Trending
Prev Story
Next Story

उद्योगमन्त्री साह भारतमा, सीआईआई साझेदारी सम्मेलनमा सहभागी हुने

Ekantipur •
November 11, 2026 • 11:01 AM
1
1 reads 0 reactions

मन्त्री दीपककुमार साहले भारत भ्रमणका क्रममा व्यापार, लगानी र आर्थिक सहकार्य विस्तारका विषयमा छलफल गर्ने कार्यक्रम छ ।

उद्योगमन्त्री साह भारतमा, सीआईआई साझेदारी सम्मेलनमा सहभागी हुने

मन्त्री दीपककुमार साहले भारत भ्रमणका क्रममा व्यापार, लगानी र आर्थिक सहकार्य विस्तारका विषयमा छलफल गर्ने कार्यक्रम छ ।

काठमाडौँ — उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह ३१औं भारतीय उद्योग परिसंघ (सीआईआई) साझेदारी सम्मेलनमा सहभागी हुन बुधबार भारतको नयाँदिल्ली पुगेका छन् । सम्मेलन कात्तिक २६ र २७ मा आन्ध्र प्रदेशको विशाखापट्टनममा हुँदै छ ।

नयाँदिल्लीस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत डा. सुरेन्द्र थापाले इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्री साहलाई स्वागत गरेका थिए ।

नेपाली दूतावासको भ्रमणका क्रममा मन्त्री साहले दूतावासका अधिकारीहरूसँग छलफल गरेका थिए । उनले नेपालको निर्यात प्रवर्द्धन, वैदेशिक लगानी आकर्षित गर्न र पर्यटन विस्तार गर्न आर्थिक कूटनीति सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए ।

सम्मेलनमा मन्त्री साहले व्यापारमन्त्रीहरूको सत्रलाई सम्बोधन गर्ने कार्यक्रम छ । सम्मेलनमा सरकारका प्रतिनिधि, उद्योगी–व्यवसायी तथा अन्य सरोकारवालाहरू सहभागी हुँदै छन् । उनीहरूले व्यापार, लगानी र अन्तर्राष्ट्रिय आर्थिक साझेदारीका विषयमा छलफल गर्नेछन् ।

सम्मेलनका क्रममा मन्त्री साहले भारतका विशिष्ट व्यक्तित्व तथा सहभागी मुलुकका प्रतिनिधिहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रमसमेत छ । ती भेटवार्तामा व्यापार, लगानी र आर्थिक सहकार्य विस्तारका सम्भावनाबारे छलफल हुने जनाइएको छ ।

नेपालले निर्यात बजार विविधीकरण, प्रत्यक्ष वैदेशिक लगानी वृद्धि र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय साझेदारसँग आर्थिक सम्बन्ध विस्तार गर्न खोजिरहेका बेला मन्त्री साहको भारत भ्रमण भएको हो ।

भारत नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार र वैदेशिक लगानीको प्रमुख स्रोत हो । त्यसैले व्यापार सहजीकरण, कनेक्टिभिटी, लगानी र पर्यटन द्विपक्षीय आर्थिक सहकार्यका महत्त्वपूर्ण क्षेत्र रहँदै आएका छन् ।

मन्त्री साह शनिबार स्वदेश फर्कने कार्यक्रम छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
6h ago
भारतमा लोकतन्त्र सम्मेलन : मोदीलाई प्रश्न गर्ने नर्वेली पत्रकारसहित ११५ विदेशीले पाएनन् प्रवेश

भारतमा लोकतन्त्र सम्मेलन : मोदीलाई प्रश्न गर्ने नर्वेली पत्रकारसहित ११५ विदेशीले पाएनन् प्रवेश

यो निर्णय गृह मन्त्रालयको निर्देशनमा भएको हुन सक्ने थरुरले बताएका छन्। उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘सरकारले कुन कानुनी प्रावधानअन्तर्गत यस्तो कठोर कदम चालेको हो भन्ने स्पष्ट छैन।’

#भारत #सम्मेलन
Compare →
Hamro Patro News
10h ago
नेपाल–भारत व्यापार सहजीकरण : सिमेन्ट, स्टिल र जुत्ताको प्रमाणीकरण सरल बनाउन मन्त्री साहको आग्रह

नेपाल–भारत व्यापार सहजीकरण : सिमेन्ट, स्टिल र जुत्ताको प्रमाणीकरण सरल बनाउन मन्त्री साहको आग्रह

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र भारतका वाणिज्य तथा उद्योगमन्त्री पीयूष गोयलबीच भारतको विशाखापटनममा द्विपक्षीय भेटवार्ता भएको छ। ३१औँ पार्टनरसिप समिट २०२६ मा सहभागी हुन...

#साह #भारत
Compare →
Onlinekhabar
10h ago
नेपाली उत्पादनको भारतीय बजारमा पहुँचबारे भारतीय उद्योगमन्त्रीसँग मन्त्री साहको छलफल

नेपाली उत्पादनको भारतीय बजारमा पहुँचबारे भारतीय उद्योगमन्त्रीसँग मन्त्री साहको छलफल

२७ कात्तिक, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र भारतका वाणिज्य तथा उद्योगमन्त्री पीयुष गोयलबीच भारतको विशाखापटनमा द्विपक्षीय भेटवार्ता सम्पन्न भएको छ । ३१औं पार्टनरसिप समिट २०२६ मा सहभागी हुने क्रममा भएको उक्त भेटवार्तामा …

#साह #उद्योगमन्त्री #भारत
Compare →
Bizshala
6h ago
नेपाली जुटमा भारतले लगाएको अतिरिक्त शुल्क हटाउन पहल, सिमेन्टदेखि स्टिलसम्मको निर्यात सहज बनाउने विषयमा छलफल

नेपाली जुटमा भारतले लगाएको अतिरिक्त शुल्क हटाउन पहल, सिमेन्टदेखि स्टिलसम्मको निर्यात सहज बनाउने विषयमा छलफल

काठमाण्डौ । भारतले नेपाली जुटजन्य उत्पादनमा लगाएको एन्टिडम्पिङ तथा प्रतिकारात्मक शुल्क पुनरावलोकन गर्न नेपालले...

#भारत
Compare →

Related Stories

World News
Build #2611