५ मंसिर, काठमाडौं । सुदूरपश्चिम रोएल्सका हेमन्त धामीले दोस्रो पटक नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि जितेका छन् ।
उनले सुदूरपश्चिम रोएल्सबाट खेल्दै शनिबार तेस्रो संस्करणको उपाधि जित्दै यो उपलब्धी हासिल गरेका हुन् ।
यसअघि पहिलो सिजन जनकपुर बोल्ट्स च्याम्पियन बन्दा उनी सोही टिमका सदस्य थिए ।
दोस्रो सिजन हेमन्त सुदूरपश्चिम रोएल्समा अनुबन्ध हुादै फाइनलसम्म पुगेका थिए । तर लुम्बिनी लायन्ससँग पराजित हुँदा उपाधिबाट बन्चित भए ।
तेस्रो संस्करणमा भने सुदूरपश्चिमले लुम्बिनी विरुद्ध नै बदला लिँदै उपाधि जित्दा हेमन्तेले पनि महत्वपूर्ण योगदान गरे ।