Trending
Prev Story
Next Story

१४ महिनायताकै न्यून विन्दुमा सुनको मूल्य, प्रतिऔंस ३ हजार ६०० डलरभन्दा तल

Bizshala •
November 20, 2026 • 01:06 AM
2
2 reads 0 reactions

काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ३ हजार ६०० डलरभन्दा तल झरेको छ। यो सन् २०२५ सेप्टेम्बरयताकै...

१४ महिनायताकै न्यून विन्दुमा सुनको मूल्य, प्रतिऔंस ३ हजार ६०० डलरभन्दा तल

काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ३ हजार ६०० डलरभन्दा तल झरेको छ। यो सन् २०२५ सेप्टेम्बरयताकै न्यून मूल्य हो।

अमेरिकी डलर निरन्तर बलियो बन्दै गएपछि सुनको मूल्यमा गिरावट आएको हो। अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ)ले आगामी महिनाहरूमा थप ब्याजदर वृद्धि गर्न सक्ने अपेक्षाले डलर बलियो बनेको हो। फेडरल ओपन मार्केट कमिटी (एफओएमसी) को अक्टोबर बैठकको विवरणअनुसार, मुद्रास्फीतिलाई २ प्रतिशतको लक्ष्यमा फर्काउन आगामी महिनाहरूमा ब्याजदर थप बढाउनुपर्ने पक्षमा अधिकांश नीतिनिर्माता देखिएका छन्।

फेडका गभर्नर क्रिस्टोफर वालरले पनि मुद्रास्फीतिको दबाब प्रतिकूल दिशामा अघि बढिरहेको चेतावनी दिएका छन्। उनको भनाइले डिसेम्बरमा ब्याजदर ०.५० प्रतिशत विन्दुले बढाउन सकिने सम्भावनासमेत देखाएको छ।

सीएमई फेडवाच टुलका अनुसार, बजारले आगामी महिना ब्याजदर ०.२५ प्रतिशत विन्दुले बढ्ने सम्भावना ९० प्रतिशत र ०.५० प्रतिशत विन्दुले बढ्ने सम्भावना १० प्रतिशत आकलन गरेको छ।

ब्याजदर वृद्धि हुँदा सुनजस्ता प्रतिफल नदिने सम्पत्ति राख्नुको अवसर लागत बढ्छ। यसले लगानीकर्ताका लागि सुनको आकर्षण घटाउने भएकाले मूल्यमा थप दबाब परेको हो।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
20h ago
३ मंसिर २०८३ : सुनको भाउ घट्यो, तोलामा रु २५७,६००

३ मंसिर २०८३ : सुनको भाउ घट्यो, तोलामा रु २५७,६००

आजको छापावाल सुनको भाउ तोलामा रु २५७,६०० र असली चाँदी रु ३,३३५ रहेको छ।

#सुन #६००
Compare →
Hamro Patro News
8h ago
सुनको सिक्री चोरी आरोपमा एक जना पक्राउ

सुनको सिक्री चोरी आरोपमा एक जना पक्राउ

ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, मङ्सिर ३ गते । ताप्लेजुङमा वृद्धाको घाँटीबाट सुनको सिक्री चोरी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा फुङलिङ नगरपालिका–४ का ३० वर्षीय प्रेम दर्जी र...

#सुन
Compare →
Nagarik News
21h ago
तीन हजार तीन सयले घट्यो सुन, कतिमा हुँदैछ कारोबार ?

तीन हजार तीन सयले घट्यो सुन, कतिमा हुँदैछ कारोबार ?

नेपाली सुनचाँदी बजारमा बिहीबार पनि सुन र चाँदी दुबैको मूल्य घटेको छ।

#सुन
Compare →

Related Stories

Business & Economy
Build #2612