नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ । अघिल्ला दिनहरुमा पनि घटेको सुनचाँदीको मूल्य आज पनि घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको १२ हजार २०० रुपैयाँ र चाँदी २२५ रुपैयाँले सस्तो भएको हो । आज सुनको मूल्य तोलाको २ लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य तोलाको २ लाख ५७ हजार ६०० रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य २२५ रुपैयाँले घटेर तोलाको ३ हजार ११० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी तोलाको ३ हजार ३३५ रुपैयाँ रहेको थियो ।