Trending
Prev Story
Next Story

खाडी क्षेत्रमा बढ्यो तनाव : पाँच दिनमै बहराइनमा इरानको तेस्रो ड्रोन हमला

Nagarik News •
November 17, 2026 • 04:02 PM
2
2 reads 0 reactions

मंगलबार बहराइनको राजधानी मनामामा विस्फोटका आवाज सुनिएका थिए। त्यसपछि सुरक्षा निकायले मोबाइल फोनमार्फत नागरिकलाई सुरक्षित स्थानमा जान र सरकारी सूचनाको पालना गर्न आग्रह गरेको थियो।

खाडी क्षेत्रमा बढ्यो तनाव : पाँच दिनमै बहराइनमा इरानको तेस्रो ड्रोन हमला

इरानले मंगलबार बहराइनमा पुनः ड्रोन आक्रमण गरेको छ। पाँच दिनभित्र बहराइनमा तीन पटक आक्रमण भएपछि खाडी क्षेत्रमा तनाव थप बढेको छ।

यसैबिच, अमेरिकाको राजधानी वासिङ्टनमा रेडियोधर्मी पदार्थ मिसाइएको बम वा रासायनिक हतियार प्रयोग गर्ने योजना बनाएको भन्ने आरोपलाई इरानले अस्वीकार गरेको छ।

सीएनएनले सात जना अमेरिकी अधिकारीलाई उद्धृत गर्दै इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनका वरिष्ठ अधिकारीलाई लक्षित गरी यस्तो आक्रमणको योजना बनाइरहेको समाचार सार्वजनिक गरेको थियो।

यद्यपि, अमेरिकी अधिकारीहरूबिच इरानले त्यस्तो आक्रमण गर्न सक्ने क्षमता र वास्तविक मनसायबारे मतभेद रहेको समाचारमा उल्लेख छ। उक्त योजना तत्काल आक्रमण गर्ने संकेत नभई सम्भावित विकल्प तयार पार्ने प्रयास भएको अधिकारीहरूले बताएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्भावित खतरालाई गम्भीरतापूर्वक लिएको बताएका छन्। उनले तत्काल आक्रमणको खतरा भए इरानले अहिलेसम्म कुनै पनि देशले नचुकाएको मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन्।

इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले भने सीएनएनको समाचारलाई ‘आधारहीन’ भन्दै खण्डन गरेका छन्। उनले इरानमाथि आक्रमण गर्नेहरूले सञ्चारमाध्यममार्फत निराधार आरोप फैलाएर आफ्नो योजनालाई उचित देखाउने प्रयास गरिरहेको बताएका छन्।

मंगलबार बहराइनको राजधानी मनामामा विस्फोटका आवाज सुनिएका थिए। त्यसपछि सुरक्षा निकायले मोबाइल फोनमार्फत नागरिकलाई सुरक्षित स्थानमा जान र सरकारी सूचनाको पालना गर्न आग्रह गरेको थियो।

बहराइनको सेनाले इरानबाट आएका हवाई आक्रमणलाई प्रतिकार गरी नष्ट गरेको जनाएको छ। यता इरानको रिभोलुसनरी गार्ड्सले अमेरिकी सेनाले प्रयोग गरिरहेको शेख इसा एयर बेसस्थित राडार प्रणालीलाई लक्षित गरी ड्रोन आक्रमण गरेको दाबी गरेको छ।

इरानले उक्त आक्रमण अमेरिकी ड्रोनले आफ्नो हवाई क्षेत्र उल्लंघन गरेको भन्दै त्यसको जवाफमा गरेको बताएको छ। तर, आक्रमणबाट राडार प्रणालीमा क्षति पुगेको स्वतन्त्र पुष्टि भएको छैन। अमेरिकी पक्षले यसअघि पनि इरानले बहराइनमा गरेको आक्रमणका ड्रोन खसालेको र कुनै क्षति वा मानवीय हानि नभएको जनाएको थियो।

