Trending
Prev Story
Next Story

नेपालको पहिलो जलविद्युत् केन्द्रदेखि धार्मिक स्थलसम्म, फर्पिङमा घुम्नलाई के छ?

Ekantipur •
November 20, 2026 • 05:33 AM
6
6 reads 0 reactions

चोभार र टौदह पार गरेर दक्षिणतर्फ लागेपछि पुगिने फर्पिङमा राणाकालीन समयमा निर्मित इँटाको पावरहाउस छ । यही हो, नेपालको पहिलो जलविद्युत् केन्द्र चन्द्रज्योति विद्युत् गृह, जुन अहिले फर्पिङ जलविद्युत् केन्द्रका रूपमा परिचित छ ।

नेपालको पहिलो जलविद्युत् केन्द्रदेखि धार्मिक स्थलसम्म, फर्पिङमा घुम्नलाई के छ?

चोभार र टौदह पार गरेर दक्षिणतर्फ लागेपछि पुगिने फर्पिङमा राणाकालीन समयमा निर्मित इँटाको पावरहाउस छ । यही हो, नेपालको पहिलो जलविद्युत् केन्द्र चन्द्रज्योति विद्युत् गृह, जुन अहिले फर्पिङ जलविद्युत् केन्द्रका रूपमा परिचित छ ।

काठमाडौँ — काठमाडौं नजिकै रहेको फर्पिङमा नेपालको पहिलो जलविद्युत् केन्द्र चन्द्रज्योति विद्युत् गृहसँगै मन्दिर, गुफा, गुम्बा र प्राकृतिक सौन्दर्यको अनुभव लिन सकिन्छ ।

काठमाडौंको धुवाँ र कोलाहलबाट केही समय टाढा रहेर इतिहास, प्रकृति र संस्कृति नियाल्न चाहनेका लागि फर्पिङ उपयुक्त गन्तव्य बन्न सक्छ । चोभार र टौदह पार गरेर दक्षिणतर्फ लागेपछि पुगिने फर्पिङमा राणाकालीन समयमा निर्मित इँटाको पावरहाउस छ । यही हो, नेपालको पहिलो जलविद्युत् केन्द्र चन्द्रज्योति विद्युत् गृह, जुन अहिले फर्पिङ जलविद्युत् केन्द्रका रूपमा परिचित छ ।

सल्ला र उत्तिसका रुख, चराचुरुङ्गीको चिरबिर र चिसो पहाडी हावाबीच रहेको यस केन्द्रमा पुराना पेल्टन टर्बाइन, जेनेरेटर र अन्य यन्त्रहरू संरक्षित छन् । जलविद्युत् इतिहाससँगै धार्मिक तथा सांस्कृतिक स्थलको भ्रमण गर्न चाहनेका लागि पनि फर्पिङमा पर्याप्त आकर्षण छन् ।

दक्षिणकाली नगरपालिकाले यस क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना बनाइरहेको छ । नगरप्रमुख मोहन बस्नेतका अनुसार ऐतिहासिक जलविद्युत् केन्द्रसँगै शेषनारायण मन्दिर र त्यहाँका कुण्ड, गुरु पद्मसम्भवसँग सम्बन्धित असुर गुफा तथा बौद्ध गुम्बा यहाँका आकर्षक गन्तव्य हुन् । भ्रमणमा दक्षिणकाली मन्दिरलाई पनि समेट्न सकिन्छ ।

काठमाडौंबाट बिहानै निस्कने हो भने यी स्थल एकै दिनमा घुम्न सकिन्छ । रात बिताउन चाहनेका लागि नजिकै हात्तीबन हिमालयन हाइट रिसोर्ट र चम्पादेवी हिलसाइड रिसोर्टजस्ता आवासका विकल्प पनि छन् ।

फर्पिङ हाइड्रोको शताब्दी पुरानो इतिहास

राणा प्रधानमन्त्री चन्द्रशमशेरको शासनकालमा निर्माण योजना अघि बढेको चन्द्रज्योति विद्युत् गृहको उद्घाटन १९६८ जेठ ९ गते भएको थियो । पाँच सय किलोवाट क्षमताको यो आयोजना नेपालको पहिलो जलविद्युत् केन्द्र हो ।

यस केन्द्रले चीनको पहिलो जलविद्युत् केन्द्र शिलोंग्बाभन्दा करिब एक वर्षअघि बिजुली उत्पादन सुरु गरेको थियो । शिलोंग्बा सन् १९१२ मा ४८० किलोवाट क्षमतामा सञ्चालनमा आएको थियो । भारतमा भने त्यसअघि नै सन् १८९७ मा १३० किलोवाटको सिद्रापोङ र सन् १९०२ मा चार हजार ५०० किलोवाटको शिवसमुद्रम आयोजना सञ्चालनमा आइसकेका थिए ।

