५ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको उपाधि सुदूरपश्चिम रोयल्सले हात पारेको छ ।
जर्ज मन्सले आक्रमक ब्याटिङ गर्दै शानदार शतक बनाएपछि सुदूरपश्चिम रोयल्सले साविक विजेता लुम्बिनी लायन्सलाई पराजित गर्दै उपाधि जितेको हो ।
टीयू मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको लुम्बिनीले ६ विकेट गुमाएर १५५ रन बनाएको थियो । लुम्बिनी लायन्सले दिएको १५६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम रोएल्सले कुनै विकेट नगुमाई पूरा गर्दै च्याम्पियन बनेको हो ।
उपाधि हात पारेसँगै त्रिवि क्रिकेट मैदानमा आतिशबाजी गरिएको छ ।
हेर्नुस् त्रिवि मैदानमा सुदूरपश्चिमले उपाधि जितेपछि भएको आतिशबाजी–
प्रसाईं अनलाइनखबरका फोटोपत्रकार हुन् ।