Trending
Prev Story
Next Story

सार्क चेम्बरको पर्यटन समिति संयोजकमा चन्द्र ढकाल चयन, दक्षिण एसियालाई साझा पर्यटकीय गन्तव्य बनाउने योजना

Bizshala •
November 17, 2026 • 02:04 PM
3
3 reads 0 reactions

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकाल सार्क चेम्बर अफ कमर्स...

सार्क चेम्बरको पर्यटन समिति संयोजकमा चन्द्र ढकाल चयन, दक्षिण एसियालाई साझा पर्यटकीय गन्तव्य बनाउने योजना

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकाल सार्क चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (सार्क सीसीआई) को पर्यटन समितिको संयोजकमा चयन भएका छन्।

माल्दिभ्समा सम्पन्न सार्क चेम्बरको ८८औँ कार्यकारी समितिको बैठकले ढकाललाई उक्त जिम्मेवारी प्रदान गरेको हो।

नेपालको पर्यटन तथा आतिथ्य क्षेत्रमा लगानी विस्तार गर्दै आएका ढकाल चन्द्रागिरि हिल्सलगायत सातवटै प्रदेशमा पर्यटन पूर्वाधार विकास र स्वदेशी ‘इला’ होटल चेन ब्रान्डको प्रवर्द्धनमा सक्रिय छन्।

नयाँ जिम्मेवारी पाएसँगै ढकालले दक्षिण एसियालाई विश्वकै आकर्षक र प्रतिस्पर्धी पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न क्षेत्रीय सहकार्य र लगानी विस्तारमा जोड दिएका छन्।

उनले हिमालयदेखि हिन्द महासागरका टापु, समुद्री तट, जंगल, मरुभूमि तथा धार्मिक र ऐतिहासिक सम्पदासम्म फैलिएको दक्षिण एसियाको प्राकृतिक तथा सांस्कृतिक विविधता विश्वमै अद्वितीय रहेको बताए।

विश्वको करिब एक चौथाइ जनसंख्या बसोबास गर्ने दक्षिण एसिया आफैँमा विशाल आन्तरिक पर्यटन बजार भएको उल्लेख गर्दै उनले यस क्षेत्रको पर्यटन सम्भावनालाई आर्थिक अवसरमा रूपान्तरण गर्न पूर्वाधार विकास र अन्तरदेशीय लगानी अपरिहार्य रहेको बताए।

ढकालले दक्षिण एसियाली मुलुकहरूबीच पर्यटन प्रवर्द्धन गर्न ‘सार्कभित्रै घुमौँ’ भन्ने अवधारणाअनुसार क्षेत्रीय पर्यटन अभियान सञ्चालन गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्।

उनका अनुसार सार्क राष्ट्रका प्रमुख पर्यटकीय गन्तव्यलाई समेटेर साझा पर्यटन सर्किट तथा प्याकेज निर्माण गर्न सकिन्छ। यसबाट धार्मिक, सांस्कृतिक, पर्यावरणीय र साहसिक पर्यटनको विकाससँगै अन्तरदेशीय पर्यटक आवागमन बढाउन सकिनेछ।

उनले सार्क क्षेत्रका स्थापित होटल तथा आतिथ्य ब्रान्डलाई एकअर्काको मुलुकमा लगानी विस्तार गर्ने वातावरण बनाउनुपर्नेमा समेत जोड दिए।

अन्तरदेशीय लगानीले पुँजीमात्रै नभई प्रविधि, ज्ञान, सीप तथा व्यवस्थापकीय अनुभवको आदानप्रदानलाई पनि सहयोग पुग्ने उनको भनाइ छ।

विशेषगरी नेपालमा सार्क राष्ट्रका लगानीकर्ता तथा स्थापित होटल चेनलाई आकर्षित गर्दै पर्यटन पूर्वाधार विकास गर्न सकिने सम्भावना उनले औँल्याए।

ढकालले दक्षिण एसियामा पर्यटन विकासको प्रमुख आधार सहज हवाई तथा स्थल यातायात सम्पर्क भएको बताएका छन्।

सार्क राष्ट्रका प्रमुख सहरबीच सीधा हवाई उडान विस्तार गर्न सके पर्यटक, व्यवसायी तथा लगानीकर्ताको आवागमन सहज हुने उनको धारणा छ।

