पाकिस्तानी सेनाले बुधबार उक्त मिसाइलको परीक्षण प्रक्षेपण सफल भएको जनाएको हो । सेनाको सञ्चार विभाग इन्टर सर्भिसेज पब्लिक रिलेसन्स (आईएसपीआर) ले विज्ञप्ति जारी गर्दै परीक्षणबारे जानकारी दिएको छ ।
काठमाडौँ — पाकिस्तानले फतह–३ सुपरसोनिक क्रुज मिसाइलको सफल परीक्षण गरेको छ ।
पाकिस्तानी सेनाले बुधबार उक्त मिसाइलको परीक्षण प्रक्षेपण सफल भएको जनाएको हो । सेनाको सञ्चार विभाग इन्टर सर्भिसेज पब्लिक रिलेसन्स (आईएसपीआर) ले विज्ञप्ति जारी गर्दै परीक्षणबारे जानकारी दिएको छ ।
आईएसपीआरका अनुसार फतह–३ मिसाइलमा अत्याधुनिक नेभिगेसन र प्रोपल्सन प्रणाली जडान गरिएको छ । यो मिसाइल सुपरसोनिक गतिमा लामो दूरीका लक्ष्यमा प्रहार गर्न सक्षम रहेको सेनाको दाबी छ ।
परीक्षणले पाकिस्तानको मिसाइल प्रविधि र रक्षा क्षमतामा थप प्रगति भएको सैन्य अधिकारीहरूले बताएका छन् ।