काठमाडौँ । नेपाल राष्ट्र बैंकले विभिन्न पदमा ६१ जना कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । बैंकले सहायक निर्देशकदेखि सहायक द्वितीय श्रेणीसम्मका पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षामार्फत पदपूर्ति गर्न लागेको हो
राष्ट्र बैंकको मानव संसाधन व्यवस्थापन विभागका अनुसार सहायक निर्देशक पदमा ३५ जना माग गरिएको छ । त्यसमध्ये सामान्यतर्फ २६, लेखा तथा लेखापरीक्षणतर्फ तीन, वाणिज्य कानुनतर्फ दुई र सूचना प्रविधितर्फ चार जना छन् ।
त्यस्तै, सहायक द्वितीय श्रेणीको सहायक पदमा २६ जना माग गरिएको छ ।
इच्छुक तथा योग्य उम्मेदवारले आगामी मङ्सिर १७ गतेसम्म अनलाइन आवेदन दिन सक्नेछन् । उक्त अवधिमा आवेदन दिन नसक्नेले दोब्बर दस्तुर तिरेर मङ्सिर २४ गतेसम्म आवेदन दिन सक्नेछन् ।
आवेदनका लागि राष्ट्र बैंकको वेबसाइट www.nrb.org.np को ‘करियर’ खण्ड वा www.jobs.nrb.org.np मार्फत अनलाइन फाराम भर्न सकिनेछ ।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।