Trending
Prev Story
Next Story

भीमफेदी दुर्घटनाका मृतकका आफन्त शव उठाउन तयार, पोष्टमार्टम प्रक्रिया अगाडि बढ्यो

Onlinekhabar •
November 13, 2026 • 10:30 AM
1
1 reads 0 reactions

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिकास्थित चिसापानी गढीमा बिहीवार बिहान भएको ईभी भ्यान दुर्घटनाका मृतक परिवार शव उठाउन तयार बनेका छन् । संघीय सरकारसँग पीडित परिवारलाई जनही १० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, घाइतेको उपचार …

भीमफेदी दुर्घटनाका मृतकका आफन्त शव उठाउन तयार, पोष्टमार्टम प्रक्रिया अगाडि बढ्यो

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिकास्थित चिसापानी गढीमा बिहीवार बिहान भएको ईभी भ्यान दुर्घटनाका मृतक परिवार शव उठाउन तयार बनेका छन् ।

संघीय सरकारसँग पीडित परिवारलाई जनही १० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, घाइतेको उपचार खर्च सरकारले व्यहोर्नुपर्ने र परिवारका सदस्यलाई रोजगारीको व्यवस्था गर्नुपर्ने माग राख्दै पीडित परिवारका आफन्तले बिहीवारदेखि नै शव उठाउन मानेका थिएनन् । जस कारण शवको पोष्टमार्टम पनि हुन सकेको थिएन ।

आज जिल्ला प्रशासन कार्यालय मकवानपुर, दुर्घटना अध्ययन तथा छानबिन समिति र मृतक परिवारबीच छलफल भएपछि पीडित परिवारले शव उठाउन तयार भएको छानबिन समिति संयोजकसमेत रहेका मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलले अनलाइनखबरलाई जानकारी दिए । उनका अनुसार परिवारसँग सहमति भएसँगै शवको पोष्टमार्टम गर्ने प्रक्रिया पनि अघि बढिसकेको छ ।

सहायक प्रजिअ पौडेलका अनुसार अध्ययन समितिको प्रतिवेदनमा पीडित पक्षको माग पनि समावेश गर्ने, कानुनबमोजिम प्राप्त हुने राहत तथा क्षतिपूर्ति तत्काल उपलब्ध गराउन सरकारसँग पहल गर्ने र थप राहत तथा क्षतिपूर्तिका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई आग्रह गर्ने सहमति बारे छलफल भएको हो । प्रधानमन्त्री कार्यालयले आजै विज्ञप्ति जारी गर्दै पीडित परिवारलाई क्षतिपूर्ति र घाइतेको उपचारमा चासो देखाएको छ । प्रधानमन्त्री कार्यालयका प्रवक्ता सहसचिव हेमराज अर्यालले राहत र क्षतिपूर्तिका लागि प्रक्रिया अगाडि बढाइसकिएको जानकारी दिएका छन् ।

दुर्घटनामा परेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको इभी हाइस सडकबाट करिब ५०० मिटर तल खस्दा १४ जना यात्रुको मृत्यु भएको थियो । दुर्घटनाको समयमा गाडीमा चालकसहित २० जना सवार थिए । ६ जना घाइते भएका छन् । उनीहरूको हेटौंडा, भरतपुर र काठमाडौंस्थित अस्पतालमा उपचार भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

दुर्घटनामा ज्यान गुमाउनेमा चालकसहित ६ पुरुष, २ महिला र ३ बालिका रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । सर्लाहीको शुक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका ३५ वर्षीय राकेश यादव, २८ वर्षीय छोटु राय र अन्दाजी १७ वर्षका सुधेश यादव, सर्लाहीकै कबिलासी गाउँपालिका–८ का करिब ३० वर्षीय चालक रविशंकर कुमार मण्डल छन् । अन्य मृतकहरू सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुर टोलका हुन् । मृत्यु हुनेमा २६ वर्षीय बिकेश यादव, ३५ वर्षीय पुनम यादव, ७ वर्षीया दिक्षा यादव, ५ वर्षीया दिपिका यादव, १० वर्षीया अनुकुमारी यादव, अन्दाजी ३५ वर्षीय गुड्डु यादव, ३० वर्षीया गायत्री देवी, २५ वर्षीय रामदुलार यादव, २४ वर्षीय सुबोध यादव र १५ वर्षीय रोहन यादव छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
22h ago
भीमफेदी दुर्घटनाका मृतकको शव आफन्तले बुझे [तस्बिरहरू]

भीमफेदी दुर्घटनाका मृतकको शव आफन्तले बुझे [तस्बिरहरू]

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा बिहीबार भएको दुर्घटनामा ज्यान गुमाएका १३ जना मृतकको शव आफन्तले बुझेका छन् । मृतकका आफन्त र सरकारले गठन गरेको दुर्घटना छानबिन समितिबीच राहत तथ...

#दुर्घटना #मृतक #भीमफेदी
Compare →
Ekantipur
3h ago
भीमफेदी दुर्घटना : प्रशासनको आश्वासनसँगै शव लिएर सर्लाही फर्किए आफन्त

भीमफेदी दुर्घटना : प्रशासनको आश्वासनसँगै शव लिएर सर्लाही फर्किए आफन्त

भीमफेदी दुर्घटनामा ज्यान गुमाएका परिवारले क्षतिपूर्ति, घाइते बालबालिकाको शिक्षा र पालनपोषण तथा रोजगारीको माग राखे पनि ठोस लिखित सहमतिबिनै शव बुझे । मकवानपुर प्रशासनले सात दिनभित्र माग सम्बोधनका लागि पहल गर्ने आश्वासन दिएको छ ।

#दुर्घटना #भीमफेदी #मकवानपुर
Compare →
Bizshala
10h ago
भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

काठमाण्डौ । भीमफेदी सवारी दुर्घटनामा ज्यान गुमाएकाका परिवारले संघीय सरकारबाट क्षतिपूर्तिसहित आफ्ना माग सम्बोधन...

#दुर्घटना #मृतक #भीमफेदी
Compare →
Nagarik News
1d ago
भीमफेदी दुर्घटना छानबिन गर्न पाँच सदस्यीय समिति गठन

भीमफेदी दुर्घटना छानबिन गर्न पाँच सदस्यीय समिति गठन

सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलको संयोजकत्वमा गठित समितिले दुर्घटनाको कारण पहिचान गरी एक साताभित्र प्रतिवेदन पेस गर्नेछ।

#दुर्घटना #भीमफेदी #मकवानपुर
Compare →
Arthasansar
8h ago
भीमफेदी सवारी दुर्घटना छानबिन गर्न सरकारले बनायाे पाँच सदस्यीय समिति गठन

भीमफेदी सवारी दुर्घटना छानबिन गर्न सरकारले बनायाे पाँच सदस्यीय समिति गठन

मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा भएको यात्रुवाहक सवारी दुर्घटनाप्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गहिरो दुःख व्यक्त गरेको छ।  शुक्रबार...

#भीमफेदी #दुर्घटना
Compare →

Related Stories

Politics & Governance
Build #2611