Trending
Prev Story
Next Story

धनगढीमा ‘सुदूरपश्चिम साहित्य महोत्सव–२०८३’ हुँदै

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
3
3 reads 0 reactions

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानले धनगढीमा दुईदिने 'सुदूरपश्चिम साहित्य महोत्सव–२०८३' आयोजना गर्ने भएको छ । यही मंसिर २६ र २७ गते कैलाली बहुमुखी क्याम्पसको परिसरमा महोत्सवम आयोजना हुँदैछ । सुदूरपश्चिम प्रदेशको साहित्य, कला, संस्कृति, भाषा, सभ्यता र …

धनगढीमा ‘सुदूरपश्चिम साहित्य महोत्सव–२०८३’ हुँदै

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानले धनगढीमा दुईदिने ‘सुदूरपश्चिम साहित्य महोत्सव–२०८३’ आयोजना गर्ने भएको छ । यही मंसिर २६ र २७ गते कैलाली बहुमुखी क्याम्पसको परिसरमा महोत्सवम आयोजना हुँदैछ ।

सुदूरपश्चिम प्रदेशको साहित्य, कला, संस्कृति, भाषा, सभ्यता र सामाजिक विविधतालाई राष्ट्रिय विमर्शको केन्द्रमा ल्याउने उद्देश्य महोत्सवको रहेको छ ।

महोत्सवमा डेढ दर्जनभन्दा बढी सत्र सञ्चालन हुनेछन् । सुदूरपश्चिमका मौलिक ज्ञान, लोकसाहित्य, भाषा, संस्कृति र सामाजिक अनुभवलाई उजागर गर्नुका साथै यहाँको साहित्यिक सिर्जनालाई प्रवर्द्धन गर्ने उद्देश्य राखिएको महोत्सवका केन्द्रीय संयोजक दीपक सापकोटाले जानकारी दिए ।

सापकोटाका अनुसार प्रदेशका नौ वटै जिल्लाका कवि तथा गजलकारको सहभागितामा कविता र गजल साँझ आयोजना गरिनेछ । यस्तै, हुड्केली, छलिया, होरी, देउडा र सखियालगायतका मौलिक सांस्कृतिक झाँकीसमेत प्रस्तुत गरिने कार्यक्रम छ । साहित्य लेखन कार्यशाला, पुस्तक विमोचन तथा साहित्य, इतिहास र संस्कृतिसम्बन्धी कार्यपत्र प्रस्तुति पनि महोत्सवका आकर्षण रहनेछन् ।

आयोजकका अनुसार गोपाल हमाल, डा. हेमराज पन्त, डा. लोकबहादुर विष्ट, पद्मराज जोशी, गोकर्ण अवस्थी, उमादेवी वादी, रक्षा बम, इन्दु थारू, राज सरगम, डा. तुलसी शर्मा, मिलन पाण्डे, महेशविक्रम शाह, केशव दाहाल, विप्लव प्रतीक, राजकुमार बानियाँ, डा. अस्मिता विष्ट, शैलेन्द्र अधिकारी, बाबु त्रिपाठी, विश्व सिग्देल र प्रज्वल अधिकारीलगायतको उपस्थिति रहने छ ।

महोत्सवमा आख्यानकार नारायण ढकालले ‘नेपाली साहित्य हिँडेको बाटो’ शीर्षकमा विद्वत् प्रवचन दिने कार्यक्रमसमेत रहेको छ।

महोत्सवले सुदूरपश्चिमका सांस्कृतिक सम्पदाको संरक्षण, संवर्द्धन र प्रवर्द्धनमा योगदान पुर्‍याउनुका साथै प्रदेशको मौलिक पहिचान र सम्भावनालाई राष्ट्रियस्तरमा परिचित गराउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
2h ago
'सुदूरपश्चिम साहित्य महोत्सव' मंसिर २६ देखि

'सुदूरपश्चिम साहित्य महोत्सव' मंसिर २६ देखि

नेपाल प्रज्ञा–प्रतिष्ठानले धनगढीमा आयोजना गर्ने दुईदिने महोत्सवमा सुदूरपश्चिमको साहित्य, सिर्जना, पर्यापर्यटन, शिक्षा, सेती–महाकालीका कथा, भूगोल, इतिहास, समाज र संस्कृति लगायतका विषयमा अन्तरसंवाद तथा विमर्श गरिनेछ ।

#सुदूरपश्चिम #महोत्सव #साहित्य
Compare →
Hamro Patro News
2h ago
चिचिला महोत्सव : पर्यटन गन्तब्य बनाउने प्रतिवद्धता

चिचिला महोत्सव : पर्यटन गन्तब्य बनाउने प्रतिवद्धता

कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विदुर लिङ्थेपले स्थानीय पर्यटन गन्तब्यको विकास गर्न प्रदेश सरकार लागिरहेको बताउनुभएको छ । चिचिला महोत्सवको उद्घाटन गर्नुहुदैं लिङ्थेपले यस्तो बत...

#महोत्सव
Compare →
Bizshala
8h ago
एनपीएल विजेता सुदूरपश्चिमलाई डेढ करोड, खेलाडीले पाए आकर्षक पुरस्कार

एनपीएल विजेता सुदूरपश्चिमलाई डेढ करोड, खेलाडीले पाए आकर्षक पुरस्कार

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को उपाधि जितेको सुदूरपश्चिम रोयल्सले १ करोड ५० लाख रुपैयाँ पुरस्कार पाएको...

#सुदूरपश्चिम
Compare →
Nagarik News
21h ago
मुनसीको विस्फोटक शतकमा सुदूरपश्चिम पहिलोपटक च्याम्पियन, फाइनल हेर्न पुगे रविदेखि सुधनसम्म

मुनसीको विस्फोटक शतकमा सुदूरपश्चिम पहिलोपटक च्याम्पियन, फाइनल हेर्न पुगे रविदेखि सुधनसम्म

जर्ज मुनसीको कीर्तिमानी शतकसँगै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको च्याम्पियन बनेको छ।

#सुदूरपश्चिम
Compare →

Related Stories

Education & Youth
Build #2612