Trending
Prev Story
Next Story

नेपाली सेनाको प्रवक्तमा सहायक रथी राजेन्द्र श्रेष्ठ नियुक्त

Nagarik News •
November 17, 2026 • 02:23 PM
3
3 reads 0 reactions

जंगी अड्डा स्रोतका अनुसार श्रेष्ठले यसै साता सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयको नेतृत्व सम्हाल्ने तयारी छ।

नेपाली सेनाको प्रवक्तमा सहायक रथी राजेन्द्र श्रेष्ठ नियुक्त

नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयको नेतृत्व परिवर्तन हुने भएको छ। हाल प्रवक्ताको जिम्मेवारीमा रहेका सहायक रथी राजाराम बस्नेतलाई प्रधानसेनापतिको सचिवालयमा सरुवा गरी उनको स्थानमा सहायक रथी राजेन्द्र श्रेष्ठलाई नियुक्त गर्ने निर्णय जंगी अड्डाले गरेको स्रोतले जनाएको छ।

जंगी अड्डा स्रोतका अनुसार श्रेष्ठले यसै साता सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयको नेतृत्व सम्हाल्ने तयारी छ। त्यसका लागि एक–दुई दिनभित्रै जिम्मेवारी हस्तान्तरण गर्ने प्रक्रिया अघि बढाउने तयारी गरिएको छ।

सहायक रथी बस्नेत गत असारमा सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयमा आएका थिए। करिब १७ महिनापछि उनको सरुवा हुन लागेको हो। नेपाली सेनामा सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका निर्देशकले नै सूचना अधिकारी तथा प्रवक्ताको जिम्मेवारी सम्हाल्ने अभ्यास छ।

नयाँ प्रवक्ताका रूपमा जिम्मेवारी पाउन लागेका सहायक रथी श्रेष्ठ प्राविधिक पृष्ठभूमिका सैनिक अधिकारी हुन्। सैनिक स्रोतका अनुसार उनी इन्जिनियर हुन् भने बम निष्क्रिय पार्ने कार्यका विज्ञसमेत हुन्। नेपाली सेनामा पहिलोपटक प्राविधिक पृष्ठभूमिका सहायक रथीलाई प्रवक्ताको जिम्मेवारी दिन लागिएको सैनिक अधिकारीहरूले बताएका छन्।

यद्यपि, हालका प्रवक्ता सहायक रथी बस्नेतले भने सरुवासम्बन्धी प्रक्रिया सुरु भइनसकेको बताएका छन्। उनले यसबारे प्रक्रिया अघि बढेपछि जानकारी दिने बताए।

मुख्यालय स्रोतका अनुसार जेनजी आन्दोलनयता निर्देशनालयको नेतृत्वमा रहँदा बस्नेतले निर्वाह गरेको भूमिकाको मूल्यांकन गर्दै प्रधानसेनापति अशोकराज सिग्देलले उनलाई आफ्नो सचिवालयमा ल्याउने निर्णय गरेका हुन्। बस्नेतले केही दिनपछि प्रधानसेनापतिको सैनिक सचिवका रूपमा जिम्मेवारी सम्हाल्ने तयारी रहेको स्रोतले जनाएको छ।

प्रकाशित: १ मंसिर २०८३ २०:०८ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
1d ago
ढोरपाटनको सहायक गन्तव्य जलजला

ढोरपाटनको सहायक गन्तव्य जलजला

धवलागिरि गाउँपालिका–२ मा रहेको जलजला ढोरपाटन सिकार आरक्षको सहायक गन्तव्यका रुपमा विकास हुन थालेको छ । सडक यातायात, प्रचारप्रसार र गोठ‘स्टे’ सञ्चालन भएपछि ढोरपाटन उपत्यका भ्रमणमा आएका पर्यटकहरु हिम...

#सहायक
Compare →

Related Stories

Technology
Build #2612