Trending
Prev Story
Next Story

धर्म र राजनीतिलाई अलग राखेर हेर्न हुँदैन : राजेन्द्र लिङ्देन

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
2
2 reads 0 reactions

६ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले धर्म र राजनीतिलाई अलग राखेर हेर्न नहुने बताएका छन् । आइतबार नेपाल सनातन धर्म संस्कृति संगठनको दोस्रो केन्द्रीय महाविधेशनलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले यस्तो …

धर्म र राजनीतिलाई अलग राखेर हेर्न हुँदैन : राजेन्द्र लिङ्देन

६ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले धर्म र राजनीतिलाई अलग राखेर हेर्न नहुने बताएका छन् ।

आइतबार नेपाल सनातन धर्म संस्कृति संगठनको दोस्रो केन्द्रीय महाविधेशनलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन् ।

‘दलहरूले त विदेशीहरूको चाहना, दबाब, प्रलोभनमा वा आफ्नै कुबुद्धी कुनै कुराको सिकार भएर देशलाई धर्मनिरपेक्ष बनाए होलान्,’ लिङ्देनले भने, ‘उनीहरूले फसे, बैमान भए होलान् । तर जनतालाई त मौका थियो नि ।’

त्यसपछि पटकपटक चुनाव आउँदा पनि जनताले त्यसो नगरेको उनले बताए ।  संविधान सभाले धर्मनिरपेक्ष नबनाएर अनुमोदन मात्रै गरेको उनले बताए ।

उनले नेपाललाई पुन: सनातन हिन्दुराष्ट्र कायम गर्नुपर्ने आवश्यकता औँल्याउँदै धर्म र राजनीतिलाई अलग गरेर हेर्न नहुने धारणा व्यक्त गरे ।

अध्यक्ष लिङ्देनले राजनीतिमा धर्मको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै धर्म र राजनीतिलाई एकअर्काबाट अलग गर्दा राजनीति गलत दिशातर्फ अघि बढ्न सक्ने बताए ।

उनले धर्म र राजनीति एकअर्काका परिपूरक भएको भन्दै दुवै सँगसँगै अघि बढ्नुपर्नेमा जोड दिए ।

नेपालजस्तो धार्मिक, सांस्कृतिक तथा मौलिक पहिचान बोकेको मुलुकमा सनातन हिन्दुराष्ट्रको महत्व रहेको उल्लेख गर्दै नेपालको परम्परा, संस्कृति र सभ्यताको संरक्षणका लागि पनि हिन्दुराष्ट्र आवश्यक रहेको अध्यक्ष लिङ्देनले बताए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
1d ago
नेपालको राजनीतिलाई सही दिशामा लैजाने पार्टी नेकपा मात्रै हो -माधव नेपाल

नेपालको राजनीतिलाई सही दिशामा लैजाने पार्टी नेकपा मात्रै हो -माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का सहसंयोजक माधवकुमार नेपालले नेपालको राजनीतिलाई सही दिशामा लैजाने पार्टी नेकपा मात्रै भएको बताएका छन् । शनिबार भक्तपुरमा आयोजित नेकपा जागरण अभियान कार्यक...

#राजनीतिलाई
Compare →
Nagarik News
1d ago
मधेसका आठ जिल्ला अध्यक्ष लिङ्देनको पक्षमा, लिङ्देन भन्छन्: उत्साहित छु

मधेसका आठ जिल्ला अध्यक्ष लिङ्देनको पक्षमा, लिङ्देन भन्छन्: उत्साहित छु

सप्तरीबाट सुरु भएको टोलीको यात्रा सिरहा, महोत्तरी, धनुषा, सर्लाही, रौतहट र बाराका विभिन्न स्थान हुँदै पर्सामा सकिएको हो।

#लिङ्देन
Compare →

Related Stories

Politics & Governance
Build #2612