Trending
Prev Story
Next Story

युएईका लगानीकर्तालाई लगानी गर्न ढकालको आग्रह

Arthasansar •
November 12, 2026 • 03:04 PM
1
1 reads 0 reactions

नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (युएई) का लगानीकर्तालाई नेपालका विभिन्न...

युएईका लगानीकर्तालाई लगानी गर्न ढकालको आग्रह

नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (युएई) का लगानीकर्तालाई नेपालका विभिन्न सम्भावनायुक्त क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन्। युएईको रास अल खैमाहमा आयोजित ‘आरएके इन्भेस्टमेन्ट समिट २०२६’ मा सहभागी हुन त्यहाँ पुगेका अध्यक्ष ढकालले आज दुबईमा युएईका विदेश व्यापार मन्त्री डा थानी बिन अहमद अल जेउदीसँग भेटवार्ता गर्दै यस्तो आग्रह गरेका हुन्। भेटका क्रममा उनीहरूबिच नेपाल–युएई द्विपक्षीय सम्बन्ध, व्यापार विस्तार तथा नेपालमा रहेका लगानीका अवसरका विविध पक्षमा छलफल भएको थियो।

भेटमा ढकालले नेपालमा जलविद्युत्, पर्यटन, कृषि, सूचना प्रविधि तथा डाटा सेन्टरका क्षेत्रमा उच्च सम्भावना रहेको उल्लेख गर्दै ती क्षेत्रमा लगानी भित्र्याउन आग्रह गरे। नेपालमा उपलब्ध पर्याप्त स्वच्छ ऊर्जा (जलविद्युत्) र यहाँको चिसो हावापानीका कारण सूचना प्रविधि तथा डाटा सेन्टर स्थापनाका लागि नेपाल अत्यन्त आकर्षक गन्तव्य बन्न सक्ने उनको भनाइ थियो। यसका साथै केबलकार र स्की रिसोर्टजस्ता उच्चस्तरीय पर्यटन पूर्वाधारमा समेत लगानीको ठुलो अवसर रहेको उनले जानकारी गराए।

नेपाल र युएईबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा हुन लागेको सन्दर्भमा दुवै पक्षले खुसी व्यक्त गरेका थिए । आगामी वर्ष सन् २०२७ मा मनाइने कूटनीतिक सम्बन्धको स्वर्ण जयन्तीका अवसरमा विशेष समारोह आयोजना गर्ने मन्त्री अल जेउदीको सोचको ढकालले स्वागत गरे। स्वर्ण जयन्तीको अवसर पारेर दुई देशबिचको सम्बन्धलाई थप उचाइमा पुर्‍याउन न सरकारी तथा निजी क्षेत्रबीच उच्चस्तरीय भ्रमण आदानप्रदानलाई निरन्तरता दिनुपर्ने विषयमा समेत ढकालले जोड दिए। लगानीकर्तालाई नीतिगत र नियमनकारी स्पष्टतासहित विश्वास दिलाउन द्विपक्षीय लगानी सम्झौता (बीआइए) तथा दोहोरो कर मुक्ति सम्झौताजस्ता कानुनी आधारलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता ढकालले औँल्याए।

ढकालले फ्लाई दुबईले युएईबाट पोखरा अन्तरराष्ट्रिय विमानस्थलसम्म सिधा उडान सुरु गरेकोमा प्रशंसा गर्दै भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि सिधा उडान सञ्चालनका लागि पहल गरिदिन अनुरोध गरे। भैरहवामा सिधा उडान सुरु भएमा युएईलाई गौतमबुद्धको जन्मस्थल लुम्बिनीसँग प्रत्यक्ष जोड्ने महत्त्वपूर्ण प्रवेशद्वार बन्ने उनको धारणा थियो। आगामी स्वर्ण जयन्ती वर्ष सन् २०२७ ले नेपाल र युएईबिच साझा समृद्धि र बलियो आर्थिक साझेदारीको नयाँ अध्याय सुरु गर्ने विश्वाससमेत उनले व्यक्त गरे।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
13h ago
युएईका लगानीकर्तालाई नेपालमा लगानी गर्न ढकालको आग्रह

युएईका लगानीकर्तालाई नेपालमा लगानी गर्न ढकालको आग्रह

उनीहरूबीच नेपाल–युएई सम्बन्ध, व्यापार विस्तार तथा नेपालमा उपलब्ध लगानीका अवसरबारे छलफल भएको थियो।

#युएई #ढकाल #लगानीकर्ता
Compare →
Hamro Patro News
14h ago
नेपालका सम्भावनायुक्त क्षेत्रमा लगानी गर्न युएईका लगानीकर्तालाई ढकालको आग्रह

नेपालका सम्भावनायुक्त क्षेत्रमा लगानी गर्न युएईका लगानीकर्तालाई ढकालको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (युएई) का लगानीकर्तालाई नेपालमा जलविद्युत्, पर्यटन, कृषि, सूचना प्रविधि तथा ‘डेटा सेन्टर’मा लगान...

#युएई #ढकाल #लगानीकर्ता
Compare →
Bizshala
10h ago
नेपालको जलविद्युत्, पर्यटन र डेटा सेन्टरमा लगानी गर्न युएईका लगानीकर्तालाई चन्द्र ढकालको आग्रह

नेपालको जलविद्युत्, पर्यटन र डेटा सेन्टरमा लगानी गर्न युएईका लगानीकर्तालाई चन्द्र ढकालको आग्रह

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (युएई)का...

#युएई #ढकाल #लगानीकर्ता
Compare →
Onlinekhabar
1d ago
यूएईका लगानीकर्तालाई नेपालका सम्भावनायुक्त क्षेत्रमा लगानी गर्न आग्रह

यूएईका लगानीकर्तालाई नेपालका सम्भावनायुक्त क्षेत्रमा लगानी गर्न आग्रह

२६ कात्तिक, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ निवर्तमान अध्यक्ष तथा आईएमई समूह अध्यक्ष चन्द्रप्रसाद ढकालले युनाइटेड अरब इमिरेट्स (यूएई) का लगानीकर्तालाई नेपालका विभिन्न सम्भावनायुक्त क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । यूएईको रास अल खैमाहमा …

#ढकाल #लगानीकर्ता
Compare →
Ekantipur
1d ago
नेपालका सम्भावनायुक्त क्षेत्रमा लगानी गर्न यूएईका लगानीकर्तालाई आग्रह

नेपालका सम्भावनायुक्त क्षेत्रमा लगानी गर्न यूएईका लगानीकर्तालाई आग्रह

भेटका क्रममा उनीहरूबीच नेपाल–युएई द्विपक्षीय सम्बन्ध, व्यापार विस्तार तथा नेपालमा रहेका लगानीका अवसरका विविध पक्षमा छलफल भएको बताइएको छ ।

#युएई #लगानीकर्ता
Compare →

Related Stories

Business & Economy
Build #2611