Trending
Prev Story
Next Story

उद्योगमन्त्री साह र भारतीय समकक्षीबीच जुटमा लगाइएको ‘एन्टिडम्पिङ ड्युटी’ बारे छलफल

Onlinekhabar •
November 13, 2026 • 09:30 AM
1
1 reads 0 reactions

२७ कात्तिक, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र भारतका वाणिज्य तथा उद्योगमन्त्री पियुष गोयलबीच आन्ध्र प्रदेशस्थित विशाखापट्नममा द्विपक्षीय भेटवार्ता भएको छ । ३१औं साझेदारी शिखर सम्मेलन २०२६ मा सहभागी हुने क्रममा भएको भेटवार्तामा …

उद्योगमन्त्री साह र भारतीय समकक्षीबीच जुटमा लगाइएको ‘एन्टिडम्पिङ ड्युटी’ बारे छलफल

२७ कात्तिक, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र भारतका वाणिज्य तथा उद्योगमन्त्री पियुष गोयलबीच आन्ध्र प्रदेशस्थित विशाखापट्नममा द्विपक्षीय भेटवार्ता भएको छ ।

३१औं साझेदारी शिखर सम्मेलन २०२६ मा सहभागी हुने क्रममा भएको भेटवार्तामा नेपाल–भारतबीचको व्यापार, पारवहन, औद्योगिक सहकार्य, लगानी प्रवर्द्धन, गुणस्तर प्रमाणीकरण तथा नेपाली उत्पादनको भारतीय बजारमा सहज पहुँच लगायत महत्त्वपूर्ण विषयमा विस्तृत छलफल भएको मन्त्रालयले जनाएको छ ।

भेटमा मन्त्री साहले नेपाली उद्योगले भारतीय बजारमा प्रवेश गर्दा गुणस्तर प्रमाणीकरण तथा भारतीय मानक ब्युरोको प्रमाणपत्र प्राप्त गर्न भोग्नुपरेका प्रक्रियागत जटिलता, समय र लागत सम्बन्धी समस्या प्रस्तुत गरे ।

विशेषगरी नेपाली सिमेन्ट, स्टिल, प्लाइउड, जुत्ता, धागो तथा अन्य औद्योगिक उत्पादन प्रमाणीकरण प्रक्रिया सरल, सहज र समयबद्ध बनाउन मन्त्री साहले आग्रह गरे ।

बैठकको महत्त्वपूर्ण उपलब्धिका रूपमा नेपालमै भारतीय मानक ब्युरोको मापदण्ड अनुरूप परीक्षण प्रयोगशाला स्थापना गर्ने प्रस्तावप्रति भारतीय मन्त्री गोयलले सकारात्मक चासो र तत्परता व्यक्त गरे ।

उनले यस विषय अगाडि बढाउन आफ्नो मन्त्रालयका सम्बन्धित सचिवलाई आवश्यक समन्वय तथा प्रक्रिया अघि बढाउन निर्देशन समेत दिए ।

नेपालमै अन्तर्राष्ट्रियस्तरको गुणस्तर परीक्षण तथा प्रमाणीकरण सुविधा उपलब्ध भए नेपाली उद्योगहरूले भारतमा निर्यात गर्दा लाग्ने परीक्षण खर्च, समय र प्रक्रियागत झन्झट कम हुने तथा नेपाली उत्पादनको प्रतिस्पर्धात्मक क्षमता वृद्धि हुने अपेक्षा गरिएको छ ।

बैठकमा नेपालका लागि भारतका धाम्रा (ओडिशा) र मुन्द्रा (गुजरात) बन्दरगाहलाई थप पारवहन सुविधाका रूपमा उपलब्ध गराउने, नेपाल–भारत व्यापार सन्धि पुनरावलोकन प्रक्रिया अघि बढाउने तथा काँकडभिट्टा–फुलबारी–बङ्गलाबन्ध मार्गमा नेपाली मालवाहक सवारीसाधनले भोग्दै आएका अतिरिक्त भारवहन प्रतिबन्ध र ढुवानी सम्बन्धी अवरोध हटाउने विषयमा छलफल भएको थियो ।

