Trending
Prev Story
Next Story

कुवेतमा ड्रोन आक्रमणको चेतावनी, हवाई रक्षा प्रणाली सक्रिय

Ekantipur •
November 18, 2026 • 04:02 AM
2
2 reads 0 reactions

कुवेतको सेनाले सामाजिक सञ्जाल एक्समार्फत विज्ञप्ति जारी गर्दै हवाई रक्षा प्रणालीले अहिले ड्रोन आक्रमणको सामना गरिरहेको बताएको हो।

कुवेतमा ड्रोन आक्रमणको चेतावनी, हवाई रक्षा प्रणाली सक्रिय

कुवेतको सेनाले सामाजिक सञ्जाल एक्समार्फत विज्ञप्ति जारी गर्दै हवाई रक्षा प्रणालीले अहिले ड्रोन आक्रमणको सामना गरिरहेको बताएको हो।

काठमाडौँ — कुवेती सेनाले देशको हवाई रक्षा प्रणालीले शत्रुतापूर्ण ड्रोन आक्रमणको प्रतिकार गरिरहेको जनाएको छ।

कुवेतको सेनाले सामाजिक सञ्जाल एक्समार्फत विज्ञप्ति जारी गर्दै हवाई रक्षा प्रणालीले अहिले ड्रोन आक्रमणको सामना गरिरहेको बताएको हो।

कुवेती सेनाको जनरल स्टाफका अनुसार सुनिएका विस्फोटका आवाज हवाई रक्षा प्रणालीले आक्रमण रोक्ने क्रममा भएका हुन्।

बीबीसी फारसी का अनुसार इरानी सञ्चारमाध्यमले ‘अरब स्रोत’लाई उद्धृत गर्दै कुवेतमा विभिन्न स्थानमा विस्फोट भएको खबर दिएका छन्।

यसअघि पछिल्ला केही दिनमा इरानले बहराइनस्थित अमेरिकी राडार केन्द्रमा आक्रमण गरेको घोषणा गरेको थियो। खाडी क्षेत्रका केशम र सिरिकलगायत तटीय क्षेत्रमा अमेरिकाले गरेको हवाई आक्रमणको जवाफमा ती आक्रमण गरिएको इरानको भनाइ थियो।

इरानले आफ्नो भूमिमा आक्रमण भए क्षेत्रीय मुलुकहरूमा रहेका र त्यसभन्दा बाहिरका अमेरिकी सैन्य अखडालाई समेत निशाना बनाउन सक्ने चेतावनी दिँदै आएको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
49m ago
कुवेतमा ड्रोन आक्रमण, अमेरिकाले गर्‍यो इरानको क्षेप्यास्त्र केन्द्रमा हमला

कुवेतमा ड्रोन आक्रमण, अमेरिकाले गर्‍यो इरानको क्षेप्यास्त्र केन्द्रमा हमला

कुवेतको हवाई रक्षा प्रणालीले ड्रोन आक्रमण रोक्ने प्रयास गरिरहेको जनाएको छ। अमेरिका र इरानबिच आक्रमण-प्रत्याक्रमण जारी रहेका बेला खाडी क्षेत्रमा तनाव थप बढेको हो। कुवेती सेनाले मंगलबार सामाजिक सञ्...

#आक्रमण #हवाई #कुवेत
Compare →
Nagarik News
3d ago
म्यानमामा विस्थापितको शिविरमा हवाई आक्रमण, १२ जनाको मृत्यु

म्यानमामा विस्थापितको शिविरमा हवाई आक्रमण, १२ जनाको मृत्यु

म्यानमाको पश्चिमी राज्य राखाइनमा गृहयुद्धका कारण विस्थापित मानिसहरू बस्दै आएको एक शिविरमा सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको छ। शनिबार प्रत्यक्षदर्शी र उद्धारकर्मीले घटनाबारे जानकारी दिएका हुन्।

#आक्रमण #हवाई
Compare →
Onlinekhabar
1d ago
सुडानमा ड्रोन आक्रमण, चार बालबालिकासहित १५ जनाको मृत्यु

सुडानमा ड्रोन आक्रमण, चार बालबालिकासहित १५ जनाको मृत्यु

३० कात्तिक, खार्तुम (रासस/एएफपी) । सुडानको पश्चिम कोर्डोफान राज्यस्थित एक गाउँमा सेनाले गरेको ड्रोन आक्रमणमा फुटबल खेलिरहेका चार बालबालिकासहित १५ जनाको मृत्यु भएको छ । आइतबार अबु कल्ब गाउँमा भएको आक्रमणमा अन्य केही घाइते भएका …

#आक्रमण #ड्रोन
Compare →
Bizshala
2h ago
ट्याङ्करमाथि आक्रमण र अमेरिकी भण्डार घट्ने अनुमानले बढ्यो तेलको मूल्य

ट्याङ्करमाथि आक्रमण र अमेरिकी भण्डार घट्ने अनुमानले बढ्यो तेलको मूल्य

काठमाडौँ । मध्यपूर्वमा तेल ट्याङ्करमाथि आक्रमण जारी रहनु र अमेरिकी कच्चा तेलको भण्डार घट्ने अपेक्षाले मंगलबार...

#आक्रमण
Compare →

Related Stories

World News
Build #2612