महेन्द्रनगर । कर्णाली प्रदेशको सुर्खेतमा हुने दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सुदूरपश्चिम प्रदेशबाट करातेमा २१ जना महिला तथा पुरुष खेलाडी छनोट भएका छन् ।
सोमबार कञ्चनपुरको महेन्द्रनगरमा सम्पन्न फाइनल खेलमा करातेबाट २१ खेलाडी छनोट भएको जानकारी दिँदै कराते कञ्चनपुरका प्रशिक्षक वीरेन्द्रबहादुर चन्दले एकल काता, समूह काता र पुरुष तथा महिला (कुमुतेतर्फ) खेलाडी सुदूरपश्चिम प्रदेशको प्रतिनिधत्व गर्दै दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिने बताए ।
Read full story at source ( ratopati.com )