Trending
Prev Story
Next Story

उतारचढाव पार गर्दै सुदूरपश्चिमले जितेको ऐतिहासिक उपाधि

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
2
2 reads 0 reactions 4 comments

६ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुदूरपश्चिम रोयल्सका लागि सहज रहेन। पहिलो खेलमै पराजय, वर्षाले प्रभावित खेलमा पाँच ओभरमा झारिएको प्रतिस्पर्धा र त्यससँगै जोडिएको विवाद, लिग चरणको लगातार चार जित, …

1 / 4
Swipe Photos

६ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुदूरपश्चिम रोयल्सका लागि सहज रहेन। पहिलो खेलमै पराजय, वर्षाले प्रभावित खेलमा पाँच ओभरमा झारिएको प्रतिस्पर्धा र त्यससँगै जोडिएको विवाद, लिग चरणको लगातार चार जित, पहिलो क्वालिफायरको हार अनि दोस्रो क्वालिफायरको रोमाञ्चक जित।

यी सबै उतारचढाव पार गर्दै सुदूरपश्चिमले अन्ततः पहिलोपटक एनपीएलको उपाधि जित्न सफल भयो । लगातार दुई सिजन फाइनलमा पराजित भएको सुदूरपश्चिमका लागि यसपटक भने भाग्य फेरियो । यसक्रममा दीपेन्द्रले आफ्नो कप्तानीमा तेस्रो फ्रेन्चाइज उपाधि जिते ।

सुदूरपश्चिमले प्रतियोगिताको सुरुवात नै साविक विजेता लुम्बिनी लायन्ससँगको हारबाट गरेको थियो। पहिलो खेलमा लुम्बिनीसँग सात विकेटले पराजित भएपछि टोलीले दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई हराउँदै पुनरागमन गर्‍यो। तर त्यसपछिको खेल सुदूरपश्चिमका लागि प्रतियोगिताकै सबैभन्दा असहज क्षणमध्ये एक बन्यो।

विराटनगर किंग्ससँगको खेल वर्षाका कारण प्रभावित भएपछि पाँच–पाँच ओभरमा झारिएको थियो। खेल सञ्चालन गर्ने समय र मैदानको अवस्थालाई लिएर सुदूरपश्चिमले असहमति जनाएको थियो।

भिजेको आउटफिल्डमा खेलाडीको सुरक्षामा जोखिम हुने भन्दै टोलीले खेल्न आनाकानी गरेपछि मैदानमै लामो छलफल भएको थियो। कप्तान दीपेन्द्रसिंह ऐरी, मुख्य प्रशिक्षक मिस्बाह उल–हक, क्यानका सचिव पारस खड्का, अम्पायर र क्युरेटरबीच छलफल भएपछि खेल सञ्चालन भएको थियो।

सुदूरपश्चिमका मुख्य प्रशिक्षक मिस्बाहले पछि मैदानको अवस्था खेल्न उपयुक्त नरहेको र खेलाडीको स्वास्थ्य जोखिममा परेको बताएका थिए। उनका अनुसार टोली खेल्न मानसिक रूपमा तयार थिएन।

तर एनपीएल निर्देशक धीरेन्द्र साउदले भने म्याच रेफ्री र ग्राउन्ड स्टाफले निरीक्षण गरेपछि खेलका लागि अनुमति दिएको तथा खेल सञ्चालन गर्ने निर्णय म्याच अफिसियलको अधिकार क्षेत्रभित्र पर्ने बताएका थिए।

विवादबीच सुरु भएको पाँच ओभरको खेलमा विराटनगरले १०६ रनको लक्ष्य दिएको थियो। जवाफमा सुदूरपश्चिमले पाँच ओभरमा ७० रन मात्र बनाउन सक्यो। टोली ३५ रनले पराजित भयो।

त्यस खेलपछि सुदूरपश्चिमका कप्तान तथा टोलीका प्रतिनिधि पुरस्कार वितरण र पत्रकार सम्मेलनमा सहभागी नभएको विषयले पनि चर्चा पाएको थियो।

