Trending
Prev Story
Next Story

‘सिटिजन्स सुपर ५०’ को इकाईमा आजदेखि आवेदन खुला

Arthasansar •
November 18, 2026 • 06:36 AM
4
4 reads 0 reactions

सिटिजन्स क्यापिटल लिमिटेडले सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत आज (मंसिर २ गते) देखि सिटिजन्स सुपर ५० निष्काशन तथा बिक्री खुला गरेको...

‘सिटिजन्स सुपर ५०’ को इकाईमा आजदेखि आवेदन खुला

सिटिजन्स क्यापिटल लिमिटेडले सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत आज (मंसिर २ गते) देखि सिटिजन्स सुपर ५० निष्काशन तथा बिक्री खुला गरेको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका १० करोड इकाई निष्काशन गरेको हो ।

सोमध्ये न्यूनतम १ करोड ५० लाख इकाई वा कुल बिक्री भएको इकाई संख्याको १५ प्रतिशत इकाई कोष प्रर्वद्धक सिटिजन्स बैंकका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी रहेको ८ करोड ५० लाख इकाईका लागि आवेदन दिन सक्नेछन् । निष्काशन बन्द छिटोमा मंसिर ७ गते हुनेछ भने सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि मंसिर १६ गतेसम्म लम्बिनेछ । लगानीकर्ताले न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ करोड इकाईका लागि आवेदन दिन सक्नेछन् ।

सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने यस योजना एक बन्दमुखि योजना हो। योजनाको कुल आकार १ अर्ब रुपैयाँ रहेको छ। यस निष्काशनमा न्यूनतम ५० प्रतिशत अर्थात ५ करोड इकाई बिक्री हुनु पर्नेछ । सोभन्दा कम इकाईका लागि आवेदन परेमा योजना खारेज गरी १५ दिनेभित्र आवेदकहरुको रकम फिर्ता भुक्तानी प्रक्रिया शुरु गरिने क्यापिटलले जनाएको छ । यसको अवधि १० वर्षको रहेको छ ।

योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Bizshala
3h ago
राष्ट्र बैंकले ६१ कर्मचारी माग्यो, मङ्सिर १७ सम्म आवेदन दिन सकिने

राष्ट्र बैंकले ६१ कर्मचारी माग्यो, मङ्सिर १७ सम्म आवेदन दिन सकिने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले विभिन्न पदमा ६१ जना कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । बैंकले सहायक...

#आवेदन
Compare →
Hamro Patro News
1d ago
खुल्यो माध्यमिक तहको अध्यापन अनुमतिपत्रका लागि आवेदन

खुल्यो माध्यमिक तहको अध्यापन अनुमतिपत्रका लागि आवेदन

काठमाडौं । माध्यमिक तहको अध्यापन अनुमतिपत्र परीक्षाका लागि आवेदन खुलेको छ । शिक्षक सेवा आयोगले आज मंगलबार एक सूचना प्रकाशित गर्दै आवेदन खुलाएको हो । सूचनामा इच्छुक उम्मेदवारले आवेदन खुलेको मितिदेख...

#आवेदन
Compare →
Onlinekhabar
1d ago
अब छाप हेरेर मात्रै मासु किन्नुहोला, उपत्यकामा आजदेखि ‘मासु जाँच ऐन’ लागु

अब छाप हेरेर मात्रै मासु किन्नुहोला, उपत्यकामा आजदेखि ‘मासु जाँच ऐन’ लागु

१ मंसिर, काठमाडौं । आज १ मंसिरदेखि काठमाडौं उपत्यकाका तीन वटै जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का सम्पूर्ण स्थानीय तहमा ‘पशु वधशाला तथा मासु जाँच ऐन २०५५’ औपचारिक रूपमा लागु भएको छ । उपभोक्तालाई स्वच्छ, स्वस्थ …

#मंसिर #आजदेखि
Compare →

Related Stories

Business & Economy
Build #2612