी दिए।

यसअघि केश्म सहरको उत्तरपश्चिमी क्षेत्रमा लगातार विस्फोटका आवाज सुनिएको स्थानीय सञ्चारमाध्यमले जनाएका थिए। सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा टापुबाट धुवाँ निस्किरहेको देखिएको छ।

यसैबिच, इरानी रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले होर्मुज जलमार्गबाट गुज्रिन खोजेको एउटा तेल ट्यांकर समुद्री बारुदी सुरुङमा ठोक्किएर आगलागी भएको दाबी गरेको छ। अर्को सुपरट्यांकरमा पनि आगलागी भएको र त्यसलाई सहयोग गर्न पुगेको टगबोटमा समेत आगो लागेको उसको भनाइ छ।

इरानी सेनाले थप तीन वटा तेल ट्यांकर समुद्री बारुदी सुरुङमा ठोक्किएर क्षतिग्रस्त भएको दाबी गरेको छ।

होर्मुज जलमार्ग हुँदै विश्वको ठुलो हिस्सा तेल तथा ग्यास आपूर्ति हुने भएकाले यस क्षेत्रमा बढ्दो सैन्य गतिविधिले अन्तर्राष्ट्रिय ऊर्जा बजार र समुद्री व्यापारमा असर पर्न सक्ने चिन्ता बढाएको छ।

उता, कतारले अमेरिका र इरानबिचको तनाव कम गर्न मध्यस्थताको प्रयास तीव्र पारेको छ। कतारका अनुसार दुवै पक्षले युद्ध अन्त्यका लागि मध्यस्थकर्ताले अघि सारेका प्रस्तावमाथि छलफल गरिरहेका छन्।

प्रकाशित: १ मंसिर २०८३ २२:१८ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
5h ago
अमेरिकामा आक्रमण हुनसक्ने गुप्तचरी सूचनापछि इरानलाई ट्रम्पको चेतावनी

अमेरिकामा आक्रमण हुनसक्ने गुप्तचरी सूचनापछि इरानलाई ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाभित्र कुनै पनि प्रकारको आक्रमण नगर्न इरानलाई चेतावनी दिएका छन् । वासिङ्टन डीसी इरानको सम्भावित निशाना हो कि होइन भन्ने पत्रकारको प्रश्नमा उनले यस्तो चेतावनी दिएका हुन् । फिलिपिन्सको राजधानी मनिलामा जारी …

#आक्रमण #अमेरिकी #इरान
Compare →
Ekantipur
15h ago
अमेरिकामा बम आक्रमणको योजना बनाउँदै इरान, ट्रम्प प्रशासनका अधिकारीहरू निशानामा : गुप्तचर प्रतिवेदन

अमेरिकामा बम आक्रमणको योजना बनाउँदै इरान, ट्रम्प प्रशासनका अधिकारीहरू निशानामा : गुप्तचर प्रतिवेदन

अमेरिकी गुप्तचर निकायले इरानले पहिले नै अमेरिकाभित्रै बम बनाउने सामग्री लुकाएर राखेको हुन सक्ने वा सजिलै भित्र्याउन सक्ने आशंका गरेको छ

#आक्रमण #अमेरिकी #इरान
Compare →
Hamro Patro News
8h ago
अमेरिकी राडार प्रणालीमा इरानको हवाई आक्रमण, विफल पारेको बहराइनको दाबी

अमेरिकी राडार प्रणालीमा इरानको हवाई आक्रमण, विफल पारेको बहराइनको दाबी

काठमाडौं– इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले बहराइनस्थित इसा एयरबेसमा रहेको अमेरिकी राडार प्रणालीलाई निशाना बनाएर गरेको हवाई आक्रमण विफल पारेको बहराइनले दाबी गरेको छ । बहराइनको ...

#आक्रमण #इरान #अमेरिकी
Compare →
Bizshala
2d ago
ट्रम्पको दाबीलाई अमेरिकी गुप्तचर रिपोर्टकै चुनौती : इरानसँग अझै २५०० मिसाइल, फेरि युद्ध भड्किए अमेरिका र इजरायललाई भारी पर्न सक्ने

ट्रम्पको दाबीलाई अमेरिकी गुप्तचर रिपोर्टकै चुनौती : इरानसँग अझै २५०० मिसाइल, फेरि युद्ध भड्किए अमेरिका र इजरायललाई भारी पर्न सक्ने

काठमाण्डौ । अमेरिका र इजरायलको लगातारको सैन्य आक्रमणपछि इरानको सैन्य शक्ति लगभग ध्वस्त भएको दाबी गरिरहेका अमेरिकी...

#अमेरिकी #इरान
Compare →
Arthasansar
2d ago
इरानविरुद्ध एकजुट हुन नेतान्याहुको प्रस्ताव

इरानविरुद्ध एकजुट हुन नेतान्याहुको प्रस्ताव

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानको आणविक कार्यक्रमबाट उत्पन्न हुन सक्ने खतराको सामना गर्न राष्ट्रिय एकता सरकार गठन गर्न पुनः आह्वान...

#इरान
Compare →

Related Stories

World News
Build #2612