विराटनगरसँगको हारपछि सुदूरपश्चिमको लिग चरणको यात्रा फेरि बदलियो। त्यसपछिका चार खेलमा टोलीले लगातार जित निकाल्यो। चितवन राइनोजलाई हराउँदै जितको लय सुरु गरेको सुदूरपश्चिमले त्यसपछि कर्णाली याक्स, जनकपुर बोल्ट्स र काठमान्डु गोर्खाजलाई पनि पराजित गर्‍यो।

सुरुवाती तीन खेलमा दुई हार बेहोरेको टोलीले लगातार चार जित निकाल्दै लिग चरणमा पाँच जितसहित १० अंक जोड्यो। लुम्बिनी लायन्सपछि दोस्रो स्थानमा रहेर प्लेअफमा पुगेको सुदूरपश्चिमले यससँगै पहिलो क्वालिफायर खेल्ने अवसर पायो।

तर पहिलो क्वालिफायरमा सुदूरपश्चिम फेरि लुम्बिनीसँग पराजित भयो। लिग चरणको पहिलो खेलमा पनि लुम्बिनीसँग हारेको टोलीले क्वालिफायरमा १०५ रनमा सीमित हुँदै ६ विकेटको हार बेहोरेको थियो। लुम्बिनीसँगको लगातार दोस्रो हारले सुदूरपश्चिमको फाइनल यात्रा फेरि चुनौतीपूर्ण बनायो।

पहिलो क्वालिफायरमा पराजित भएपछि सुदूरपश्चिमसँग फाइनल पुग्ने अर्को एउटा अवसर बाँकी थियो। त्यसका लागि दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई हराउनुपर्ने थियो।

चितवनले दिएको १३४ रनको लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिमले ७६ रनमै पाँच विकेट गुमाइसकेको थियो। दबाबमा परेको टोलीलाई थरिन्दु रत्नायकेले अविजित अर्धशतक बनाउँदै जितसम्म पुर्‍याए।

उनले ४२ बलमा अविजित ५३ रन बनाएपछि सुदूरपश्चिमले तीन विकेटको रोमाञ्चक जित निकाल्यो। लगातार तेस्रोपटक फाइनल पुग्ने सुदूरपश्चिम पहिलो टोली बन्यो।

तेस्रो फाइनलमा लुम्बिनीलाई नै हरायो

सुदूरपश्चिमका लागि यो लगातार तेस्रो एनपीएल फाइनल थियो। पहिलो संस्करणमा जनकपुर बोल्ट्ससँग पराजित भएको टोली दोस्रो संस्करणमा लुम्बिनी लायन्ससँग हारेको थियो।

यसपटक पनि फाइनलमा प्रतिद्वन्द्वी लुम्बिनी नै थियो। संयोगवश, लिग चरणको पहिलो खेल र पहिलो क्वालिफायरमा पनि सुदूरपश्चिम लुम्बिनीसँगै पराजित भएको थियो।

यसरी एउटै सिजनमा लुम्बिनीसँग तीनपटक हार बेहोरेको सुदूरपश्चिमसँग फाइनलमा त्यसको जवाफ दिने अवसर थियो। निर्णायक खेलमा भने टोलीले कुनै गल्ती गरेन।

लुम्बिनीले दिएको १५६ रनको लक्ष्य सुदूरपश्चिमले कुनै विकेट नगुमाई १३.३ ओभरमै पूरा गर्‍यो। जर्ज मन्सेले अविजित १२५ रन बनाए भने विनोद भण्डारीले अविजित ३० रनको योगदान दिए। उनीहरूबीच पहिलो विकेटका लागि १५८ रनको अविजित साझेदारी भयो।

१० विकेटको जितसँगै सुदूरपश्चिमले पहिलोपटक एनपीएलको उपाधि जित्यो। अघिल्ला दुई संस्करणमा फाइनल पुगेर पनि उपाधिविहीन बनेको टोलीले तेस्रो प्रयासमा सफलता पायो।

यससँगै एउटै सिजनमा लिग चरण र पहिलो क्वालिफायरमा बेहोरेको लुम्बिनीसँगको हारको बदला पनि फाइनलमा लियो।

