Trending
Prev Story
Next Story

कुवेतमा ड्रोन आक्रमण, अमेरिकाले गर्‍यो इरानको क्षेप्यास्त्र केन्द्रमा हमला

Nagarik News •
November 18, 2026 • 03:15 AM
2
2 reads 0 reactions

यसैबिच, बहराइनले इरानमाथि 'आपराधिक आक्रमण' गरेको आरोप लगाउँदै नागरिकलाई शान्त रहन र सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ।

कुवेतमा ड्रोन आक्रमण, अमेरिकाले गर्‍यो इरानको क्षेप्यास्त्र केन्द्रमा हमला

कुवेतको हवाई रक्षा प्रणालीले ड्रोन आक्रमण रोक्ने प्रयास गरिरहेको जनाएको छ।

अमेरिका र इरानबिच आक्रमण-प्रत्याक्रमण जारी रहेका बेला खाडी क्षेत्रमा तनाव थप बढेको हो।

कुवेती सेनाले मंगलबार सामाजिक सञ्जाल एक्समार्फत विज्ञप्ति जारी गर्दै देशमा सुनिएका विस्फोटका आवाज ड्रोन आक्रमण रोक्ने क्रममा हवाई रक्षा प्रणालीबाट उत्पन्न भएको बताएको थियो। तर ड्रोन कहाँबाट आएका हुन् र आक्रमणबाट कति क्षति भयो भन्नेबारे खुलाएको छैन।

यसैबिच, बहराइनले इरानमाथि 'आपराधिक आक्रमण' गरेको आरोप लगाउँदै नागरिकलाई शान्त रहन र सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ।

अमेरिकाले इरानको दक्षिणी क्षेत्रस्थित केश्म टापुमा रहेको क्षेप्यास्त्र केन्द्रलाई लक्षित गरी आक्रमण गरेको छ। एक अमेरिकी अधिकारीले अल जजीरा लाई बताएअनुसार बहराइनस्थित अमेरिकी सैन्य अखडामा इरानले गरेको ड्रोन आक्रमणको जवाफमा अमेरिकाले उक्त हमला गरेको हो।

इरानको होर्मोज्गान प्रान्तका उपगभर्नर अहमद नाफिसीले केश्म टापुमा भएको अमेरिकी आक्रमणबाट घर, व्यापारिक क्षेत्र र अन्य संरचनामा कुनै क्षति नपुगेको बताए। उनले अवस्था नियन्त्रणमा रहेको र उद्धार तथा राहत टोलीलाई सतर्क अवस्थामा राखिएको जानकारी दिए।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) ले बहराइनको शेख इसा हवाई अड्डामा रहेको अमेरिकी राडार प्रणालीलाई लक्षित गरी ड्रोन आक्रमण गरेको जनाएको थियो। अमेरिकी केन्द्रीय कमान्डले भने आक्रमणमा संलग्न ड्रोनलाई अमेरिकी उपकरण वा सैनिकलाई क्षति नपुग्ने गरी रोकेको बताएको छ।

अमेरिकी नौसेनाको पाँचौँ बेडा रहेको बहराइनमा केही दिनयता लगातार ड्रोन आक्रमण भइरहेका छन्। बहराइनको अदालतले इरानसँग साँठगाँठ गरेको आरोपमा ६४ जनालाई आजीवन कारावासको सजाय सुनाएपछि दुई देशबिचको तनाव थप बढेको छ।

यसैबिच, होर्मुज जलमार्गमा तेल ट्यांकरमाथि आक्रमणका घटना पनि बढेका छन्। इरानको सशस्त्र सेनाले मंगलबार जलमार्ग पार गर्ने क्रममा तीन वटा तेल ट्यांकर समुद्रमा बिछ्याइएको बारुदी सुरुङमा ठोक्किएको दाबी गरेको छ। अमेरिकाले भने जलमार्गका मुख्य मार्गबाट बारुदी सुरुङ हटाइसकेको दाबी गर्दै आएको छ।

सुरक्षा कम्पनी भ्यानगार्डका अनुसार ओमानको खासाब नजिकै पनामाको झण्डा बोकेको 'तारा ग्यास' नामक ट्यांकरमा आक्रमण हुँदा आगलागी भएको थियो। त्यसपछि जहाजमा रहेका चालक दलका सदस्यले जहाज छाडेका थिए। घटनामा एक भारतीय नाविक बेपत्ता छन्।

