Trending
Prev Story
Next Story

उपाधि उचाल्दाको उल्लास : सुदूरपश्चिमको ऐतिहासिक जित [तस्बिरहरू]

Ekantipur •
November 21, 2026 • 04:02 PM
2
2 reads 0 reactions

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल प्रतिस्पर्धामा लुम्बिनी लायन्सलाई पराजित गर्दै च्याम्पियन बनेको सुदूरपश्चिमले एनपिएलमा पहिलोपटक उपाधि उचाल्दै आफ्नो नाममा सफलता हात पार्न सफल भएको हो ।

उपाधि उचाल्दाको उल्लास : सुदूरपश्चिमको ऐतिहासिक जित [तस्बिरहरू]

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल प्रतिस्पर्धामा लुम्बिनी लायन्सलाई पराजित गर्दै च्याम्पियन बनेको सुदूरपश्चिमले एनपिएलमा पहिलोपटक उपाधि उचाल्दै आफ्नो नाममा सफलता हात पार्न सफल भएको हो ।

तस्बिर : हेमन्त श्रेष्ठ , अंगद ढकाल

चौका र छक्काको वर्षा, अन्तिम समयसम्म कायम जितको रोमाञ्चक प्रतिस्पर्धा र दर्शकदीर्घाको उत्साहपूर्ण साथबीच नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण (सिजन-३) को उपाधि सुदूरपश्चिम रोयल्सले आफ्नो नाममा दर्ता गराउँदै प्रतियोगिता सम्पन्न भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल प्रतिस्पर्धामा लुम्बिनी लायन्सलाई पराजित गर्दै च्याम्पियन बनेको सुदूरपश्चिमले एनपिएलमा पहिलोपटक उपाधि उचाल्दै आफ्नो नाममा सफलता हात पार्न सफल भएको हो ।

लगातार पहिलो र दोस्रो संस्करणको एनपिएलमा फाइनलमा पुग्दै उपविजेतामा सिमित बनेको सुदूरपश्चिमले यसपटक भने नयाँ इतिहास कायम गर्‍यो । दोस्रो संस्करणको एनपिएलमा लुम्बिीनीले सुदूरपश्चिमलाई पराजित गर्दै उपाधि जितेको थियो । गत कात्तिक ९ गतेदेखि सुरुआत भएको तेस्रो संस्करणको एनपिएलमा सुदूरपश्चिम विजेता बनेको छ । यसअघि भएको पहिलो संस्करणमा जनकपुर बोल्टल्स र दोस्रो संस्करणमा लुम्बिनी लायन्सले उपाधि जितेको थियो ।

लिगचरणमा सुदूरपश्चिमको यात्रा भने निकै सङ्घर्षपूर्ण रह्यो । पहिलो खेलमा लुम्बिनीसँग पराजित भएपछि सुदूरपश्चिमले पोखरालाई हराउँदै खेलमा पुनरागमन गरेको थियो । त्यसपछि तेस्रो खेलमा विराटनगरसँग पराजित भए पनि चितवन, कर्णाली, जनकपुर र काठमाडौँलाई लगातार हराउँदै लिग चरणमा दोस्रो स्थान हासिल गर्‍यो । सुदूरपश्चिमले लिग चरणमा १० अङ्क बटुलेको थियो । आजको फाइनल खेलमा जर्ज मन्सीको आक्रामक शतकको मद्दतमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्समाथि १० विकेटको शानदार जित निकालेको हो । लुम्बिनीले दिएको १५६ रनको लक्ष्य पच्छाएको सुदुरपश्चिमले १३ दशमलव ३ ओभरमा कुनै विकेट नगुमाई लक्ष्य पूरा गर्‍यो ।

तस्बिर कान्तिपुर मिडिया ग्रुपका आबद्ध उनी फोटो पत्रकार हुन् । खेलकुद फोटोग्राफीमा विशेष रुचि राख्छन् ।

अंगद ढकाल विगत एक दशकदेखि फोटोपत्रकारका रुपमा कार्यरत छन् । उनी हाल कान्तिपुर दैनिकसँग आवद्ध छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
8m ago
मुन्सीको १२ छक्कासहित अविजित १२५ रनले सुदूरपश्चिमलाई दिलायो पहिलो एनपीएल उपाधि

मुन्सीको १२ छक्कासहित अविजित १२५ रनले सुदूरपश्चिमलाई दिलायो पहिलो एनपीएल उपाधि

काठमाण्डौ । लगातार दुई फाइनलमा उपाधि गुमाएको सुदूरपश्चिम रोयल्सले तेस्रो प्रयासमा नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी...

#उपाधि #सुदूरपश्चिम
Compare →
Hamro Patro News
1h ago
लुम्बिनीलाई हराउँदै सुदूरपश्चिमले जित्यो एनपीएलको उपाधि

लुम्बिनीलाई हराउँदै सुदूरपश्चिमले जित्यो एनपीएलको उपाधि

काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधि जितेको छ । शनिबार भएको फाइनल खेलमा लुम्बिनी लायन्सलाई १० विकेटले हराउँदै सुदूरपश्चिम च्याम्पियन बनेको हो ।

#उपाधि #सुदूरपश्चिम
Compare →
Onlinekhabar
1d ago
सुदूरपश्चिमको पोल्टामा एनपीलको उपाधि, त्रिवि मैदानमा आतिशबाजी (तस्वीरहरू)

सुदूरपश्चिमको पोल्टामा एनपीलको उपाधि, त्रिवि मैदानमा आतिशबाजी (तस्वीरहरू)

५ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको उपाधि सुदूरपश्चिम रोयल्सले हात पारेको छ । जर्ज मन्सले आक्रमक ब्याटिङ गर्दै शानदार शतक बनाएपछि सुदूरपश्चिम रोयल्सले साविक विजेता लुम्बिनी लायन्सलाई पराजित गर्दै उपाधि जितेको …

#उपाधि #सुदूरपश्चिम
Compare →
Nagarik News
13h ago
एनपीएलको उपाधिका लागि आज सुदूरपश्चिम र लुम्बिनी भिड्दै, खेल ५ बजेदेखि सुरु हुने

एनपीएलको उपाधिका लागि आज सुदूरपश्चिम र लुम्बिनी भिड्दै, खेल ५ बजेदेखि सुरु हुने

नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको फाइनलमाआज सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स खेल्दै छन्।

#सुदूरपश्चिम #उपाधि
Compare →
Arthasansar
1h ago
एनपीएलको उपाधि सुदुरपश्चिमलाई, लुम्बिनी माथि १० विकेटकाे किर्तिमानी जित

एनपीएलको उपाधि सुदुरपश्चिमलाई, लुम्बिनी माथि १० विकेटकाे किर्तिमानी जित

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको उपाधि सुदुरपश्चिम रोएल्सले जितेको हो । शनिबार भएको खेलमा साविक विजेता लुम्बिनी लायन्सलाई...

#उपाधि
Compare →

Related Stories

Education & Youth
Build #2612