Trending
Prev Story
Next Story

म्यानमामा विस्थापितको शिविरमा हवाई आक्रमण, १२ जनाको मृत्यु

Nagarik News •
November 14, 2026 • 03:47 PM
2
2 reads 0 reactions

म्यानमाको पश्चिमी राज्य राखाइनमा गृहयुद्धका कारण विस्थापित मानिसहरू बस्दै आएको एक शिविरमा सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको छ। शनिबार प्रत्यक्षदर्शी र उद्धारकर्मीले घटनाबारे जानकारी दिएका हुन्।

म्यानमामा विस्थापितको शिविरमा हवाई आक्रमण, १२ जनाको मृत्यु

म्यानमाको पश्चिमी राज्य राखाइनमा गृहयुद्धका कारण विस्थापित मानिसहरू बस्दै आएको एक शिविरमा सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको छ। शनिबार प्रत्यक्षदर्शी र उद्धारकर्मीले घटनाबारे जानकारी दिएका हुन्।

राज्यको राजधानी सितवेबाट उत्तरपूर्वमा पर्ने पोन्नाग्युन टाउनसिपस्थित ‘ब्यार ला’ विस्थापित शिविरमा शुक्रबार साँझ हवाई आक्रमण भएको थियो।

आक्रमणमा आफ्नी छोरी, काकी र आमाको मृत्यु भएको २७ वर्षीया पसल सञ्चालक चित सु वाईले बताइन्। उनले घटनास्थलमा आफ्ना आफन्तसहितका मानिसका शव छरपस्ट अवस्थामा देखेको बताइन्।

“मैले त्यहाँ उनीहरूका शव छरपस्ट अवस्थामा देखेँ। यो पीडा बयान गर्न मसँग शब्द छैनन्,” उनले भनिन्।

उनका अनुसार आक्रमण हुनुअघि शिविरमा लडाकु विमान आएको कुनै जानकारी थिएन। “हामीले लडाकु विमान आएको चालै पाएनौँ। त्यो अचानक आयो र बम खसाल्यो,” उनले भनिन्।

उद्धार तथा आपत्कालीन सेवा संस्था ‘फ्युसिन यिन ख्विन फाउन्डेसन’का अध्यक्ष खाइन हेन हतेतले आक्रमणमा १२ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। मृतकमध्ये पाँच वर्षीय बालकसमेत रहेको र अन्य १८ जना घाइते भएको उनले बताए।

उक्त शिविरमा गृहयुद्धका कारण विस्थापित भएका मानिसहरू विगत चार वर्षदेखि बस्दै आएका थिए। हतेतका अनुसार शिविरमा बस्नेहरूले आफूहरू सुरक्षित रहेको ठानेका थिए।

“उनीहरूले शिविर सुरक्षित छ भन्ने ठानेका थिए। हामी घटनास्थल पुग्दा अधिकांश पीडितको एउटै स्थानमा मृत्यु भइसकेको थियो,” उनले भने।

म्यानमामा सन् २०२१ मा सेनाले सत्ता कब्जा गरेपछि गृहयुद्ध चर्किएको हो। प्रजातन्त्र समर्थक समूह र जातीय अल्पसङ्ख्यक सशस्त्र समूहहरू सेनाविरुद्ध सङ्घर्षरत छन्।

पश्चिमी तटीय राज्य राखाइन युद्धबाट सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये एक मानिन्छ। जातीय अल्पसङ्ख्यक सशस्त्र समूह आराकान आर्मीको प्रभाव रहेको क्षेत्रमा सेनाले नाकाबन्दी लगाउनुका साथै निरन्तर हवाई आक्रमण गर्दै आएको छ। पछिल्लो घटनाबारे प्रतिक्रिया लिन सेनासँग सम्पर्क हुन सकेको छैन।

शनिबार घटनास्थलमा बाँसका घरहरू भत्किएका अवस्थामा देखिएका थिए भने घरायसी सामान र कपडाहरू चारैतिर छरपस्ट थिए। स्थानीयले मृतकका शवलाई प्लास्टिकमा बेरेर अस्थायी चिहानमा गाडेका थिए।

४५ वर्षीय टुकटुक चालक आउङ क्याव मिनले आक्रमणमा आफ्नी बहिनी र भाइ गुमाएको बताएका छन्। भोलिपल्ट आमाको पनि मृत्यु भएको थाहा पाएका उनले १० वर्षीय बच्चासहित अन्य केही आफन्त अझै बेपत्ता रहेको बताएका छन्।

द्वन्द्व अनुगमन गर्ने संस्था ‘एक्लेड’का अनुसार म्यानमामा गृहयुद्ध सुरु भएयता द्वन्द्वरत विभिन्न पक्षका गरी एक लाखभन्दा बढी मानिसको ज्यान गइसकेको छ।

प्रकाशित: २८ कार्तिक २०८३ २१:३२ शनिबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1h ago
म्यानमामा विस्थापितको शिविरमा हवाई आक्रमण, १२ जनाको मृत्यु

म्यानमामा विस्थापितको शिविरमा हवाई आक्रमण, १२ जनाको मृत्यु

म्यानमाको पश्चिमी राज्य राखाइनमा गृहयुद्धका कारण विस्थापित मानिसहरू बस्दै आएको एक शिविरमा सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको छ। शनिबार प्रत्यक्षदर्शी र उद्धारकर्मीले घटनाबारे ज...

#आक्रमण #विस्थापित #शिविर
Compare →
Ekantipur
6h ago
बर्दियामा सवारी दुर्घटनामा दुई जनाको मृत्यु

बर्दियामा सवारी दुर्घटनामा दुई जनाको मृत्यु

लालपुरमा शनिबार दिउँसो भएको दुर्घटनामा यात्रुवाहक गाडीको ठक्करबाट भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।

#मृत्यु #जनाको
Compare →
Onlinekhabar
8h ago
अछाममा भिरबाट लडेर एक जनाको मृत्यु

अछाममा भिरबाट लडेर एक जनाको मृत्यु

२८ कात्तिक, अछाम । अछाममा भिरबाट लडेर एक जना पुरुषको मृत्यु भएको छ । जिल्लाको ढकारी गाउँपालिका–१ स्थित बासल्ला निवासी ३२ वर्षीय बिर्खे बुढाको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीय सालटोक्टा बजारबाट …

#मृत्यु #जनाको
Compare →
Arthasansar
13h ago
अमेरिकाको हवाई सेवा अस्तव्यस्त, देशभरका २२ ट्राफिक कन्ट्रोल सेन्टरमा सञ्चार समस्या

अमेरिकाको हवाई सेवा अस्तव्यस्त, देशभरका २२ ट्राफिक कन्ट्रोल सेन्टरमा सञ्चार समस्या

अमेरिकाभरका विमानस्थलबाट हुने उडान चार घण्टाभन्दा बढी समय रोकिएपछि पुनः सञ्चालनमा आएका छन्। हवाई ट्राफिक नियन्त्रण केन्द्रहरूमा देखिएको सञ्चार प्रणालीको...

#हवाई
Compare →

Related Stories

World News
Build #2612