Trending
Prev Story
Next Story

पहिलोपटक एनपीएल उपाधि जित्दा सुदूरपश्चिमको खुसी(तस्वीरहरू)

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

५ मंसिर, काठमाडौं । सुदूरपश्चिम रोयल्सले दुई फाइनलमा भोगेको नमिठो हारलाई बिर्सँदै नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करणको उपाधि जितेको छ । अघिल्ला दुई संस्करणमा शानदार प्रदर्शन गर्दै फाइनलमा पुगेपनि सुदूरपश्चिम उपाधिबाट वञ्चित रहँदै आएको थियो । …

पहिलोपटक एनपीएल उपाधि जित्दा सुदूरपश्चिमको खुसी(तस्वीरहरू)

५ मंसिर, काठमाडौं । सुदूरपश्चिम रोयल्सले दुई फाइनलमा भोगेको नमिठो हारलाई बिर्सँदै नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करणको उपाधि जितेको छ ।

अघिल्ला दुई संस्करणमा शानदार प्रदर्शन गर्दै फाइनलमा पुगेपनि सुदूरपश्चिम उपाधिबाट वञ्चित रहँदै आएको थियो । यसपटक अघिल्लो संस्करणको फाइनल र जारी संस्करणको लिग चरण र पहिलो क्वालिफायर खेलमा भोगेको हारको बदला लिँदै सुदूरपश्चिमले शनिबार भएको फाइनल खेलमा लुम्बिनी लायन्सलाई १० विकेटको फराकिलो अन्तरले पराजित गर्‍यो ।

टीयू मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको लुम्बिनीले ६ विकेट गुमाएर १५५ रन बनाएको थियो । सुदूरपश्चिमले १३.३ ओभरमा कुनै विकेट नगुमाई १५८ रन बनाएर लक्ष्य पूरा गर्‍यो ।

सुदूरपश्चिमको जितमा ओपनर ब्याटर जर्ज मन्से नायक रहे । उनले ५४ बलमा १२५ रनको विशाल पारी खेले । जसमा ८ चौका र १२ छक्का सामेल छन् ।

उनलाई अर्का ओपनर विनोद भण्डारीले २७ बलमा ३० रन बनाएर साथ दिएका थिए ।

सुदूरपश्चिमले यो जितसँगै उपाधिमाथि कब्जा जमाएको छ । शनिबार राति त्रिवि क्रिकेट मैदानमा आयोजित विशेष समारोहकाबीच नेपाल क्रिकेट संघ(क्यान)का अध्यक्ष चतुरबहादुर चन्द र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीलाई एनपीएलको ट्रफी हस्तान्तरण गरे ।

ट्रफी उचालेसँगै सुदूरपश्चिमका खेलाडी, प्रशिक्षक तथा सपोर्टिङ स्टाफ र व्यवस्थापकीय पक्षले मैदानमै खुसीयाली मनाएका छन् ।

तस्वीरहरू : कमल प्रसाईँ र विकास श्रेष्ठ/अनलाइनखबर

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
8m ago
मुन्सीको १२ छक्कासहित अविजित १२५ रनले सुदूरपश्चिमलाई दिलायो पहिलो एनपीएल उपाधि

मुन्सीको १२ छक्कासहित अविजित १२५ रनले सुदूरपश्चिमलाई दिलायो पहिलो एनपीएल उपाधि

काठमाण्डौ । लगातार दुई फाइनलमा उपाधि गुमाएको सुदूरपश्चिम रोयल्सले तेस्रो प्रयासमा नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी...

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
Compare →
Hamro Patro News
1h ago
तेस्रो प्रयासमा सुदूरपश्चिमले उचाल्यो एनपीएल ट्रफी

तेस्रो प्रयासमा सुदूरपश्चिमले उचाल्यो एनपीएल ट्रफी

५ मंसिर, काठमाडौं । लगातार दुई संस्करणको फाइनलमा पुगेर पनि उपाधिबाट वञ्चित भएको सुदूरपश्चिम रोयल्सले तेस्रो प्रयासमा नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी उचालेको छ । साविक विजेता लुम्बिनी लायन्सलाई...

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
Compare →
Ekantipur
1h ago
तस्बिरमा हेर्नुहोस् एनपीएल फाइनल

तस्बिरमा हेर्नुहोस् एनपीएल फाइनल

भेट्रान स्कटिस ब्याटर जर्ज मुन्सेले सानदार शतक बनाएपछि सुदूरपश्चिम रोयल्सले तेस्रो सिजनमा आएर नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो उपाधि जितेको छ । सुदूरपश्चिमले शनिबार भएको फाइनलमा लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्‍यो ।

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
Compare →
Nagarik News
2h ago
मुनसीको विस्फोटक शतकमा सुदूरपश्चिम पहिलोपटक च्याम्पियन, फाइनल हेर्न पुगे रविदेखि सुधनसम्म

मुनसीको विस्फोटक शतकमा सुदूरपश्चिम पहिलोपटक च्याम्पियन, फाइनल हेर्न पुगे रविदेखि सुधनसम्म

जर्ज मुनसीको कीर्तिमानी शतकसँगै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको च्याम्पियन बनेको छ।

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
Compare →
Arthasansar
1h ago
एनपीएलको उपाधि सुदुरपश्चिमलाई, लुम्बिनी माथि १० विकेटकाे किर्तिमानी जित

एनपीएलको उपाधि सुदुरपश्चिमलाई, लुम्बिनी माथि १० विकेटकाे किर्तिमानी जित

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको उपाधि सुदुरपश्चिम रोएल्सले जितेको हो । शनिबार भएको खेलमा साविक विजेता लुम्बिनी लायन्सलाई...

#एनपीएल #प्रिमियर-लिग #उपाधि
Compare →

Related Stories

National (Nepal)
Build #2612