Trending
Prev Story
Next Story

मिर्चैयामा एकजनाको मृत्यु र अर्का घाइते भएको दुर्घटनामा संलग्न टिपर फेला, चालक पक्राउ

Ekantipur •
November 18, 2026 • 10:02 AM
2
2 reads 0 reactions

राजमार्गका विभिन्न स्थानका सीसीटीभी फुटेज विश्लेषणपछि प्रहरीले टिपर र चालकलाई नियन्त्रणमा लिएको हो।

मिर्चैयामा एकजनाको मृत्यु र अर्का घाइते भएको दुर्घटनामा संलग्न टिपर फेला, चालक पक्राउ

राजमार्गका विभिन्न स्थानका सीसीटीभी फुटेज विश्लेषणपछि प्रहरीले टिपर र चालकलाई नियन्त्रणमा लिएको हो।

सिरहा — सिरहामा दुई जना मानिस सवार मोटरसाइकललाई ठक्कर दिएर भागेको भएको टिपर प्रहरीले फेला पारेको छ । मिर्चैया नगरपालिका-७ स्थित छघरेमा दुई साताअघि भएको दुर्घटनामा संलग्न टिपर प्रहरीले फेला पारेको हो ।

गत कात्तिक २० गते राति करिब ११ बजे मधेश प्रदेश २-०१-००२ प २६५३ नम्बरको मोटरसाइकललाई टिपर ठक्कर दिएर भागेको थियो । दुर्घटनामा गम्भीर घाइते मोटरसाइकल चालक मिर्चैया नगरपालिका–७ का १७ वर्षीय सुरजकुमार साहको उपचारका क्रममा मृत्यु भएको थियो ।

यस्तै, मोटरसाइकलमा पछाडि सवार रहेका वर्ष २१ का प्रभाकर मण्डल पनि गम्भीर घाइते छन् । उनको काठमाडौंमा अझै उपचार भइरहेको छ । घटनापछि प्रहरीले थालेको अनुसन्धानबाट ना ८ ख ५९५४ नम्बरको टिपरले उक्त मोटरसाइकललाई ठक्कर दिएको खुलेको हो ।

इलाका प्रहरी कार्यालय, मिर्चैयाका प्रहरी निरीक्षक जीवकान्त चौधरी नेतृत्वको अनुसन्धान टोलीले राजमार्ग खण्डको विभिन्न स्थानमा रहेका सीसीटीभीको फुटेज तथा अन्य तथ्यहरूको विश्लेषण गरी टिपर फेला पारेको सिरहाका प्रहरी प्रवक्ता डीएसपी रमेशबहादुर पालले जनाए ।

प्रहरीले टिपर र त्यसका चालकलाई नियन्त्रणमा लिइसकेको छ । सिरहा जिल्ला अदालतले टिपर चालक सिन्धुलीको फिक्कल गाउँपालिका-७ का २६ वर्षीय सोमबहादुर दमाईमाथि थप अनुसन्धान गर्न प्रहरीलाई पहिलोपटक सात दिनको म्याद दिएको छ ।

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
21h ago
घोप्टेभिरमा ढुंगा लागेर मोटरसाइकल चालकको मृत्यु

घोप्टेभिरमा ढुंगा लागेर मोटरसाइकल चालकको मृत्यु

१ मंसिर, चितवन । पृथ्वी राजमार्गको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुंगा खसेर मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा  ललितपुर महानगरपालिका–२० का ६१ वर्षीय गङ्गाराम महर्जन रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक(डीएसपी) चन्द्रभूषण …

#चालक #मोटरसाइकल #मृत्यु
Compare →
Hamro Patro News
2d ago
दुम्कीवासमा हाइलेक्स दुर्घटना हुँदा एक महिलाको मृत्यु, तीन घाइते

दुम्कीवासमा हाइलेक्स दुर्घटना हुँदा एक महिलाको मृत्यु, तीन घाइते

दुम्कीवासमा हाइलेक्स दुर्घटना हुँदा एक महिलाको मृत्यु, तीन घाइते काठमाडौंबाट बुटवलतर्फ जाँदै गरेको हाइलेक्स गाडी साँझ साढे ७ बजे दुम्कीवास नजिकै अनियन्त्रित भएर पल्टिँदा उनीहरू दुर्घटनामा परेका हु...

#दुर्घटना #मृत्यु #घाइते
Compare →
Nagarik News
19h ago
घोप्टेभीरमा गुड्दै गरेको मोटरसाइकलमाथि ढुङ्गा खस्दा ६१ वर्षीय चालकको मृ’त्यु

घोप्टेभीरमा गुड्दै गरेको मोटरसाइकलमाथि ढुङ्गा खस्दा ६१ वर्षीय चालकको मृ’त्यु

चितवनको इच्छाकामना गाउँपालिका-४ घोप्टेभीरस्थित पृथ्वी लोकमार्गमा सडकमाथिबाट खसेको ढुङ्गाले लागेर एक मोटरसाइकल चालकको मृत्यु भएको छ।

#चालक #मोटरसाइकल
Compare →
Arthasansar
2d ago
बझाङमा अटो दुर्घटना, तीन जनाको मृत्यु, एक बेपत्ता

बझाङमा अटो दुर्घटना, तीन जनाको मृत्यु, एक बेपत्ता

बझाङमा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । बुंगल नगरपालिका–१० को टुमेडामा बिहान...

#दुर्घटना #मृत्यु
Compare →
Bizshala
1d ago
काठमाण्डौमा ट्राफिक नियम उल्लङ्घनको डरलाग्दो अवस्था, २९ दिनमै झन्डै १३ हजार चालक कारबाहीमा, मापसे गर्ने मात्रै २८ सय बढी

काठमाण्डौमा ट्राफिक नियम उल्लङ्घनको डरलाग्दो अवस्था, २९ दिनमै झन्डै १३ हजार चालक कारबाहीमा, मापसे गर्ने मात्रै २८ सय बढी

काठमाण्डौ । काठमाण्डौ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने चालकको संख्या उच्च देखिएको छ। कात्तिक महिनाको पहिलो २९...

#चालक
Compare →

Related Stories

Technology
Build #2612