Trending
Prev Story
Next Story

मङ्सिर १ गतेदेखि कांग्रेसको ‘हामी तयार छौं’ अभियान

Nagarik News •
November 16, 2026 • 02:50 PM
2
2 reads 0 reactions

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको आत्मसमीक्षा, विचार, दस्तावेज र सशक्त प्रतिपक्षी भूमिकाको स्पष्ट खाकासहित आगामी मङ्सिर १ गतेदेखि ‘हामी तयार छौं’ अभियान सुरु गर्न लागिएको जानकारी दिएका छन्।

मङ्सिर १ गतेदेखि कांग्रेसको ‘हामी तयार छौं’ अभियान

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको आत्मसमीक्षा, विचार, दस्तावेज र सशक्त प्रतिपक्षी भूमिकाको स्पष्ट खाकासहित आगामी मङ्सिर १ गतेदेखि ‘हामी तयार छौं’ अभियान सुरु गर्न लागिएको जानकारी दिएका छन्।

कांग्रेस गण्डकी प्रदेशले आज पोखरामा आयोजना गरेको भेटघाट कार्यक्रममा उनले पार्टीका कमीकमजोरी सच्चाउँदै सशक्त रूपमा उभिन र सकारात्मक प्रतिपक्षको भूमिका निर्वाहका लागि योजना बनाउन ‘हामी तयार छौं’ अभियान सञ्चालन गर्न लागिएको बताए।

हल्ला र कानेखुसीले पार्टी कमजोर हुने भएकाले त्यसतर्फ नलाग्न पार्टीका नेता, कार्यकर्तालाई आग्रह गर्दै महामन्त्री पौडेलले पार्टीलाई सशक्त बनाउन आपसी सहकार्य र समन्वय आवश्यक पर्नेमा जोड दिए। कार्यविभाजन नभएका नेताहरूका लागि भूमिका दिने सन्दर्भमा पार्टीले फराकिलो दायरा निर्माण गर्ने उनले बताए।

महामन्त्री पौडेलले पार्टीको आत्मसमीक्षा, विचार, दस्तावेज र सशक्त प्रतिपक्षी भूमिकाको स्पष्ट खाका बनाउन अभियान सुरु गर्न लागिएको जानकारी दिए।

मङ्सिर महिनाभित्रै जिल्ला र प्रदेश अधिवेशनका साथै स्थानीय तह निर्वाचनको तयारीलाई व्यापक बनाइने उल्लेख गर्दै उनले शीघ्र अभियानको खाकासहितको सर्कुलर प्रदेश र जिल्ला तहमा पठाइने बताए।

प्रकाशित: ३० कार्तिक २०८३ २०:३५ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
30m ago
मंसिर १ गतेदेखि कांग्रेसको ‘हामी तयार छौँ’ अभियान

मंसिर १ गतेदेखि कांग्रेसको ‘हामी तयार छौँ’ अभियान

पोखरा। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको आत्मसमीक्षा, विचार, दस्तावेज र सशक्त प्रतिपक्षी भूमिकाको स्पष्ट खाकासहित आगामी मङ्सिर १ गतेदेखि ‘हामी तयार छौँ’ अभियान सुरु गर्न लागिएको ...

#कांग्रेस #हामी #अभियान
Compare →
Onlinekhabar
2d ago
कांग्रेसको ‘हामी तयार छौं’ अभियानमा तीन लाख नेता-कार्यकर्ता परिचालित हुँदै

कांग्रेसको ‘हामी तयार छौं’ अभियानमा तीन लाख नेता-कार्यकर्ता परिचालित हुँदै

२८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनको तयारी र पार्टीको आन्तरिक सुदृढीकरणका लागि मंसिर १ गतेदेखि ‘हामी तयार छौं’ अभियान सञ्चालन गर्ने भएको छ । १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठकले गरेको निर्णयअनुसार …

#कांग्रेस #हामी #अभियान
Compare →
Ekantipur
1d ago
समाजमा सकारात्मक ऊर्जा प्रवाह गर्न कांग्रेसको अभियान: सभापति थापा

समाजमा सकारात्मक ऊर्जा प्रवाह गर्न कांग्रेसको अभियान: सभापति थापा

सभापति थापाले समाजलाई घृणा तथा प्रतिशोधबाट मुक्त गराउन सकारात्मक सन्देश फैलाउनका लागि पार्टीले एकमहिने अभियान सञ्चालन गर्ने बताए।

#अभियान #कांग्रेस
Compare →

Related Stories

Politics & Governance
Build #2612