नेपालका अन्तर्राष्ट्रिय विमानस्थललाई समेत सार्क राष्ट्रका प्रमुख पर्यटकीय तथा व्यावसायिक गन्तव्यसँग सीधा हवाई सम्पर्कमा जोड्नुपर्नेमा उनले विशेष जोड दिएका छन्।

यसले नेपालको पर्यटन बजार विस्तार गर्नुका साथै दक्षिण एसियाभित्रको पर्यटकीय गतिविधिलाई थप गतिशील बनाउने उनको विश्वास छ।

ढकालले क्षेत्रीय पर्यटन विकासका लागि सार्क राष्ट्रका सरकार तथा निजी क्षेत्रबीच नीतिगत समन्वय र व्यावसायिक साझेदारी आवश्यक रहेको उल्लेख गरे।

यसका लागि सार्क चेम्बरजस्ता क्षेत्रीय संस्थाले सरकार र निजी क्षेत्रबीच पुलको भूमिका निर्वाह गर्न सक्ने उनको भनाइ छ।

उनले नयाँ जिम्मेवारीलाई दक्षिण एसियाको पर्यटन पूर्वाधार विकास, लगानी विस्तार र क्षेत्रीय आर्थिक सहकार्यलाई परिणाममुखी बनाउने अवसरका रूपमा उपयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
5h ago
सार्क चेम्बर पर्यटन समिति संयोजकमा चन्द्र ढकाल चयन

सार्क चेम्बर पर्यटन समिति संयोजकमा चन्द्र ढकाल चयन

१ मंसिर, काठमाडौं । सार्क चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (सार्क सीसीआई) पर्यटन समिति संयोजकमा चन्द्रप्रसाद ढकाल चयन भएका छन् । माल्दिभ्समा सम्पन्न सार्क चेम्बरको ८८औं कार्यकारी समिति बैठकले उनलाई उक्त जिम्मेवारी प्रदान गरेको हो । नेपाल …

#ढकाल #सार्क #चेम्बर
Compare →
Ekantipur
4h ago
सार्क चेम्बरको पर्यटन समिति संयोजकमा चन्द्र ढकाल चयन

सार्क चेम्बरको पर्यटन समिति संयोजकमा चन्द्र ढकाल चयन

माल्दिभ्समा सम्पन्न सार्क चेम्बरको ८८औँ कार्यकारी समितिको बैठकले ढकाललाई उक्त जिम्मेवारी प्रदान गरेको हो ।

#ढकाल #सार्क #चेम्बर
Compare →
Hamro Patro News
2d ago
आध्यात्मिक पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्य बन्दै उत्तरवाहिनी कालीगण्डकी क्षेत्र

आध्यात्मिक पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्य बन्दै उत्तरवाहिनी कालीगण्डकी क्षेत्र

२९ कात्तिक, बुटवल । पाल्पा र स्याङजा संगमस्थल नजिकै उत्तरवाहिनी कालिगण्डकी क्षेत्रलाई धार्मिक तथा आध्यात्मिक पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्य बनाउने अभियानमा कालीगण्डकी ज्ञान–विज्ञान प्रतिष्ठान लाग...

#पर्यटन #गन्तव्य
Compare →
Nagarik News
1d ago
सरकार भन्छः विपद्पछिको पर्यटन पूनरुत्थानको बाटोमा

सरकार भन्छः विपद्पछिको पर्यटन पूनरुत्थानको बाटोमा

बाढीपछि ‘नेपाल कलिङ, आइएमइन नेपाल, नेपाल सेफ’ जस्ता अभियानमार्फत नेपाल खुला छ, नेपाल स्वागत गर्न तयार छ र विपत्तिबाट प्रभावित सीमित क्षेत्रबाहेक देशका अधिकांश पर्यटन गन्तव्य पर्यटकका लागि खुला छन् भन्ने सन्देश विश्वभर पुर्याउन सरकारले प्रयास गरेको थियो।

#पर्यटन
Compare →
Arthasansar
5d ago
युएईका लगानीकर्तालाई लगानी गर्न ढकालको आग्रह

युएईका लगानीकर्तालाई लगानी गर्न ढकालको आग्रह

नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (युएई) का लगानीकर्तालाई नेपालका विभिन्न...

#ढकाल
Compare →

Related Stories

Business & Economy
Build #2612