काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) ३ को उपाधि सुदूरपश्चिम रोयल्सले जितेको छ । लुम्बिनी लयान्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिमले उपाधि उचालेको हो । १५६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम रोयल्सका लागि ओपनर जोडीले उत्कृष्ट ब्याटिङ गरे । जर्ज मुन्सीले शतक बनाएका छन् । उनले ५४ बलमा १२५ रन बनाए । विनोद भण्डारी ३० रनमा नटआउट रहे ।
यो सिजन लिग चरण र क्वालिफायर १ मा सुदूरपश्चिम लुम्बिनीसँग पराजित भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् ( nepalviews.com )