काठमाडौं । नेपालमै विकास भएका सफ्टवेयरले स्वदेशी बजारको आवश्यकता पूरा गर्न सक्ने क्षमता विकास गरिसकेको भन्दै सूचना प्रविधि क्षेत्रका व्यवसायीले नेपाली उत्पादनको प्रयोग बढाउने नीति ल्याउन सरकारसँग आग्रह गरेका छन् । नेपाली सफ्टवेयरलाई सरकारी तथा निजी क्षेत्रका विभिन्न निकायमा प्रयोग गर्न प्रोत्साहन गर्ने कार्यक्रम आवश्यक रहेको उनीहरूको भनाइ छ ।
नास आईटीका अध्यक्ष दिपेन चापागाईँले नेपालमा विकास भएका सफ्टवेयर गुणस्तर र विश्वसनीयताका हिसाबले अन्तर्राष्ट्रिय बजारमा समेत प्रयोग भइरहेकाले स्वदेशी बजारमा पनि तिनको प्रयोग विस्तार गर्नुपर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् ( nepalviews.com )