Trending
Prev Story
Next Story

जलवायुजन्य विपद्पछि नेपाललाई विशेष वित्तीय प्याकेज आवश्यक : अर्थमन्त्री वाग्ले

Ekantipur •
November 11, 2026 • 11:01 AM
1
1 reads 0 reactions

कोप–३१ को नेपाल पेभिलियनमा आयोजित छलफलमा अर्थमन्त्री स्वर्णिम वाग्लेले जलवायुजन्य विपद्पछिको पुनर्निर्माण र आर्थिक पुनरुत्थानका लागि विशेष अन्तर्राष्ट्रिय वित्तीय प्याकेज आवश्यक रहेको बताए ।

जलवायुजन्य विपद्पछि नेपाललाई विशेष वित्तीय प्याकेज आवश्यक : अर्थमन्त्री वाग्ले

कोप–३१ को नेपाल पेभिलियनमा आयोजित छलफलमा अर्थमन्त्री स्वर्णिम वाग्लेले जलवायुजन्य विपद्पछिको पुनर्निर्माण र आर्थिक पुनरुत्थानका लागि विशेष अन्तर्राष्ट्रिय वित्तीय प्याकेज आवश्यक रहेको बताए ।

अन्ताल्या,टर्किए — अर्थमन्त्री स्वर्णिम वाग्लेले विपद्पछिको पुनर्निर्माण तथा आर्थिक पुनरुत्थानका लागि जोखिममा रहेका मुलुकलाई अनुदान, सहुलियतपूर्ण ऋण र ऋण राहतसहितको विशेष अन्तर्राष्ट्रिय वित्तीय प्याकेज आवश्यक रहेको बताएका छन् ।

संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) अन्तर्गत आज नेपाल पेभिलियनमा आयोजित ‘विपद्को पूर्ण आर्थिक भार : जलवायुजन्य आघातपछि ऋण, ऋण मूल्यांकन तथा मुद्राको अवस्था र आवश्यक सहयोग प्याकेजको स्वरूप’ विषयक छलफलमा उनले जलवायुजन्य विपद्को आर्थिक भार नेपालले एक्लै वहन गर्न नसक्ने बताए ।

उनले विपद्पछिको उद्धार, राहत र पुनर्निर्माणका लागि स्रोत जुटाउन सरकारले अन्य विकास तथा सामाजिक क्षेत्रको बजेट कटौती गर्नुपरेको उल्लेख गर्दै त्यसको प्रत्यक्ष असर विद्यालय तथा अस्पताल निर्माण, सामाजिक सुरक्षा र अन्य विकासका कार्यक्रममा परेको बताए ।

अर्थमन्त्री वाग्लेले विपद्का बेला भारत, चीन, बेलायत, अमेरिका, युरोपेली संघ तथा मध्यपूर्व र खाडी क्षेत्रका मुलुकले उपलब्ध गराएको सहयोगप्रति आभार व्यक्त गरे ।

उनले जलवायुजन्य क्षति तथा हानिनोक्सानी कोषबाट नेपालले पहिलोपटक करिब दुई करोड अमेरिकी डलर अनुदान प्राप्त गरेको उल्लेख गर्दै उक्त सहयोग स्वागतयोग्य भए पनि जोखिममा रहेका मुलुकको आवश्यकताको तुलनामा कोषमा उपलब्ध स्रोत निकै न्यून रहेको बताए । नेपालको करिब ५० प्रतिशत भूभाग वनले ढाकेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
14h ago
अर्थमन्त्री वाग्ले टाइम म्यागेजिनको सय सूचीमा परेपछि गोकुलको कटाक्ष : २० पनि दिनुपर्ने काम गरेको छैन

अर्थमन्त्री वाग्ले टाइम म्यागेजिनको सय सूचीमा परेपछि गोकुलको कटाक्ष : २० पनि दिनुपर्ने काम गरेको छैन

नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले अमेरिकाको मध्यावधि निर्वाचनमा ‘ब्लु वेभ’ आएको चर्चा भइरहेका बेला टाइम म्यागेजिनले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई जलवायुसम्बन्धी सय जनाको सूचीमा राखेको भन्दै टिप्पणी गरेका छन्।

#जलवायु #अर्थमन्त्री #वाग्ले
Compare →
Hamro Patro News
1d ago
जलवायु विपद्को भार नेपालले एक्लै धान्न सक्दैन : अर्थमन्त्री वाग्ले

जलवायु विपद्को भार नेपालले एक्लै धान्न सक्दैन : अर्थमन्त्री वाग्ले

काठमाडौँ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जलवायुजन्य विपद्बाट हुने क्षति तथा पुनर्निर्माणको आर्थिक भार नेपालले एक्लै धान्न नसक्ने बताएका छन् । टर्किएमा जारी संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन...

#जलवायु #अर्थमन्त्री #वाग्ले
Compare →
Bizshala
2h ago
जलवायु संकटको मार नेपाललाई तर सहयोगको ६१ प्रतिशत ऋण , विकसित देशमाथि अनुदान बढाउन दबाब

जलवायु संकटको मार नेपाललाई तर सहयोगको ६१ प्रतिशत ऋण , विकसित देशमाथि अनुदान बढाउन दबाब

काठमाण्डौ । विश्वव्यापी जलवायु परिवर्तनमा नगण्य योगदान रहेको नेपालले त्यसको असर सामना गर्न प्राप्त गर्ने...

#जलवायु #नेपाललाई
Compare →
Arthasansar
7h ago
बैंक तथा वित्तीय संस्थाको निक्षेप ८५ खर्ब माथि, सीडी रेसियो कति ?

बैंक तथा वित्तीय संस्थाको निक्षेप ८५ खर्ब माथि, सीडी रेसियो कति ?

नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा रहेको निक्षेप रकम निरन्तर रुपमा बढी रहेको छ । केन्द्रीय...

#वित्तीय
Compare →

Related Stories

Business & Economy
Build #2611