Trending
Prev Story
Next Story

सुडानमा ड्रोन आक्रमण, चार बालबालिकासहित १५ जनाको मृत्यु

Onlinekhabar •
November 16, 2026 • 09:01 AM
4
4 reads 0 reactions

३० कात्तिक, खार्तुम (रासस/एएफपी) । सुडानको पश्चिम कोर्डोफान राज्यस्थित एक गाउँमा सेनाले गरेको ड्रोन आक्रमणमा फुटबल खेलिरहेका चार बालबालिकासहित १५ जनाको मृत्यु भएको छ । आइतबार अबु कल्ब गाउँमा भएको आक्रमणमा अन्य केही घाइते भएका …

सुडानमा ड्रोन आक्रमण, चार बालबालिकासहित १५ जनाको मृत्यु

३० कात्तिक, खार्तुम (रासस/एएफपी) । सुडानको पश्चिम कोर्डोफान राज्यस्थित एक गाउँमा सेनाले गरेको ड्रोन आक्रमणमा फुटबल खेलिरहेका चार बालबालिकासहित १५ जनाको मृत्यु भएको छ । आइतबार अबु कल्ब गाउँमा भएको आक्रमणमा अन्य केही घाइते भएका छन् भने कैयौँ घरमा आगलागी भएको स्थानीय अधिकार अनुगमन संस्थाले जनाएको छ ।

स्थानीय अधिकार अनुगमन संस्था कोर्डोफान अब्जर्भेटरीका अनुसार सेनाले एउटै क्षेत्रमा दुईपटक ड्रोन प्रहार गरेको थियो । पहिलो प्रहार गाउँको सार्वजनिक चोकमा भएको थियो, जहाँ बालबालिका फुटबल खेलिरहेका थिए । दोस्रो प्रहार स्थानीयका घरमा हुँदा धेरै घरमा आगलागी भएको थियो ।

आफ्नो सुरक्षा जोखिमका कारण नाम सार्वजनिक नगर्न आग्रह गरेका एक जीवित व्यक्तिले सञ्चार अवरोध छल्न स्याटेलाइट इन्टरनेट प्रयोग गरी घटनाबारे जानकारी दिएका छन् । उनका अनुसार आक्रमणमा १५ जनाले ज्यान गुमाएका छन् । मारिएकामध्ये नौ जना उनका आफन्त थिए । उनले युद्धमा यसअघि नै बुबा गुमाएका दुई बालबालिकासमेत आक्रमणमा मारिएको बताएका छन् ।

सुडानी सेनाले सन् २०२३ को अप्रिलदेखि जारी युद्धमा अर्धसैनिक द्रुत समर्थन बल (आरएसएफ) को नियन्त्रणमा रहेका क्षेत्र पुनः कब्जा गर्ने प्रयासस्वरूप पश्चिम कोर्डोफान राज्यमा प्रत्याक्रमण गरिरहेको छ । सोही क्रममा गाउँमा आक्रमण भएको हो ।

सहायता क्षेत्रमा कार्यरत अधिकारीहरूको अनुमानअनुसार सुडानको युद्धमा अहिलेसम्म दुई लाखभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । युद्धले विश्वकै ठूलो भोकमरी र विस्थापन सङ्कटसमेत निम्त्याएको छ ।

संयुक्त राष्ट्रसङ्घले युद्धरत दुवै पक्षले व्यापक रूपमा ड्रोन प्रयोग गरिरहेको भन्दै बारम्बार चिन्ता व्यक्त गर्दै आएको छ । सन् २०२६ को पहिलो छ महिनामा मात्रै ड्रोन आक्रमणमा एक हजार १०० भन्दा बढी मानिसको मृत्यु भएको राष्ट्रसङ्घले जनाएको छ । यस वर्ष भएका बालबालिकासम्बन्धी सयौँ हताहतीमध्ये करिब दुई तिहाइको मृत्यु वा घाइते हुनुमा ड्रोन आक्रमण जिम्मेवार रहेको राष्ट्रसङ्घले यसै साता बताएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
1h ago
सुडानमा ड्रोन आक्रमण, चार बालबालिकासहित १५ जनाको मृत्यु

सुडानमा ड्रोन आक्रमण, चार बालबालिकासहित १५ जनाको मृत्यु

काठमाडाैँ । सुडानको पश्चिम कोर्डोफान राज्यस्थित एक गाउँमा सेनाले गरेको ड्रोन आक्रमणमा फुटबल खेलिरहेका चार बालबालिकासहित १५ जनाको मृत्यु भएको छ। आइतबार अबु कल्ब गाउँमा भएको आक्रमणमा अन्य केही घाइते ...

#आक्रमण #गाउँ #ड्रोन
Compare →
Nagarik News
1d ago
म्यानमामा विस्थापितको शिविरमा हवाई आक्रमण, १२ जनाको मृत्यु

म्यानमामा विस्थापितको शिविरमा हवाई आक्रमण, १२ जनाको मृत्यु

म्यानमाको पश्चिमी राज्य राखाइनमा गृहयुद्धका कारण विस्थापित मानिसहरू बस्दै आएको एक शिविरमा सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको छ। शनिबार प्रत्यक्षदर्शी र उद्धारकर्मीले घटनाबारे जानकारी दिएका हुन्।

#आक्रमण #जनाको #मृत्यु
Compare →
Ekantipur
2h ago
सुडान र इथियोपियाबीच तनाव चुलिदैं, नयाँ क्षेत्रीय युद्ध सुरु हुने जोखिम

सुडान र इथियोपियाबीच तनाव चुलिदैं, नयाँ क्षेत्रीय युद्ध सुरु हुने जोखिम

'सुडान–इथियोपियाबीचको यो तनावलाई धेरैले सामान्य रुपमै लिएका हुनसक्छन् । तर, यसलाई बेवास्ता गर्दा यो अझै चुलिन सक्छ । जसले ठूलो मात्रामा मानिसहरूको विस्थापन निम्त्याउन सक्छ ।'

#सुडान
Compare →
Arthasansar
1h ago
बझाङमा अटो दुर्घटना, तीन जनाको मृत्यु, एक बेपत्ता

बझाङमा अटो दुर्घटना, तीन जनाको मृत्यु, एक बेपत्ता

बझाङमा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । बुंगल नगरपालिका–१० को टुमेडामा बिहान...

#जनाको #मृत्यु
Compare →
Bizshala
22h ago
इरानमा बस दुर्घटना : कम्तीमा १० जनाको मृत्यु, १८ घाइते

इरानमा बस दुर्घटना : कम्तीमा १० जनाको मृत्यु, १८ घाइते

काठमाण्डौ । इरानको पश्चिमी प्रान्त इलाममा यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ भने १८ जना...

#जनाको #मृत्यु
Compare →

Related Stories

Technology
Build #2612