ओमानको समुद्री सुरक्षा केन्द्रले होर्मुज जलमार्ग नजिकै अर्को ट्यांकरमा आगलागी भएपछि त्यसमा रहेका २४ जना चालक दलका सदस्यलाई उद्धार गरेको जनाएको छ।

यता, इरानका विदेशमन्त्री अब्बास अराघची र ओमानका विदेशमन्त्री बद्र अल्बुसैदीबिच मस्कटमा भेटवार्ता भएको छ। उनीहरूले समुद्री मार्गको सुरक्षा र कूटनीतिक समाधानका उपायबारे छलफल गरेका छन्।

यसैबिच, अमेरिकी नौसेनाको तेस्रो विमानवाहक युद्धपोत 'यूएसएस थियोडोर रुजवेल्ट' मध्यपूर्व पुगेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग गर्ने शिखर बैठकमा पनि इरान युद्ध छलफलको विषय बन्ने बताइएको छ।

क्षेत्रीय तनावकै बिच यमनका हुथी विद्रोहीले साउदी अरेबियाको तेल पाइपलाइनमा रहेका पम्पिङ केन्द्रलाई लक्षित गरी ड्रोन आक्रमण गरेको दाबी गरेका छन्।

साउदी अधिकारीहरूले भने रियाद नजिकै एउटा ड्रोन रोकेको बताएका छन्।

प्रकाशित: २ मंसिर २०८३ ०९:०० बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
49m ago
कुवेतमा ड्रोन आक्रमण, अमेरिकाले गर्‍यो इरानको क्षेप्यास्त्र केन्द्रमा हमला

कुवेतमा ड्रोन आक्रमण, अमेरिकाले गर्‍यो इरानको क्षेप्यास्त्र केन्द्रमा हमला

कुवेतको हवाई रक्षा प्रणालीले ड्रोन आक्रमण रोक्ने प्रयास गरिरहेको जनाएको छ। अमेरिका र इरानबिच आक्रमण-प्रत्याक्रमण जारी रहेका बेला खाडी क्षेत्रमा तनाव थप बढेको हो। कुवेती सेनाले मंगलबार सामाजिक सञ्...

#आक्रमण #ड्रोन #अमेरिका
Compare →
Onlinekhabar
16h ago
अमेरिकामा आक्रमण हुनसक्ने गुप्तचरी सूचनापछि इरानलाई ट्रम्पको चेतावनी

अमेरिकामा आक्रमण हुनसक्ने गुप्तचरी सूचनापछि इरानलाई ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाभित्र कुनै पनि प्रकारको आक्रमण नगर्न इरानलाई चेतावनी दिएका छन् । वासिङ्टन डीसी इरानको सम्भावित निशाना हो कि होइन भन्ने पत्रकारको प्रश्नमा उनले यस्तो चेतावनी दिएका हुन् । फिलिपिन्सको राजधानी मनिलामा जारी …

#आक्रमण #अमेरिका #इरान
Compare →
Ekantipur
13m ago
कुवेतमा ड्रोन आक्रमणको चेतावनी, हवाई रक्षा प्रणाली सक्रिय

कुवेतमा ड्रोन आक्रमणको चेतावनी, हवाई रक्षा प्रणाली सक्रिय

कुवेतको सेनाले सामाजिक सञ्जाल एक्समार्फत विज्ञप्ति जारी गर्दै हवाई रक्षा प्रणालीले अहिले ड्रोन आक्रमणको सामना गरिरहेको बताएको हो।

#आक्रमण #कुवेत #ड्रोन
Compare →
Bizshala
2h ago
ट्याङ्करमाथि आक्रमण र अमेरिकी भण्डार घट्ने अनुमानले बढ्यो तेलको मूल्य

ट्याङ्करमाथि आक्रमण र अमेरिकी भण्डार घट्ने अनुमानले बढ्यो तेलको मूल्य

काठमाडौँ । मध्यपूर्वमा तेल ट्याङ्करमाथि आक्रमण जारी रहनु र अमेरिकी कच्चा तेलको भण्डार घट्ने अपेक्षाले मंगलबार...

#आक्रमण
Compare →

Related Stories

World News
Build #2612