काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। शुक्रबार सुन प्रतितोला १२ हजार २०० रुपैयाँले घट्दा चाँदीको मूल्य पनि २२५ रुपैयाँले ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला ३ हजार ११० रुपैयाँ कायम भएको छ। यसअघि बिहीबार सुन प्रतितोला २ लाख ५७ हजार ६०० रुपैयाँ र चाँदी ३ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो।
Read full story at source ( laligurash.com )