त्यसैगरी कोलकाता बन्दरगाहमा नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडको भाडा सम्झौतामा रहेको जग्गा नवीकरण वा उपयुक्त वैकल्पिक जग्गा उपलब्ध गराउने विषय पनि उठाइएको थियो ।

त्यस्तै नेपाली जुटजन्य उत्पादनमा लगाइएको अनुचित मूल्य निर्धारणविरुद्ध शुल्क तथा प्रतिकारात्मक शुल्क पुनरावलोकन, नेपाली  चियाको भारतीय बजारमा निर्वाध प्रवेश तथा कृषि उत्पादनको गुणस्तर परीक्षण र प्रमाणीकरण सहज बनाउने विषयमा समेत छलफल भएको थियो ।

नेपाली खाद्यवस्तु परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग अन्तर्गत योग्य तथा मान्यताप्राप्त प्रयोगशालाबाट जारी हुने परीक्षण प्रतिवेदनलाई भारतीय निकायबाट मान्यता प्रदान गर्ने र नेपाल–भारत सीमावर्ती क्षेत्रमा गुणस्तर परीक्षण सुविधा विस्तार गर्ने प्रस्ताव समेत प्रस्तुत गरिएको थियो ।

मन्त्री साहले नेपाल र भारतबीचको व्यापार सम्बन्ध अझ सुदृढ बनाउन आपसी विश्वास, समान व्यवहार, गुणस्तरीय उत्पादन र सरल व्यापार प्रक्रियालाई प्राथमिकता दिनुपर्ने धारणा राखे ।

भारतीय मन्त्री गोयलले प्रस्तुत विषयहरूमा सकारात्मक चासो व्यक्त गर्दै सम्बन्धित निकायबीच समन्वय र प्राविधिक छलफल मार्फत समाधानका उपाय अघि बढाउनुपर्नेमा जोड दिए ।

भेटवार्ताले नेपाल–भारतबीचको आर्थिक तथा औद्योगिक सम्बन्ध थप मजबुत बनाउनुका साथै नेपाली उद्योगको प्रतिस्पर्धात्मक क्षमता वृद्धि, निर्यात प्रवर्द्धन र व्यापार सहजीकरणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले छलफलमा उठाइएका विषय कार्यान्वयनका लागि भारतीय पक्षसँग आवश्यक संस्थागत समन्वय र निरन्तर अनुगमन गर्ने जनाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
10h ago
मन्त्री साह र भारतीय उद्योगमन्त्री पीयूष गोयलबीच भेटवार्ता

मन्त्री साह र भारतीय उद्योगमन्त्री पीयूष गोयलबीच भेटवार्ता

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र भारतका वाणिज्य तथा उद्योगमन्त्री पीयूष गोयलबीच भारतको विशाखापटनमा द्विपक्षीय भेटवार्ता सम्पन्न भएको छ।

#साह #भारतीय #वाणिज्य
Compare →
Hamro Patro News
4d ago
नवनियुक्त भारतीय राजदूतले किन भेटे उद्योगमन्त्री साहलाई ?

नवनियुक्त भारतीय राजदूतले किन भेटे उद्योगमन्त्री साहलाई ?

काठमाडौं - उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार साह र नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाबीच सोमबार भेटवार्ता भएको छ । मन्त्री साहको सचिवालयका अनुसार उद्योग मन्त्रालयमा भएको भेटवार्त...

#साह #भारतीय #भेटवार्ता
Compare →
Ekantipur
10h ago
नेपाली जुटको एन्टिडम्पिङ ड्युटीबारे भारतसँग छलफल

नेपाली जुटको एन्टिडम्पिङ ड्युटीबारे भारतसँग छलफल

भेटवार्तामा नेपाल–भारतबीचको व्यापार, पारवहन, औद्योगिक सहकार्य, लगानी प्रवर्द्धन, गुणस्तर प्रमाणीकरण तथा नेपाली उत्पादनको भारतीय बजारमा सहज पहुँचलगायतका विषयमा छलफल भएको थियो ।

#भारतीय #भेटवार्ता #जुट
Compare →

Related Stories

World News
Build #2611