मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीमा भएको विद्युतीय सवारी (इभी) दुर्घटनामा मृत्यु भएका व्यक्तिका आफन्तले आफ्ना माग सम्बोधनका लागि पहल गर्ने प्रशासनको आश्वासनपछि शव परीक्षण गर्न सहमति जनाएका छन् । शुक्रबार दिउँसो हेटौँडा अस्पताल परिसरमा जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी एवम् दुर्घटना छानबिन समितिका संयोजक शेषकान्त पौडेलसँग भएको छलफलपछि आफन्त शव परीक्षण गर्न तयार भएका हुन् ।
दुर्घटनामा मृत्यु भएका व्यक्तिका परिवारले उचित क्षतिपूर्ति, घाइते बालबालिकाको शिक्षा तथा पालनपोषण, परिवारका सदस्यलाई रोजगारी र दुर्घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाहीको माग राख्दै शव परीक्षण तथा शव बुझ्ने प्रक्रिया रोकेका थिए । दुर्घटनास्थलबाट ल्याइएका शव हेटौँडा अस्पतालको शवगृहमा राखिएका थिए ।
Read full story at source ( gorkhapatraonline.com )