Trending
Prev Story
Next Story

रिजन ढकालले जिते कार, राहुल र लोकेशले पाए मोटरसाइकल

Ekantipur •
November 21, 2026 • 04:02 PM
2
2 reads 0 reactions

क्वालिफायर–२ मा पराजित भए पनि ढकालले सर्वोत्कृष्ट नेपाली खेलाडी, सर्वाधिक विकेट लिने नेपाली बलर र सर्वाधिक विकेटकर्ताको पुरस्कार पाए।

रिजन ढकालले जिते कार, राहुल र लोकेशले पाए मोटरसाइकल

क्वालिफायर–२ मा पराजित भए पनि ढकालले सर्वोत्कृष्ट नेपाली खेलाडी, सर्वाधिक विकेट लिने नेपाली बलर र सर्वाधिक विकेटकर्ताको पुरस्कार पाए।

काठमाडौँ — बिहीबार क्वालिफायर–२ मा सुदूरपश्चिम रोयल्ससँग पराजित भएपछि रिजन ढकाल र चितवन राइनोज खुसी थिएनन्। तर, फाइनलपछिको रात भने ढकालका लागि स्मरणीय रह्यो।

सर्वोत्कृष्ट नेपाली खेलाडी, सर्वाधिक विकेट लिने नेपाली बलर र समग्रमा सर्वाधिक विकेट लिने बलर बन्दै ढकालले क्रमशः कार, मोटरसाइकल र २ लाख रुपैयाँ हात पारे।

जेको जे५ प्रो कारको विजेता घोषणा भएपछि २७ वर्षीय ढकाल भावुक बनेका थिए।

यस्तै, जनकपुर बोल्ट्सका लागि सात खेलमा १२ विकेट लिएका किशोर बलर राहुल यादव सिजनको उदीयमान खेलाडी (इमर्जिङ प्लेयर) घोषित भए। यादवले बजाज पल्सर एन१६० मोटरसाइकल प्राप्त गरे।

मोटरसाइकल पाउने अर्का खेलाडी लोकेश बम रहे, जो सर्वाधिक रन बनाउने नेपाली ब्याट्सम्यान बने। बमले सात खेलमा २ सय ४२ रन जोडेका थिए।

यद्यपि, युवराज सिंह सामराले ५२ रनले पछि पारेपछि बम प्रतियोगिताकै सर्वाधिक रन बनाउने खेलाडी बन्न सकेनन्। क्यानेडियन युवा ब्याट्सम्यान सामराले पोखरा एभेन्जर्सका लागि मात्र चार खेल खेल्दै २ सय ९४ रन बनाएका थिए।

अन्त्यमा, दीपेन्द्रसिंह ऐरी प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी (प्लेयर अफ द टुर्नामेन्ट) घोषित भए र नगद ५ लाख रुपैयाँ पुरस्कार हात पारे।

नायक पौडेल काठमाडौं पोस्टका खेल संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
1h ago
रिजन ढकालले जिते दुई अवार्डसँगै कार, अरुले के-के अवार्ड पाए?

रिजन ढकालले जिते दुई अवार्डसँगै कार, अरुले के-के अवार्ड पाए?

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा चितवन राइनोजका देब्रे हाते तीव्र गतिका बलर रिजन ढकालले दुई अवार्ड जित्दै ओमोडाको कार उपहार पाएका छन्। प्रतियोगितामा उत्कृष्ट नेपाली ख...

#ढकाल #रिजन #जिते
Compare →
Nagarik News
1h ago
रिजन ढकालले पाए ओमोडा कार र पल्सर बाइक

रिजन ढकालले पाए ओमोडा कार र पल्सर बाइक

नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा चितवन राइनोजका बलर रिजन ढकाल सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट बलर घोषित भएका छन्।

#बलर #रिजन #ढकाल
Compare →
Arthasansar
9h ago
बालेनको भारत भ्रमणमा नेपालको पूँजी बजारको प्रतिनिधित्व गर्दै सागर ढकाल

बालेनको भारत भ्रमणमा नेपालको पूँजी बजारको प्रतिनिधित्व गर्दै सागर ढकाल

प्रधानमन्त्री बालेन्द्र शाहको दुईदिने राजकीय भारत भ्रमणमा नेपालको पूँजी बजार क्षेत्रको प्रतिनिधित्व गर्दै स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर...

#ढकाल
Compare →
Onlinekhabar
3d ago
मुकुल ढकालसँग बिहे गर्दै रास्वपा सांसद निशा डाँगी

मुकुल ढकालसँग बिहे गर्दै रास्वपा सांसद निशा डाँगी

२ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकाल र रास्वपा सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगीबीच बिहे हुने भएको छ । मंसिर १० गते ढकाल र डाँगीको बिहे …

#ढकाल
Compare →
Bizshala
4d ago
सार्क चेम्बरको पर्यटन समिति संयोजकमा चन्द्र ढकाल चयन, दक्षिण एसियालाई साझा पर्यटकीय गन्तव्य बनाउने योजना

सार्क चेम्बरको पर्यटन समिति संयोजकमा चन्द्र ढकाल चयन, दक्षिण एसियालाई साझा पर्यटकीय गन्तव्य बनाउने योजना

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकाल सार्क चेम्बर अफ कमर्स...

#ढकाल
Compare →

Related Stories

Sports
Build #2612