आयोजनाको योजना निर्माणमा नेपाली इन्जिनियर कर्णेल किशोर नरसिंह राणाको नेतृत्व थियो । कुमार नरसिंह राणा पनि निर्माण कार्यमा संलग्न थिए । बेलायती इन्जिनियरले विस्तृत लागत अनुमान र उपकरण जडानको काम गरेका थिए भने जनरल पद्मशमशेरले निर्माणको समग्र निरीक्षण गरेका थिए । नेपाली कामदार र केही भारतीय प्राविधिकको संलग्नतामा मुख्य निर्माण करिब २० महिनामा पूरा भएको थियो ।

आयोजनामा सात लाख १३ हजार २७३ रुपैयाँ खर्च भएको अभिलेख छ । त्यसमध्ये तीन लाख ६७ हजार ९८४ रुपैयाँ नेपालभित्रै खर्च भएको थियो । टर्बाइन र जेनेरेटर बेलायत सरकारबाट अनुदानमा प्राप्त भएकाले तिनको मूल्य उक्त लागतमा समावेश थिएन । आवश्यक उपकरण बेलायतबाट कलकत्ता र भीमफेदी हुँदै फर्पिङसम्म ल्याइएको थियो ।

फर्पिङदेखि टुँडिखेलसम्म पुगेको उज्यालो

बिजुली उत्पादनका लागि फर्पिङमा कुनै विशाल नदी थुन्नुपरेको थिएन । सातमूले र शेषनारायण क्षेत्रका मुहानबाट ल्याइएको पानी जम्मा गर्न २०० फिट व्यास र १८ फिट गहिराइको गोलाकार जलाशय बनाइएको थियो । उक्त जलाशयको पानी सञ्चय क्षमता पाँच लाख २८ हजार ७८३ घनफिट थियो ।

जलाशयबाट दुई हजार ५३८ फिट लामो र २० इन्चको पाइपमार्फत पानी पावरहाउससम्म पुर्‍याइन्थ्यो । पानीको बलले २५०–२५० किलोवाटका दुई पेल्टन टर्बाइन घुमाउँथ्यो । जेनेरेटरबाट उत्पादित तीन फेजको ३.३ किलोभोल्ट विद्युत् ट्रान्सफर्मरमार्फत ११ किलोभोल्टमा बढाएर प्रसारण गरिन्थ्यो । काठ र स्टिलका पोलमा टाँगिएको करिब छ माइल लामो प्रसारण लाइनले फर्पिङको बिजुली टुँडिखेलसम्म पुर्‍याएको थियो ।

विसं १९६८ जेठ ९ गते साँझ टुँडिखेलमा उद्घाटन समारोह आयोजना गरिएको थियो । तत्कालीन राजा पृथ्वीवीरविक्रम शाहले साँझ करिब ६:३० बजे बत्ती बालेर चन्द्रज्योति विद्युत् गृहको उद्घाटन गरेका थिए । त्यसपछि टुँडिखेल क्षेत्रमा एक सातासम्म बत्ती बालिएको थियो । उद्घाटनको भोलिपल्ट जङ्गी तथा निजामती कर्मचारीलाई एक दिन बिदा दिइएको इतिहास छ ।

सुरुका वर्षमा भने यस केन्द्रबाट उत्पादित बिजुली मुख्यतः राजपरिवार, राणा परिवार र पहुँच भएका स्थानमा मात्रै सीमित थियो ।

फर्पिङ जलविद्युत् केन्द्रले २०३८ सालसम्म नियमित विद्युत् उत्पादन गर्‍यो । त्यसपछि यसको पानी खानेपानी आपूर्तिमा प्रयोग हुन थालेपछि नियमित उत्पादन रोकियो । पुराना यन्त्रहरू मर्मत गरेर प्रदर्शनका लागि कहिलेकाहीँ चलाइने अवस्थामा राखिएका छन् । नेपाल विद्युत् प्राधिकरणले यस क्षेत्रलाई ऐतिहासिक विद्युत् सङ्ग्रहालयका रूपमा विकास गर्ने काम अघि बढाएको छ ।

