काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यमा भारी गिरावट आएको छ । २०२६ को नोभेम्बर ९ मा ४ हजार १४० डलर प्रति औंसमा कारोबार भन्द भएको सुनको भाउ अहिले ३ हजार ५६० डलरमा कारोबार हुँदैछ । ९ कोरबार दिनमा सुनको भाउ प्रतिऔंस ५८० डलरले घटेको हो । त्यस्तै, चाँदीको भाउ पनि ९ नोभेम्बरमा ५३.३९ डलर थियो । अहिले ४२ डलर आसपास कारोबार हुँदैछ ।
अमेरिकी डलर बलियो हुनु, अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर बढाउन सक्ने अपेक्षा र लगानीकर्ताले सुनचाँदीबाट पैसा झिकेर ब्याज दिने क्षेत्रमा लगानी गर्न थालेपछि बहुमूल्य धातुको मूल्य घटेको हो । रोयटर्सका अनुसार सुनको मूल्य सन् २०२५ सेप्टेम्बरयताकै न्यून विन्दुमा पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् ( aarthiknews.com )