Trending
Prev Story
Next Story

निर्वाचनबारे छलफल गर्न आयोगले बोलायो ६ दलका प्रमुखलाई

Ekantipur •
November 18, 2026 • 10:02 AM
2
2 reads 0 reactions

निर्वाचन आयोगले रास्वपा, कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राप्रपाका प्रमुखलाई बैठकमा बोलाएको छ ।

निर्वाचनबारे छलफल गर्न आयोगले बोलायो ६ दलका प्रमुखलाई

निर्वाचन आयोगले रास्वपा, कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राप्रपाका प्रमुखलाई बैठकमा बोलाएको छ ।

काठमाडौँ — निर्वाचन आयोगले आसन्न स्थानीय तह र प्रदेशसभा निर्वाचनका सन्दर्भमा राजनीतिक दलहरूसँग छलफल गर्न आगामी शुक्रबार बैठक बोलाएको छ । आयोगले राष्ट्रिय मान्यता प्राप्त ६ दलका प्रमुखलाई छलफलका लागि बोलाएको हो । आयोगले रास्वपा, कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राप्रपाका प्रमुखलाई बैठकमा बोलाएको छ ।

स्थानीय तह र प्रदेशसभा निर्वाचन एकैपटक गर्ने वा अलग–अलग गर्ने भन्ने विषयमा चासो बढिरहेका बेला आयोगले दलहरूसँगको छलफलमा ती विषयमा समेत सुझाव लिने गरी बैठक बोलाएको हो ।

निर्वाचन आयोगका सचिव कृष्णप्रसाद काप्रीका अनुसार दलहरूसँग परिचयात्मक छलफल गर्न बैठक बोलाइएको हो । ‘निर्वाचन घोषणा गर्ने विषय सरकारको हो । कतिपय दलमा नेतृत्वसमेत परिवर्तन भएको अवस्थामा आयोगले राष्ट्रिय मान्यता प्राप्त दलका प्रमुखहरूसँग परिचयात्मक रूपमा छलफल गर्न बोलाएको हो,’ उनले भने । आयोगले निर्वाचनसम्बन्धी एकीकृत कानुनको मस्यौदासमेत तयार पारेर गृह मन्त्रालयमा पठाइसकेको छ ।

उक्त मस्यौदामा विदेशमा रहेका गैरआवासीय नेपालीलाई मतदानको अधिकार दिने व्यवस्थालगायतका विषय समेटिएका छन् । शुक्रबारको छलफलमा निर्वाचनको तयारीसँगै एकीकृत निर्वाचन कानुन र विदेशमा रहेका नेपालीको मताधिकारका विषयमा समेत कुराकानी हुन सक्ने आयोग स्रोतले जनाएको छ ।

स्थानीय तह र प्रदेशसभा निर्वाचन एकैपटक गर्ने वा अलग–अलग समयमा गर्ने भन्ने विषयमा राजनीतिक वृत्तमा बहस भइरहेका बेला आयोगले दलहरूसँग छलफल गर्न लागेको हो । स्थानीय तह र प्रदेशसभाको निर्वाचनको कार्यकाल, निर्वाचन व्यवस्थापनलगायतका विषयमा आयोगले दलहरूको धारणा बुझ्न सक्नेछ ।

कुलचन्द्र कान्तिपुर मिडिया ग्रुपका राजनीतिक संवाददाता हुन् । उनी राजनीतिक दल, संसदीय मामिलासँग सम्बन्धित बिषयमा रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1d ago
कांग्रेस-एमाले छाडेर आउनेमाथि रास्वपा सांसदको कटाक्ष

कांग्रेस-एमाले छाडेर आउनेमाथि रास्वपा सांसदको कटाक्ष

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद ज्वाला सङ्ग्रौलाले कांग्रेस र एमाले परित्याग गरी आफ्नो पार्टीमा प्रवेश गर्नेहरूको नियतमाथि प्रश्न उठाएकी छन् । ठेक्का–पट्टा र कमिसनको स्वार्थमा रास्वपा...

#रास्वपा #कांग्रेस #एमा
Compare →
Nagarik News
3h ago
एमालेका कार्यकर्ताले प्रश्न गर्ने मात्र होइन जवाफ पनि दिनुपर्छ: सचिव अर्याल

एमालेका कार्यकर्ताले प्रश्न गर्ने मात्र होइन जवाफ पनि दिनुपर्छ: सचिव अर्याल

नेकपा (एमाले)की सचिव पद्मा अर्यालले एमाले राजनीतिक परीक्षा दिनुपर्ने चरणमा रहेको बताएकी छिन्।

#निर्वाचन #एमा
Compare →
Onlinekhabar
23h ago
एमालेको राष्ट्रिय भेला स्थानीय निर्वाचनमा केन्द्रित हुने

एमालेको राष्ट्रिय भेला स्थानीय निर्वाचनमा केन्द्रित हुने

१ मंसिर, काठमाडौं । नेकपा एमालेले बुधबारबाट सुरु हुने राष्ट्रिय भेलालाई स्थानीय निर्वाचनको तयारीमा केन्द्रित गर्ने भएको छ । पार्टी कार्यालय च्यासलमा मंगलबार बसेको एमाले स्थायी कमिटी बैठकमा राष्ट्रिय भेलाको तयारीका बारेमा छलफल भएको उपमहासचिव लेखराज …

#निर्वाचन #एमा
Compare →

Related Stories

Politics & Governance
Build #2612