धार्मिक र शैक्षिक भ्रमणको गन्तव्य बनाउने योजना

दक्षिणकाली नगरपालिकाका प्रमुख बस्नेतका अनुसार नगरपालिका यस क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा थप विकास गर्ने काममा जुटेको छ । अहिले नगरपालिकाले यहाँका पर्यटकीय स्थलको म्यापिङ गरिरहेको र चाँडै सार्वजनिक गर्ने तयारी गरेको उनले बताए ।

'फर्पिङ काठमाडौंको नजिकै भएको ऐतिहासिक पर्यटकीय क्षेत्र हो । यहाँ धार्मिक हिसाबले र इतिहास अध्ययन गर्न चाहनेहरूका लागि उपयुक्त गन्तव्य छ । त्यसबाहेक एक दिनको ट्रेकिङमा जाने र पिकनिक मनाउनेका लागि पनि उत्तम स्थलका रूपमा विकास भइरहेको छ,' उनले भने ।

जलविद्युत्‌का लगानीकर्ता विजय सागर प्रधान पनि फर्पिङलाई ऐतिहासिक, सांस्कृतिक र शैक्षिक भ्रमणको गन्तव्यका रूपमा चिनाउने प्रशस्त आधार रहेको बताउँछन् । उनका अनुसार जलविद्युत् केन्द्रको संरक्षण र प्रवर्द्धन गर्दै यस क्षेत्रलाई शैक्षिक गन्तव्यका रूपमा समेत विकास गर्न सकिन्छ ।

जलाशय, पावरहाउस, मन्दिर र गुम्बालाई जोडेर भ्रमणको राम्रो अनुभव तयार गर्न सके यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकले नेपालको विद्युत् इतिहास नजिकबाट बुझ्ने अवसर पाउने प्रधानको भनाइ छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
6h ago
हाइड्रो हेरिटेज पर्यटनको गन्तव्य फर्पिङ

हाइड्रो हेरिटेज पर्यटनको गन्तव्य फर्पिङ

राजधानी काठमाडौँबाट धुवाँ तथा कोलाहल छिचोल्दै दक्षिणतर्फ चोभार र टौदह पार गरेपछि फर्पिङ पुगिन्छ।

#फर्पिङ
Compare →
Onlinekhabar
3d ago
बाढीपहिरोको चपेटामा म्याग्दीका जलविद्युत् आयोजना, उत्पादनदेखि निर्माणसम्म प्रभावित

बाढीपहिरोको चपेटामा म्याग्दीका जलविद्युत् आयोजना, उत्पादनदेखि निर्माणसम्म प्रभावित

१ मंसिर, म्याग्दी । मनसुनजन्य विपद्ले म्याग्दीका जलविद्युत् आयोजनाको विद्युत् उत्पादन, प्रसारण र निर्माण कार्य प्रभावित बनाएको छ । कालीगण्डकी र म्याग्दी नदी तथा तिनका सहायक खोलामा आएको बाढीपहिरोले सञ्चालनमा रहेका र निर्माणाधीन आयोजनाका बाँध, विद्युत्गृह, …

#जलविद्युत्
Compare →
Arthasansar
4d ago
भौतिक प्रगति ५० प्रतिशत भएका जलविद्युत् आयोजनाले आईपीओ ल्याउन पाउने

भौतिक प्रगति ५० प्रतिशत भएका जलविद्युत् आयोजनाले आईपीओ ल्याउन पाउने

५० प्रतिशत भौतिक प्रगति भएका जलविद्युत् आयोजनाले आईपीओ ल्याउन पाउने भएका छन् । सरकारले तयार पारेको ‘लगानी तथा पूर्वाधार सम्बन्धी...

#जलविद्युत्
Compare →
Hamro Patro News
4d ago
सुपर हुम्ला कर्णाली नदी जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन हुने

सुपर हुम्ला कर्णाली नदी जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन हुने

हुम्ला – हुम्ला जिल्लाको नाम्खा गाउँपालिका– ५ मा निर्माण हुने सुपर हुम्ला कर्णाली नदी जलविद्युत् आयोजनाको निर्माणको बाटो खुलेको छ। आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन ( इआईए ) गर्नका लागि इन्स्पायर...

#जलविद्युत्
Compare →
Bizshala
1w ago
नेपालको जलविद्युत्, पर्यटन र डेटा सेन्टरमा लगानी गर्न युएईका लगानीकर्तालाई चन्द्र ढकालको आग्रह

नेपालको जलविद्युत्, पर्यटन र डेटा सेन्टरमा लगानी गर्न युएईका लगानीकर्तालाई चन्द्र ढकालको आग्रह

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (युएई)का...

#जलविद्युत्
Compare →

Related Stories

National (Nepal)
Build #2612