उपाधि जितेपछि सुदूरपश्चिमका कप्तान दीपेन्द्रले सबैजनाका लागि खुसीको क्षण बनेको प्रतिक्रिया दिए । ‘यो सबै हाम्रो टिमको लागि पनि थियो र दुई वर्षदेखि हामीले पर्खिरहेका थियौं, दुईपटक फाइनलमा हार्‍यौं तर यसपटक चाहिँ जित्ने भनेर सबैको आत्मविश्वास उच्च थियो, जितेका पनि छौं’ उनले भने ।

दीपेन्द्रले विदेशी खेलाडीलाई पनि विशेष धन्यवाद दिए । ‘हाम्रो टिममा आएर उनीहरूले आफ्नो अनुभव साझा गरे, जसले गर्दा धेरै फाइदा पुग्यो, हामीले यो वर्ष चाहिँ उपाधि जित्न सक्यौं’ उनले भने ।

सुदूरपश्चिमको यो उपाधि केवल फाइनलको एउटा जितको परिणाम थिएन। सुरुवाती हारपछि लय समात्नु, विवादित खेलको दबाबबाट बाहिर निस्कनु, लगातार चार जित निकाल्नु, पहिलो क्वालिफायरको हारपछि पुनः सम्हालिनु र दोस्रो क्वालिफायरमा कठिन अवस्थामा जित निकाल्नु- यी सबै चरण पार गरेपछि टोलीले उपाधि उचाल्न सफल भयो।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
9h ago
एनपीएल सिजन–३ को उपाधि सुदूरपश्चिम रोयल्सले जिते

एनपीएल सिजन–३ को उपाधि सुदूरपश्चिम रोयल्सले जिते

नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को उपाधि सुदूरपश्चिम रोयल्सले जितेको छ । फाइनलमा साविक विजेता लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिम तेस्रो प्रयासमा च्याम्पियन बनेको हो । उपाधि ...

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
Compare →
Bizshala
16h ago
मुन्सीको १२ छक्कासहित अविजित १२५ रनले सुदूरपश्चिमलाई दिलायो पहिलो एनपीएल उपाधि

मुन्सीको १२ छक्कासहित अविजित १२५ रनले सुदूरपश्चिमलाई दिलायो पहिलो एनपीएल उपाधि

काठमाण्डौ । लगातार दुई फाइनलमा उपाधि गुमाएको सुदूरपश्चिम रोयल्सले तेस्रो प्रयासमा नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी...

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
Compare →
Ekantipur
16h ago
उपाधि उचाल्दाको उल्लास : सुदूरपश्चिमको ऐतिहासिक जित [तस्बिरहरू]

उपाधि उचाल्दाको उल्लास : सुदूरपश्चिमको ऐतिहासिक जित [तस्बिरहरू]

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल प्रतिस्पर्धामा लुम्बिनी लायन्सलाई पराजित गर्दै च्याम्पियन बनेको सुदूरपश्चिमले एनपिएलमा पहिलोपटक उपाधि उचाल्दै आफ्नो नाममा सफलता हात पार्न सफल भएको हो ।

#सुदूरपश्चिम #उपाधि #ऐतिहासिक
Compare →
Arthasansar
17h ago
एनपीएलको उपाधि सुदुरपश्चिमलाई, लुम्बिनी माथि १० विकेटकाे किर्तिमानी जित

एनपीएलको उपाधि सुदुरपश्चिमलाई, लुम्बिनी माथि १० विकेटकाे किर्तिमानी जित

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको उपाधि सुदुरपश्चिम रोएल्सले जितेको हो । शनिबार भएको खेलमा साविक विजेता लुम्बिनी लायन्सलाई...

#एनपीएल #प्रिमियर-लिग #उपाधि
Compare →
Nagarik News
17h ago
रिजन ढकालले पाए ओमोडा कार र पल्सर बाइक

रिजन ढकालले पाए ओमोडा कार र पल्सर बाइक

नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा चितवन राइनोजका बलर रिजन ढकाल सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट बलर घोषित भएका छन्।

#एनपीएल #प्रिमियर-लिग
Compare →

Related Stories

National (Nepal)
Build #2612