Trending
Prev Story
Next Story

पारस खड्का क्यूजे मोटर नेपालको ब्रान्ड एम्बेसडर नियुक्त

Ekantipur •
November 17, 2026 • 03:02 PM
2
2 reads 0 reactions

क्यूजे मोटर सन् १९५५ मा गिली ग्रुपअन्तर्गत स्थापित ब्रान्ड हो। कम्पनीले इन्जिनियरिङ, नवीनता र गुणस्तरीय उत्पादनका लागि अन्तर्राष्ट्रिय बजारमा आफ्नो पहिचान बनाएको जनाएको छ।

पारस खड्का क्यूजे मोटर नेपालको ब्रान्ड एम्बेसडर नियुक्त

क्यूजे मोटर सन् १९५५ मा गिली ग्रुपअन्तर्गत स्थापित ब्रान्ड हो। कम्पनीले इन्जिनियरिङ, नवीनता र गुणस्तरीय उत्पादनका लागि अन्तर्राष्ट्रिय बजारमा आफ्नो पहिचान बनाएको जनाएको छ।

काठमाडौँ — पूर्वक्रिकेटर पारस खड्का क्यूजे मोटर नेपालको ब्रान्ड एम्बेसडर नियुक्त भएका छन्। एचएएमएस ग्रुपको अटोमोटिभ व्यवसायिक इकाइ हाइली एडभान्स्ड मोटर्स प्रालि (एचएएमएस) ले उनलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको हो । यससम्बन्धी सम्झौतामा हस्ताक्षर भएसँगै खड्का क्यूजे मोटर नेपालको ब्रान्ड एम्बेसडरका रूपमा औपचारिक रूपमा आबद्ध भएका छन्। यो सहकार्यले नेपालमा क्यूजे मोटरको यात्रामा महत्त्वपूर्ण कोसेढुंगा थपेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यस सहकार्यले विश्वाससहित मोटरसाइकल ब्रान्डलाई नेपाली बजारमा थप सशक्त रूपमा स्थापित गर्न सहयोग पुग्नेछ। क्यूजे मोटर सन् १९५५ मा गिली ग्रुपअन्तर्गत स्थापित ब्रान्ड हो। कम्पनीले इन्जिनियरिङ, नवीनता र गुणस्तरीय उत्पादनका लागि अन्तर्राष्ट्रिय बजारमा आफ्नो पहिचान बनाएको जनाएको छ। ब्रान्ड एम्बेसडर नियुक्त भएपछि खड्काले क्यूजे मोटरसँग जोडिन पाउँदा खुसी लागेको बताए। उनले भने, ‘मेरो लागि विश्वास र विश्वसनीयता खेलेको होस् वा दैनिक जीवन, हरेक क्षेत्रमा उत्तिकै महत्त्वपूर्ण छ। मलाई लाग्छ, कुनै पनि ब्रान्डले मानिसहरूमा जगाउने भरोसा र प्रदान गर्ने अनुभवबाटै आफ्नो पहिचान बनाउँछ। क्यूजे मोटरसँग आबद्ध हुन पाउँदा म अत्यन्तै खुसी छु र नेपालमा यसको आगामी यात्राको हिस्सा बन्न उत्साहित छु।’ एचएएमएस ग्रुपका अध्यक्ष आरएस भण्डारीले कम्पनीको यात्रा सधैँ विश्वास, प्रतिबद्धता र दीर्घकालीन सम्बन्धबाट निर्देशित हुँदै आएको बताए। क्यूजे मोटरसँगको सहकार्यले नेपाली ग्राहकहरूमा गुणस्तर र विश्वसनीयताप्रतिको विश्वासलाई थप प्रतिनिधित्व गर्ने उनको भनाइ छ। ‘पारस खड्कालाई ब्रान्ड एम्बेसडरका रूपमा स्वागत गर्न पाउँदा हामी गर्व गर्छौं। उहाँको प्रतिबद्धता हाम्रो मूल्यांकन गर्ने सम्पूर्ण, इमानदारी र विश्वासको प्रतिनिधित्व गर्छ,’ भण्डारीले भने। त्यस्तै, एचएएमएसका कार्यकारी निर्देशक समीर भण्डारीले कम्पनीको दृष्टिकोण नेपालमा एक विश्वव्यापी मोटरसाइकल ब्रान्ड स्थापित गर्नु मात्र नभई ग्राहकले विश्वास गर्न र अपनत्व लिन सक्ने एक दिगो निर्माण गर्ने रहेको बताए।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Onlinekhabar
9h ago
लेमन ट्री प्रिमियरको ब्रान्ड एड्भोकेटमा अभिनेत्री श्वेता खड्का नियुक्त

लेमन ट्री प्रिमियरको ब्रान्ड एड्भोकेटमा अभिनेत्री श्वेता खड्का नियुक्त

१ मंसिर, काठमाडौं । लेमन ट्री प्रिमियर बुढानीलकण्ठले नेपाली चलचित्र क्षेत्रकी अभिनेत्री, निर्मात्री तथा सफल उद्यमी श्वेता खड्कालाई आफ्नो ब्रान्ड एड्भोकेटका रूपमा नियुक्त गरेको छ। सन् २०२६ नोभेम्बर १६ देखि लागू हुने गरी खड्कासँग औपचारिक …

#ब्रान्ड #खड्का #नियुक्त
Compare →
Hamro Patro News
1d ago
सानेपामा खड्का र कोइरालाका लागि वरिष्ठ नेताको हैसियतामा छुट्टै कार्यकक्ष

सानेपामा खड्का र कोइरालाका लागि वरिष्ठ नेताको हैसियतामा छुट्टै कार्यकक्ष

३० कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले १५औं महाधिवेशनमा सहभागी नभएका नेताद्वय पूर्णबहादुर खड्का र डा. शेखर कोइरालाका लागि छुट्टै कोठाको व्यवस्था गरेको छ । सभापति गगनकुमार थापाले पूर्वउपसभापति खड...

#खड्का
Compare →

Related Stories

National (Nepal)
Build #2612