नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ । अघिल्लो दिन पनि घटेको सुनचाँदीको मूल्य आज पनि घटेर नै कारोबार भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६ हजार ३०० रुपैयाँ र चाँदी ११० रुपैयाँले घटेको छ । आज सुनको मूल्य तोलाको २ लाख ६० हजार ९०० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन सुनको मूल्य तोलाको २ लाख ६७ हजार २०० रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदी ११० रुपैयाँले घटेर तोलाको ३ हजार ३८० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी तोलाको ३ हजार ४९० रुपैयाँ रहेको थियो ।