यसैबिच, कतारले अमेरिका र इरानसहित सम्बन्धित सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ। क्षेत्रीय तनाव कम गर्न कूटनीतिक प्रयास जारी रहे पनि अमेरिकाले थप विमानवाहक युद्धपोत खाडी क्षेत्रतर्फ पठाएपछि सैन्य तनाव बढ्न सक्ने चिन्ता व्यक्त गरिएको छ।

अमेरिका र इरानबिचको तनावका कारण खाडी क्षेत्रको सुरक्षा अवस्था थप जटिल बन्दै गएको छ।

प्रकाशित: १ मंसिर २०८३ २१:४७ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
8h ago
अमेरिकी राडार प्रणालीमा इरानको हवाई आक्रमण, विफल पारेको बहराइनको दाबी

अमेरिकी राडार प्रणालीमा इरानको हवाई आक्रमण, विफल पारेको बहराइनको दाबी

काठमाडौं– इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले बहराइनस्थित इसा एयरबेसमा रहेको अमेरिकी राडार प्रणालीलाई निशाना बनाएर गरेको हवाई आक्रमण विफल पारेको बहराइनले दाबी गरेको छ । बहराइनको ...

#इरान #बहराइन #आक्रमण
Compare →
Onlinekhabar
5h ago
अमेरिकामा आक्रमण हुनसक्ने गुप्तचरी सूचनापछि इरानलाई ट्रम्पको चेतावनी

अमेरिकामा आक्रमण हुनसक्ने गुप्तचरी सूचनापछि इरानलाई ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाभित्र कुनै पनि प्रकारको आक्रमण नगर्न इरानलाई चेतावनी दिएका छन् । वासिङ्टन डीसी इरानको सम्भावित निशाना हो कि होइन भन्ने पत्रकारको प्रश्नमा उनले यस्तो चेतावनी दिएका हुन् । फिलिपिन्सको राजधानी मनिलामा जारी …

#इरान #आक्रमण #अमेरिकी
Compare →
Ekantipur
15h ago
अमेरिकामा बम आक्रमणको योजना बनाउँदै इरान, ट्रम्प प्रशासनका अधिकारीहरू निशानामा : गुप्तचर प्रतिवेदन

अमेरिकामा बम आक्रमणको योजना बनाउँदै इरान, ट्रम्प प्रशासनका अधिकारीहरू निशानामा : गुप्तचर प्रतिवेदन

अमेरिकी गुप्तचर निकायले इरानले पहिले नै अमेरिकाभित्रै बम बनाउने सामग्री लुकाएर राखेको हुन सक्ने वा सजिलै भित्र्याउन सक्ने आशंका गरेको छ

#इरान #आक्रमण #अमेरिकी
Compare →
Bizshala
2d ago
ट्रम्पको दाबीलाई अमेरिकी गुप्तचर रिपोर्टकै चुनौती : इरानसँग अझै २५०० मिसाइल, फेरि युद्ध भड्किए अमेरिका र इजरायललाई भारी पर्न सक्ने

ट्रम्पको दाबीलाई अमेरिकी गुप्तचर रिपोर्टकै चुनौती : इरानसँग अझै २५०० मिसाइल, फेरि युद्ध भड्किए अमेरिका र इजरायललाई भारी पर्न सक्ने

काठमाण्डौ । अमेरिका र इजरायलको लगातारको सैन्य आक्रमणपछि इरानको सैन्य शक्ति लगभग ध्वस्त भएको दाबी गरिरहेका अमेरिकी...

#इरान #अमेरिकी
Compare →
Arthasansar
2d ago
इरानविरुद्ध एकजुट हुन नेतान्याहुको प्रस्ताव

इरानविरुद्ध एकजुट हुन नेतान्याहुको प्रस्ताव

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानको आणविक कार्यक्रमबाट उत्पन्न हुन सक्ने खतराको सामना गर्न राष्ट्रिय एकता सरकार गठन गर्न पुनः आह्वान...

#इरान
Compare →

Related Stories

Technology
Build #2612