युनिलिभर नेपाल लिमिटेडले वार्षिक साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीले लाभांश प्रस्ताव सहितका प्रस्तावहरु पारित गर्नका लागि मंसिर २३ गते ३३ औं वार्षिक साधारणसभा बोलाएको हो ।
सभा काठमाडौंको नयाँ बानेश्वरस्थित द एभरेष्ट होटलमा अपराह्न ४ः३० बजेदेखि सुरु हुने छ । सभामा सञ्चालक समितिले सिफारिस गरेको लाभांश वितरणसम्बन्धी प्रस्ताव पारितका लागि पेस गरिनेछ । कम्पनीले प्रतिकित्ता १ हजार ५४० रुपैयाँ नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको छ । सभामा आर्थिक वर्ष २०८२/८३ को वार्षिक वित्तीय विवरण, नाफा–नोक्सान हिसाब, वासलात तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ । साथै, सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन पनि अनुमोदन गरिनेछ ।
त्यसैगरी चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक तथा सामुदायिक परियोजनामा आर्थिक योगदान गर्ने प्रस्तावसमेत साधारण सभामा लैजाने भएको छ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर ९ गतेदेखि मंसिर २३ गतेसम्म बुक क्लोज गर्ने भएको छ । त्यसैले मंसिर ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।